हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
सन् १९५९ को मार्च २८ तारिख तिब्बतका लागि नयाँ सुरूआत थियो । किनभने त्यो दिनदेखि तिब्बतले अँध्यारोबाट उज्यालोतिर, दास प्रथादेखि प्रजातन्त्रतिर, उपेक्षाबाट प्रगतितिर, गरिबबाट समृद्धितिर, बन्दबाट खुलातिर यात्रा सुरु गरेको हो । यसै महिना सम्पन्न चीनको १३ औँ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को चौथो अधिवेशनमा सीपीपीसीसीका स्थायी सदस्य, चीनको बौद्ध धर्म समितिका उपप्रमुख, चीनको बौद्ध धर्ममातहत तिब्बत शाखा समितिका प्रमुख पेन्चेन ग्योगी ग्याबुले वर्तमान र प्राचीन तिब्बतका किसान तथा पशुपालकको जीवन स्थितिबारे चर्चा गर्दै उक्त कुरा भन्नुभएको हो ।

यदि तपाईँले वर्तमान तिब्बतका बारेमा मात्रै जानकारी लिनुभएको छ भने पुरानो तिब्बतमा अन्धकारमा बसेका नागरिकको जीवनको अवस्थाबारे कल्पना गर्न गा¥हो छ । तत्कालीन तिब्बतमा प्रशासन र धर्म मिलाइएको सामन्ती दासप्रथा कायम थियो । जनसङ्ख्यामा ५ प्रतिशत रहेको तीन ठूला क्षेत्रीय मालिकहरूले तिब्बतका सबै खेती भूमि, पशुपालन मैदान र ठूला अधिकांश जनावरहरू आफ्नो बनाएका थिए । बाँकी ९५ प्रतिशतका भूदाससँग केही पनि थिएन । तिब्बती ऐतिहासिक तथ्यसम्बन्धी कागजातहरूको सङ्ग्रहमा राखिएका पुरानो तिब्बतको अनुबन्धबाट देख्न सकिन्छ कि पुरानो तिब्बतका भू–दासहरूलाई मान्छेको रूपमा भने उनीहरूसँग कुनै पनि अधिकार थिएन ।

माक्र्स, एंगेल्सले ‘जर्मन विचारधारा’मा यसरी लेखेका छन् ः हामीले प्रथम त मानव जाति बाँच्ने पहिलो पूर्वाधारलाई स्थापना गर्नुपर्छ । यो पूर्वाधार भनेको जनताले ‘इतिहासको सिर्जना’ का लागि बाँच्नुपर्दछ । बाँच्नका लागि कपडा, खानेकुरा, आवासलगायतका कुरा चाहिन्छ ।” यो के हो भने जनताले सबैभन्दा आधारभूत बाँच्ने अधिकार पाएपछि मात्र अन्य अधिकार प्रयोग गर्न सम्भव हुन्छ ।
त्यसैले सन् १९५९ मार्च २८ तारिख एक नयाँ सुरूआत थियो । सोही दिन केन्द्रीय सरकारले तिब्बतको स्थानीय सरकारलाई रद्द गरेको घोषणा गरेको थियो । तिब्बत स्वायत्त प्रदेश तयारी समितिले तिब्बतको स्थानीय सरकारको शक्ति प्रयोग गर्दै तिब्बतका विभिन्न जातिको जनताको नेतृत्व गरेर प्रजातान्त्रिक सुधार गर्न थाल्यो । त्यसपछि लाखौँ भूदास मुक्त भएर देश, समाज र आफ्नो निम्ति योगदान गर्न सक्षम बनेका थिए । त्यसबाट तिब्बतको इतिहासमा जनता मालिक हुन् भन्ने अभूतपूर्व नयाँ युग सिर्जना गरियो । एक अनुकरणीय उदाहरण छ ः पछिल्लो तिब्बत स्वायत्त प्रदेश सरकारमा दुई जना उपाध्यक्ष चिभु फिङ छ्वो छि तङ र पा ला फिङ छ्वो थिए । पुरानो तिब्बतमा चिभु फिङ छ्वो छि तङ एक दास मालिक हुन् भने पा ला फिङ छ्वो भू–दास थिए । जनसरकारमा उनीहरू सबै स्वतन्त्र स्वायत्त प्रदेशका उपाध्यक्ष नियुक्त भएर सहकर्मी बनेका थिए । वर्तमान तिब्बतमा ३५ हजारभन्दा बढी जन काङ्ग्रेस प्रतिनिधि रहेका छन् । तीमध्ये तिब्बती जातीय र अन्य अल्पसङ्ख्यक जातीय प्रतिनिधिहरूले ९२.१८ प्रतिशत ओगटेको छ ।

