भर्खरै :

लोकबाजाबारे पुस्तक सार्वजनिक

ललितपुर, २१ चैत । लोकसाहित्य परिषद् बखुंबहा, ललितपुरको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमबीच लेखक मदनसेन बज्राचार्यले लेख्नुभएको नेपालभाषाको कृति ‘नेपाः गाः या नेवाः बौद्ध संस्कृतिइ लोकबाजा’ को विमोचन भयो । पुस्तक लोकरत्न कोषले प्रकाशित गरेको हो ।
पुस्तक प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै लोकसाहित्य परिषद्का संस्थापक शताब्दीपुरूष सत्यमोहन जोशीले काठमाडौँ उपत्यकाका लोकबाजाहरूका विभिन्न आयामबारे चर्चा गर्दै तिनको थप अनुसन्धानमा जोड दिनुभयो ।
पुस्तक विमोचन कार्यक्रममा नेपालभाषा एकेडेमीका उपकुलपति देवीरत्न धाख्वा, लेखक मदनसेन बज्राचार्य, लोकरत्न कोषका सुचित्रा तुलाधर, राजेश श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *