प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, २० चैत । सहरी आवास पुनःनिर्माणका रणनीतिक मुद्दा र भावी कार्यदिशाको विषयमा शुक्रबार एकदिने कार्यशाला गोष्ठी कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र २०७२ सालको भूकम्पबाट क्षतिग्रत निजी आवासतर्फका भूकम्प पीडित लाभग्राहीमा पहिलो किस्ता पाउने ५,६८०, दोस्रो किस्ता प्राप्त गर्ने २,२६१ र तेस्रो किस्ता लिने २,०३४ रहेको तथ्याङ्क प्रस्तुत गर्दैै भूकम्पले १२० भन्दा बढी सम्पदामा क्षति पुगेकोमा नगरपालिकाले १०८ वटा सम्पन्न गरिसकेको र बाँकी चालु अवस्थामा रहेको बताउनुभयो ।
ठेकेदारले सम्पदाको महत्वभन्दा नाफालाई प्राथमिकतामा राख्ने हुँदा सम्पदा निर्माण वा जीर्णोद्धारको कार्य ठेक्कामा दिनु गलत भएको उहाँले बताउनुभयो ।
भक्तपुरका केही सम्पदाहरू पुनःनिर्माणको लागि प्राधिकरणबाट विनियोजित भनिएको रकम हालसम्म प्राप्त नभएकोबारे उल्लेख गर्दै प्रमुख प्रजापतिले रू. १० करोडसम्म उपभोक्ता वा लाभग्राहीबाट पुनःनिर्माण कार्य गर्न भक्तपुर नपाले पटक–पटक सिफारिस गर्दा समेत स्वीकृति नहुनुको कारणबारे स्पष्ट पार्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग आग्रह गर्नुभयो ।
भक्तपुर नपामा अझै ६० प्रतिशतभन्दा बढी निजी घरहरू पुनःनिर्माण हुन बाँकी रहेको बताउँदै प्रमुख प्रजापतिले भूकम्प लाभग्राहीहरूलाई एकमुष्ट अनुदानको व्यवस्था गर्नुपर्ने, अनुदान रकम वृद्धि गर्नुपर्ने, बहुस्वामित्व र पुर्जा नभएकाहरूको समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले सम्पदा पुनःनिर्माणको लागि राज्यले आवश्यक काठ उपलब्ध गराउनुपर्नेमा जोड दिँदै सम्पदा पुनःनिर्माण गर्दा मौलिक प्रविधि र शैली प्रयोग गरी स्थानीय निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीमा विज्ञद्वय सूर्यभक्त साँगाछेँ र सूर्यनारायण श्रेष्ठले त्बपष्लन ायचधबचम तजभ गचदबल जयगकष्लन कतचबतभनष्अ ष्ककगभक विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।
उक्त कार्यशाला गोष्ठी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीको प्रमुख आतिथ्यमा भएको थियो ।
Leave a Reply