भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले बुझाए नगर प्रमुख प्रजापतिलाई ज्ञापनपत्र
- असार ९, २०८३
भक्तपुर, २१ चैत । सूर्यविनायक बलाँक्व टोल सुधार संस्थाको सातौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सँैजूले ‘गाउँघरमा सिंहदरबार’ नारामै सीमित भएको चर्चा गर्दै सरकार घरदैलोमा पुग्न नसकेकैले टोलसुधार समिति स्थापना भई स्थानीय जनसमुदायलाई सङ्गठित हुन सिकाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मासिँदै गएको पाटी–पौवा, ढुङ्गेधारा आदि सम्पदालाई संस्थाकै अगुवाइमा जोगाउन लागिपर्नु हाम्रो गौरवलाई कायम गर्नु हो ।” “बाटो–घाटो, ट्राफिक व्यवस्थापन, सरसफाइ, ढलनिकास, खानेपानी, निःशुल्क, स्वास्थ्य शिक्षा आदि सबै काम जननिर्वाचित सरकारको दायित्वभित्र पर्दछ । तर, कोरोनाको कहर हामीले बिर्सेका छैनौँ । छिमेकी भारतमा आज दैनिक ८० हजारभन्दा बढी मानिसहरू सङ्क्रमित भइरहेको अवस्थामा त्यहाँबाट फर्केका नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउन नसक्नाले सङ्क्रमितहरूको सही तथ्याङ्क बनिराखेको छैन । सिमानामा क्वारेन्टिनको व्यवस्थापन र सीमा नियन्त्रण गर्न सरकारको ध्यान जानुपर्छ”, प्रदेश सदस्य सैंजूले भन्नुभयो ।
विचार र सिद्धान्तमा भन्दा पद, पैसा र भागबन्डामा निर्लिप्त शासक दलहरूको कारण देशमा आजको राजनीतिक बेथिति र अस्थिरता भइराखेको बताउँदै उहाँले केही वर्षअगाडि त्यस्तो अस्थिरता आउनुमा साना दलहरूलई दोषारोपण गर्नुमा तुक नभएको, तीन प्रतिशतको थ्रेसहोल्ड लगाई संविधानविपरीत अप्रजातान्त्रिक निर्णय लादेको प्रस्ट पार्नुभयो ।
बाग्मती प्रदेशसभाको बैठक बोलाएर पनि पटक–पटक स्थगित गरेबाट देशको अस्थिरता प्रदेश र स्थानीय निकायसम्म पुगिरहेकोमा प्रदेश सदस्य संैजूले चिन्ता व्यक्त गर्नुभयो ।
पूर्वन्यायाधीश एवं संस्थाका सल्लाहकार गौरीबहादुर कार्कीले अमेरिका स्वतन्त्र हुनुभन्दा अघि नै नेपालमा मठ–मन्दिर र सम्पदाको विकास हुनु गौरवको कुरा भएको हुनाले बाटो–घाटो, सम्पदाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।
सल्लाहकार डा. सत्यनारायण सुवालले विकसित देशहरूमा मात्र देखिने उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि बढिरहेको चिन्ताको विषय भएको बताउनुभयो ।
“हामीले हाम्रो जीवनशैली र खानपानलाई स्वास्थ्यमैत्री बनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
संस्थाका अर्का सल्लाहकार विश्वराम कवांले टोलमा आइपर्ने सानोतिनो समस्या समाधानमा टोल सुधार समितिले जिम्मेवार भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण शिल्पकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष बाबुराम चौलागाईँ, रमेश त्वी त्वी, रजनी केसी, लक्ष्मीप्रसाद त्वानाबासु, सुनिला धौभडेल, विष्णु राजथलालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सिद्धि प्याथोलोजी ल्यावले निःशुल्करूपमा रक्त परीक्षण र रक्तचाप परीक्षण गरेको थियो ।
Leave a Reply