जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
काठमाडौँ, २१ चैत । समाजसेवी एवम् सामाजिक कार्यकर्ता बजिरमान घिसिङ चैत १७ गते स्वास्थ्य उपचारको क्रममा बित्नुभयो । मुटुको धमनी (भेन) को रक्तसञ्चारमा समस्या आएको कारण १६ चैतको दिन काठमाडाँैस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उहाँको अपरेसन गरिएको थियो ।
सिन्धुली जिल्ला कुशेश्वर–दुम्जामा वि.सं. २०१० असार २९ गते उहाँको जन्म भएको थियो । बुबा हर्कमान घिसिङ र आमा मङ्गली घिसिङ्का चार छोरा र पाँच छोरीमध्ये उहाँ जेठा छोरा हुनुहुन्थ्यो । उहाँकी पत्नी असलीमाया वाइवा, छोरा अमृत घिसिङ र छोरी उमा घिसिङ हुनुहुन्छ । उहाँको परिवारमा बुहारी मीना तामाङ र तीन नाति नातिना पनि छन् ।
उहाँ राजनैतिक र सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो । वि.सं. २०४९ को स्थानीय निर्वाचनबाट कुशेश्वर गाविस दुम्जा, सिन्धुलीमा उहाँले गाविस उपाध्यक्ष निर्वाचित भई गाउँ र जिल्लावासीको सेवा गर्नुभएको थियो । माक्र्सवादी विचारधाराबाट प्रभावित उहाँ समाज परिवर्तनको लागि जनतालाई सम्झाइबुझाइ गर्ने कार्यमा लागिरहनुहुन्थ्यो । वि. स. २०७० को संविधानसभाको निर्वाचनमा उहाँ नेमकिपाको तर्फबाट समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो । वि. स. २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उहाँ नेमकिपाको तर्फबाट समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो ।
नेमकिपाले गरेको किसान सङ्घर्ष र माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मानी देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको कामबाट घिसिङ प्रभावित हुनुहुन्थ्यो । पछिल्लो अवस्थामा आफ्नो मुटुसम्बन्धी रोगले सताएर स्वास्थ्य उपचारमा उहाँ लागिरहनुभएको थियो । उहाँको मुटुको धमनी (भेन) को अपरेसन सफल भए पनि होसमा आउन नपाउँदै उहाँ सदाको लागि हामीबाट टाढिनुभयो । उहाँप्रति नेमकिपा सिन्धुली सम्पर्क समितिले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
Leave a Reply