भर्खरै :

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

  • चैत्र १८, २०७७
  • –विनोद सिंह विष्ट
  • समाचार

बैतडी, १७ चैत । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।
जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिनुभयो ।
केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।”
मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसममा परिवर्तन आएको छ, धुलोधुवाँले गर्दा, पहिलाको तुलनामा आजभोलि बिरामीको सङ्ख्या बढेका छन् ।”मौसममा आएको परिवर्तनले भाइरसहरू सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव छन् । भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताउनुभयो ।
मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा. जोशीको भनाइ छ । सामान्य समत्र्न्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *