कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
रूघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोना भाइरसलाई गलहत्याइदिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।
मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ ।
युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रूघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको छ । त्यसको लाभ छोटो समयका लागि मात्र हुनसक्छ ।
तर, राइनोभाइरस धेरै फैलिएको हुनाले त्यसले कोभिडलाई दमन गर्न सहयोग गर्नसक्छ ।
कोरोना भाइरस कसरी पराजित हुन्छ ?
तपाईँ आफ्ना नाक, घाँटी र फोक्सोका कोषहरूलाई लहरै बसेका घर भन्ठानूस् । एउटा भाइरस एकचोटि भित्र छिरेपछि त्यसले अरू भाइरसलाई भित्र प्रवेश गर्न दिन या त ढोका खोलिदिन्छ या ढोका बन्द गरेर त्यहाँ आफूमात्र बस्न खोज्छ ।
रूघाको कारक इन्फ्लूएन्जा भाइरस एकदमै स्वार्थी हुन्छ र त्यसले प्रायः एक्लै सङ्क्रमण गर्छ । एडिनो भाइरसजस्ता अरू भाइरसहरूले भने अरूसँग मिलेर सङ्क्रमण गर्छन् ।
कोभिड गराउने सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसले अन्य भाइरससँग कसरी अन्तरक्रिया गर्छ भन्नेबारे धेरै अनुमान गरिएको छ ।
तर एक वर्ष भौतिक दूरीका नियमहरू लागू गरिएकाले सबै किसिमका भाइरस फैलिने क्रममा सुस्तता आएको छ । त्यसका कारण भाइरसको अन्तरक्रियाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई अझ गा¥हो भएको छ ।
ग्लास्गोस्थित सेन्टर फोर भाइरस रिसर्चको अनुसन्धान टोलीले मानिसको श्वासनलीको प्रतिकृति प्रयोग गरेर एउटा अध्ययन ग¥यो । त्यसका लागि उस्तै खालका मानवकोषहरू प्रयोग गरिएको थियो । ती कोषलाई सार्स–कोभ–२ भाइरस र राइनो भाइरसबाट सङ्क्रमित पारियो ।
एकैचोटि राइनोभाइरस र सार्स–कोभ–२ को संसर्ग गराइँदा कोषमा केवल रूघा लगाउने राइनोभाइरसले सङ्क्रमण गर्न सक्यो । चौबीस घण्टाअगाडि नै राइनो भाइरस प्रवेश गरेको कोषमा कोरोना भाइरसले प्रभाव पार्ने अवसर नै पाएन ।
अनि यदि कोरोना भाइरस २४ घण्टा अगाडि नै संसर्गमा आएको छ भने पनि राइनोभाइरसले त्यसलाई कोषबाट निकालिदिन्छ ।
“सार्स–कोभ–२ फैलिन सक्दैन, राइनो भाइरसले यसलाई रोकिदिन्छ, “डा. पाब्लो मर्सियाले बीबीसी न्यूजलाई बताए ।
“यो एकदमै उत्साहप्रद छ किनभने राइनो भाइरसको आधिक्य छ भने त्यसले सार्स–कोभ–२ को सङ्क्रमण रोक्न सक्छ”, उनले भने ।
पहिला पनि यस्ता प्रभावहरू देखिएका थिए । सन् २००९ मा राइनो भाइरस फैलिन थालेपछि युरोपका केही भागमा स्वाइन फ्लू महामारीको गति सुस्त भएको थियो ।
थप प्रयोग र परीक्षण गर्दा राइनो भाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोना भाइरसको सङ्ख्या वृद्धि गर्ने क्षमता अवरूद्ध भएको देखिएको छ ।
वैज्ञानिकहरूले त्यस्तो प्रतिरोधात्मक प्रतिकार्यलाई रोकेर हेर्दा कोभिड गराउने भाइरसको तह राइनोभाइरस नभएको अवस्थामा जस्तै बढेको पाए ।
तर रूघा निको भइसकेपछि तथा राइनो भाइरसको प्रतिरोधात्मक प्रतिकार्य निस्तेज भइसकेपछि कोभिड हुने सम्भावना कायम रहन्छ ।
“खोप, सरसफाइका उपाय अनि भाइरसहरूबीच हुने अन्तरक्रियाले सार्स–कोभ–२ ठूलो मात्रामा घटाउन सक्छ । तर खोपबाट नै अधिकतम प्रभाव पर्छ”, डा. मर्सियाले भने । –बीबीसी
Leave a Reply