जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रूपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रूपैयाँ नै वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रू. १०३ पुगेको छ ।
नयाँ मूल्यसूची आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमको आइतबारको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रूपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।
निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ ३९ पैसा, डिजेलमा एक रूपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रूपैयाँ ४७ पैसा घाटा भई करिब रू. ८८ करोड बराबरको घाटा हुने देखिन्छ । एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा रू. ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रूपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रूपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ । रासस
Leave a Reply