जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
कुनै दलको सरकार ढल्दैमा या ढाल्दैमा कसैको दम्भ र तानाशाही प्रवृत्ति अन्त्य हुन्छ भन्ने कुरा होइन । त्यसो त विश्वमा कति शासकहरू फेरिए, कति अन्त्य भए तर देशमा नयाँ शासकहरूको क्रुरता र तानाशाही प्रवृत्ति फेरिएको छैन । विश्वका कति शासकहरू अरू मुलुकलाई कुनै हालतमा उठाउन चाहँदैनन् र विकास गरेको चाहँदैनन् । अरु देशको आन्तरिक मुद्दालाई चर्काउने, विवाद उत्कर्षमा पु¥याएर देश नै कमजोर पार्ने या विकासमा अवरोध पु¥याउने काममा षड्यन्त्र गर्ने शासकहरू पनि नभएका होइनन् । कति देशका शासकहरू जनता केन्द्रित हुन्छन्, जनताको जीवनस्तर उठाउन शासन गरिएका हुन्छन् त कति शासकहरू दलगत, व्यक्तिगत र अल्पमत जनताको स्वार्थमा केन्द्रित भएर शासन गरेका हुन्छन् ।
कुनै पनि कम्युनिस्टहरू, कम्युनिस्ट शासकहरू साम्राज्यवाद र विस्तारवादविरोधी हुन्छन् । साम्राज्यवाद र विस्तारवादसामु नझुकी, उनीहरूको आक्रमण, थिचोमिचो र अतिक्रमणको विरोध गर्ने शासकहरूलाई तानाशाह देख्नु दृष्टिदोष हो । प्रजग कोरियाका नेता किम जङ उनलाई तानाशाह र क्रुर शासक देख्नु अल्पज्ञानको सङ्केत हो । जनतालाई मौलिक र राजनीतिक अधिकार नदिने, अरु देशमा आक्रमण गर्ने, स्वतन्त्र र सार्वभौम देशका शासकहरूलाई सत्ताच्युत गर्ने, देश छाड्न आदेश दिने साम्राज्यवादी शासकहरू तानाशाह र निरङ्कुश हुन् । नेपालका प्रधानमन्त्री केपी ओली साम्राज्यवादविरोधी शासक होइनन्, शोषित पीडित जनताको प्रतिनिधित्व गर्ने सच्चा कम्युनिस्ट होइनन् । आफ्नो पार्टीलाई मिलाउन नसकेको आधारमा, पार्टीमा आफ्नो शक्ति बढाएको आधारमा उनलाई तानाशाह र क्रुर शासकको सूचीमा राखेर प्रजग कोरियाका नेता किम जङ उन र ओलीलाई तानाशाहीका प्रवृत्ति र क्रूर देख्नु गलत बुझाइ हो ।
एमालेभित्र मनमुताव चर्किरहेको यथार्थ हो । यस कुरालाई आधार मानेर एमाले विभाजनको मुख्य कडी ओली हुन बेर लाग्दैन भनेर त्यसैलाई तानाशाह देख्नु र प्रजग कोरियाका नेता किम जङ उनसँग तुलना गर्नु आपत्तिजनक कुरा हो । प्रजग कोरियामा समाजवादी व्यवस्थाअनुसार कार्य भइरहेको देश हो । त्यहाँ शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य व्यवस्था छ । कुनै पनि कोरियाजी जनता निरक्षर छैनन् । उमेर पुगेका किसान र माझीहरूलाई समेत विश्वविद्यालयको व्यवस्था गरिएको छ । प्रजग कोरियाली सरकार कोरियाली जनतालाई बुद्धिजीवीकरण गर्ने अभियानमा छ । साम्राज्यवादी देशअगाडि नझुक्ने देश हो प्रजग कोरिया । तर, नेपाल बुद्धिजीवीकरण त के साक्षर मुलुक पनि बनेको छैन । शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य छैन । नेपालका शासकहरू साम्राज्यवाद र विस्तारको विरोधी होइनन् बरु ती देशका शासकहरूको उठबसमा शासन चलाउँछन् । प्रजग कोरियाको व्यवस्थाबारे बुझ्दै नबुझी हचुवा ढङ्गले टिप्पणी गरेर केपी ओलीसँग तुलना गरी अभिव्यक्ति दिनु अत्यन्तै आपत्तिजनक छ । चैत १८ गतेको नयाँ पत्रिकामा जोरपाटी निवासी गोपाल देवकोटाले ‘ओली किम जोङको बाटोमा’ भनी टिप्पणी गरेर वास्तविकताको ढाकछोप गर्नु निन्दनीय छ ।
गौरव प्रधान
Leave a Reply