गुठी जग्गाबारे नेक्राकिसङ्घको ध्यानाकर्षण
- जेष्ठ ५, २०८३
दुई तीन सय वर्ष अगाडि इतिहासको कालखण्डमा चीनको शासन कमजोर हुँदा पश्चिमा साम्राज्यवादी देशहरूले चीनबाट अनेक सहुलियत लिने गरी असमान सन्धिहरूमा हस्ताक्षर गराएका थिए । बेलायती साम्राज्यवादीहरूले त चीनलाई अफिमको बजार नै बनाएका थिए । उनीहरूले चीनको विभिन्न भाग आपसमा बाँडफाँट गरी सम्पूर्ण चीनमाथि उपनिवेश कायम गर्न खोजेका थिए । तर केही देशभक्त सैनिक नेता र देशभक्त चिनियाँ जनताको प्रतिरोध युद्धले त्यो सम्भव हुन सकेन । तरै पनि बेलायतीहरूले हङ्कङ टापु समूह र पोर्चुगलले मकाउ टापु समूहलाई चीनका बादशाहसितको सम्झौतामार्फत् आफ्नो बनाएका थिए । चीनको तत्कालीन अवस्थालाई इङ्गित गर्दै फ्रान्सका शासक नेपोलियन बोनापार्टले भनेका थिए – चिनियाँ ड्रागनलाई सुतिरहन देऔं । जब तिनी जाग्नेछिन् तिनले विश्वलाई हल्लाउने छ ।
नभन्दै अहिले चिनियाँ राष्ट्र जागिसकेको छ । चिनियाँहरूले आफ्नो देशमाथि आक्रमण र अत्याचार गरेका जापानी साम्राज्यवादीहरूलाई दोस्रो विश्वयुद्धका क्रममा परास्त गरे भने देशमाथि जुकाले झैँ चुसिरहेका सामन्तहरूको व्यवस्थालाई पनि उखेलेर १९४९ मा जनवादी गणतनत्र चीनको स्थापना गरे । त्यसपछि नौलो जनवादी व्यवस्था, चिनियाँ विशेषताको समाजवादी व्यवस्थाको माध्यमले चिनियाँ कम्युनिष्ट पार्टी र जनवादी गणतन्त्र चीनका सरकारहरू जनताको आर्थिक, सामाजिक, शैक्षिकलगायत अवस्था उत्थानमा दत्तचित भई लागिरहेका छन् । यसवर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी हो र चीन सरकारले आफ्नो देशबाट निरपेक्ष गरिबी उन्मूलन गर्ने लक्ष्य लियो । त्यसमा चीनले सफलता प्राप्त गरिसकेको छ । चीनले १९८० को दसकको अन्ततिरै पोर्चुगलबाट मकाउ र बेलायतबाट हङकङ फिर्ता लिइसकेको छ भने प्रतिक्रियावादी कोमिङताङहरू लुक्न गएको टापु थाइवानलाई शान्तिपूर्ण ढङ्गले चीनको मुख्त्र्ूमिसित एकीकरण गर्ने प्रयास चालु राखेको छ ।
संसारकै सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश चीनको भूगोल पनि ठुलै छ । त्यसैले चीनमा विभिन्न जाति, भाषाभाषी र धार्मिक समुदायको बसोबास रहेको छ । चीनलाई कमजोर पारेर फाइदा लिन खोज्ने संरा अमेरिकालगायत पश्चिमा साम्राज्यवादी राष्ट्रहरू चीनको भूअखण्डता कमजोर पार्ने, चीनलाई विखण्डन गर्ने र चीनलाई कमजोर पार्ने नियतकासाथ चलखेल गरिरहेका छन् । उनीहरू कहिले तिब्बतका सामन्त र दास मालिकहरूलाई हतियार र पैसा दिएर विद्रोहमा उतार्छन् त कहिले थाइवानका शासकहरूलाई अत्याधुनिक अस्त्रशस्त्र दिएर चीनविरूद्ध लड्न उक्साउँछन् । कहिले प्रजातन्त्रको नाममा हङकङका प्रतिक्रियावादीहरूलाई सडक हिंसामा उत्रन लगाउँछन् भने कहिले सिन्च्याङका मुसलमानहरूलाई धार्मिक कट्टरपन्थी विचारधारा र हतियार दिएर पृथकतावादी गतिविधि गर्न उक्साउँछन् । चीन सरकारका जनता केन्द्रित कार्यक्रमहरूको सफलताले जब साम्राज्यवादीहरूका योजना असफल हुने अवस्था देख्छन् चीन सरकार र चिनियाँ जनतामाथि अनेकौं मनगढन्त फतुर लगाउन अगाडि सर्छन् । सिन्च्याङमा आमनरसंहार भइरहेको भन्ने कुरा पनि त्यस्तै झूटा फतुर मात्र हो । चीनको अखण्डताविरूद्ध पश्चिमा राष्ट्रको आक्रमणको सिलसिला मात्र हो ।
Leave a Reply