आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
जेनेभा, २ अप्रिल (एजेन्सी) । युरोपेली सङ्घ (ईयू) ले अमेरिका र क्युवा सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न सहमत भएको क्युवाली समाचार एजेन्सी (एसीएन) ले बिहीबार बताएको छ ।
युरोपेली सङ्घका उच्च प्रतिनिधि जोसेप बोरेलले बुधबार युरोपेली संसदमा क्युवाका जनतासँग मैत्री तथा एकता समूहको अनुरोधलाई स्वीकार गर्दै ‘आतङ्कवादलाई प्रोत्साहित गर्ने देशहरूको सूचीबाट क्युवालाई हटाउनका लागि अमेरिकी सरकारसामु मध्यस्थता गर्न’ ईयू तयार रहेको जानकारी गराएका छन् ।
बोरेलले बुधबार ट्वीटरमार्फत् सार्वजनिक गरेको यूरोपेली संसद्मा लेखेको पत्रमा अमेरिकाले क्युवालाई लगाउँदै आएको आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपलाई हटाउनका लागि मध्यस्थ भूमिका खेल्न ईयू तयार रहेको बताइएको छ ।
प्रतिक्रियामा क्युवाको राष्ट्रिय जनशक्ति सभाका उपाध्यक्ष आना मारी माकाडोले सम्मेलन र सम्मेलनमा ईयूको भूमिकाको प्रशंसा गरे ।
“क्युवाले आतङ्कवादको प्रायोजन वा प्रवद्र्धन गर्दैन । हामी शान्ति, एकता र जनताबीचको सहयोगलाई समर्थन गर्दछौँ,” उनले भने ।
यसैबीच ईयूका लागि क्युवाका राजदूत कार्लोस मिगेल परेराले बिहीबार ट्विटरमा भने, “क्युवालाई यस सूचीमा कहिले पनि सामेल नगरिएको हुनुपथ्र्यो । क्युवाले आतङ्कवादलाई होइन एकता र शान्ति प्रवद्र्धनमा विश्वास गर्छ ।”
“यूरोपेली सङ्घले क्युवाप्रति आफ्नो रचनात्मक प्रतिबद्धता स्पष्ट रूपमा दर्शाएको छ,” विश्वविद्यालयका वरिष्ठ प्राध्यापक एवम् ईयूका लागि क्युवाका पूर्वराजदूत कार्लोस अल्जुगारायले भने ।
उनले थपे, “यसको आर्थिक आयाम पनि छ । युरोपेली सङ्घले क्युवामा आफ्नो आर्थिक गतिविधिलाई सुरक्षित गरेको छ । तर पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेको एकपक्षीय निर्णयका कारण यसमा समस्या देखिएको छ ।”
क्युवालाई पहिलो पटक संयुक्त राज्य अमेरिकाले सन् १९८२ मा आतङ्कवादलाई प्रायोजन गर्ने मुलुकका रूपमा घोषणा गरेको थियो भने तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालको अन्त्यतिर अर्थात् सन् २०१५ मा क्युवामाथिको उक्त आरोपलाई हटाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो ।
तर, यही वर्षको मार्चको सुरूमा, ह्वाइट हाउसका सञ्चारसचिव जेन साकीले पत्रकारहरूसँगको नियमित कुराकानीमा संयुक्त राज्य अमेरिका ट्रम्प प्रशासनले क्युवामाथि लगाएको आरोपबारे समीक्षा गर्न प्रतिबद्ध रहेको बताएका थिए । साथै क्युवाको नीति परिवर्तन हालका राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा नपर्ने पनि उनले बताएका थिए ।
Leave a Reply