कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १६ चैत्र । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिले राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । समितिका संयोजक प्रकाश गुरुङद्वारा हस्ताक्षर गरी प्रकाशित गरिएको विज्ञप्तिमा चैत्र १३ र १४ गते काठमाडौँमा सम्पन्न सङ्घको भेलामा आर्थिक, नैतिक, भौतिकरूपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रमुख अतिथि, अतिथि, बुद्धिजीवी, अग्रज कार्यकर्ता, सञ्चारकर्मी, सङ्घ–संस्थाहरूमा आभार प्रकट गरेको उल्लेख छ । देशको सार्वभौमिकताको रक्षा गर्न, कामदार जनताका छोराछोरीहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्दै निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाका लागि सदैव लागि पर्ने प्रतिबद्धता सङ्घले व्यक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयको सेडा सभाकक्ष कीर्तिपुरमा शुक्रबार उद्घाटन सम्पन्न भएको उक्त भेलाबाट प्रकाश गुरुङको संयोजकत्वमा राष्ट्रिय सम्मेलन तयारी समिति गठन भएको थियो ।
Leave a Reply