यस दिनदेखि तिब्बतको सामाजिक–आर्थिक अवस्थामा चौतर्फी तथा द्रूत विकास सुरु भयो । हाल सार्वजनिक मार्ग, रेलमार्ग, उड्डयनबाट मिलाइएको आधुनिक यातायात सञ्चालित छ । शिक्षा, रोजगार, चिकित्सास्तर ठूलो परिमाणमा उकासिएका छन् । सन् २०१९ को अन्त्यसम्म तिब्बतका ७४ गरिब जिल्ला सबै गरिबीबाट मुक्त भएका छन् । ६ लाख २८ हजार गरिब जनता सबै गरिबीबाट मुक्त भएका छन् । प्रतिव्यक्तिको औसत आम्दानी सन् २०१५ मा १४९९ बाट सन् २०१९ मा ९३२८ चिनियाँ युआन पुगेको छ । पूर्ण गरीबीको ऐतिहासिक उन्मूलन भएको छ । यो समग्र चीनको गरिबी उन्मूलनभन्दा एक वर्षले छिटो भएको छ । पाकिस्तानको अवाना कानुन सङ्घका वकिल मोहम्मद इकबालले सन् २०२० मा संयुक्त राष्ट्र सङ्घीय मानवीय अधिकार परिषद्को ४४ औँ महाधिवेशनले ‘तिब्बतको सामाजिक विकास र मानवीय अधिकार प्रत्याभूति अन्तर्राष्ट्रिय गोष्ठीमा’ मूल्याङ्कन गरेअनुसार आधुनिक नयाँ तिब्बतका विभिन्न कार्य समृद्ध र जनताको आनन्द जीवन देखिन्छ । यस अवस्थाको तुलनामा मुक्ति अघिको पुरानो तिब्बतमा लाखौँ भू–दासहरूको मानव अधिकाररहित अत्यन्त कठिन जीवन रहेको थियो ।

आर्थिक समाजको शक्तिशाली विकास गर्दै तिब्बतले तिब्बती जातिको परम्परागत संस्कृतिको सम्मान, संरक्षण र प्रचारप्रसार गर्नेमा पनि उल्लेखनीय उपलब्धि हो । नेपालका अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले मार्चमा आयोजना भएको संयुक्त राष्ट्र सङ्घीय मानवीय अधिकार परिषद्को ४६ औँ महाधिवेशनको ‘तिब्बतको गरिबी निवारण र संस्कृतिको संरक्षण’ अनलाइन बैठकमा भन्नुभयो, “यस भूमण्डलीकरणको युगमा विश्वमै परम्परागत संस्कृति परिवर्तनसामु नटिक्ने वा हराइने समस्या देखापरेको छ । तापनि चीनले सधैं नै तिब्बतको परम्परागत संस्कृतिको राम्ररी संरक्षण गर्दै आएको छ ः जसबाट हामीले आजकाल यस्तो समृद्ध र विशेषतायुक्त मूल्यवान संस्कृति देख्न सक्छौँ ।”
तापनि तिब्बतको ठूलो परिवर्तनप्रति अमेरिकालगायत पश्चिमी पक्षले ध्यान नदिई तिब्बतमा तथाकथित ‘मानव अधिकार नेतृत्व’ को छडी चलाउँदै पृथकतावादीलाई बढावा दिने कुकर्म गर्दै आएको दलाई समूहलाई दीर्घकालीन समर्थन दिएका छन् । विशेषगरी गत वर्ष पारित तिब्बत सम्बन्धी कानुनले व्यवस्थितरूपमा चीनको तिब्बतसम्बन्धी आन्तरिक मामिलामा हस्तक्षेप गरेको देखिन्छ । तिब्बतमा अल्पसङ्ख्यक जातिलाई प्रहरीले निर्दयपूर्वक घुँडाले घाँटी थिचेर मारेको छैन । अल्पसङ्ख्यक जातिलक्षित ‘जातीय घृणा अपराध’ पनि छैन । अनि गरिब तथा धनीबीच लगातार चर्कँदै आएको खाडल पनि छैन । अमेरिकी सरकार आफ्नो स्वदेशी समस्याको समाधान नगरेर तिब्बतका लागि किन यस्तो व्यस्त छ ?
यसप्रति पेन्जेनले वास्तविकता औँल्याउनुभएको छ ः चीन विरोधी विदेशी शक्तिले आफ्नो हितलाई मात्रै ध्यान दिन्छ । उनीहरूले तिब्बतसम्बन्धी मामिलालाई अन्तर्राष्ट्रिय तातो विषयको रूपमा नजरअन्दाज गर्दछन् जसमा आफ्नो राजनीतिक मोलतोल बढाउने लक्ष्य रहेको छ । पेन्जेनले जोड दिनुभएको छ, “यस अवस्थाको वास्तविकताप्रति स्वस्थ दिमाग र उद्देश्य रहेको व्यक्तिले मात्र स्पष्ट देख्न सक्छन् ।”

अकाट्य तथ्यसमक्ष कुनै जानाजानी गर्न खोजिएको बदनाम पनि काम लागेन । किनभने तिब्बतको विकासलाई सबैले स्पष्ट देख्न सक्छन् । जतिसुकै बाक्लो झूटले पनि ढाक्न सक्दैन । चीनको राज्य परिषद्का सदस्य एवम परराष्ट्रमन्त्री वाङ यीले रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँग कुराकानी गर्दा भन्नुभएको झैँ कथा वा झुट बनाएबाट चीनको आन्तरिक मामिलामा जानाजानी हस्तक्षेप गर्नसकिने युग गइसकेको छ ।
मार्च महिनामा तिब्बतमा हिमाली पहाड अझै छ तर आरूको फूल फुलिसकेको छ । वसन्तको वातावरणसँगै तिब्बत पर्यटनको व्यस्त सिजनमा प्रवेश भएको छ । तिब्बतमा वसन्त आइसकेको छ । तपाईँलाई त्यहाँ घुम्ने मन लागेको होला हैन र ?
– सीआरआई
Leave a Reply