क्युवाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक
- असार ५, २०८३
संरा अमेरिका र पश्चिमा उसका पक्षधर देशहरूको उस्तै इतिहास छ । अल्पविकसित देशहरूमाथि उपनिवेशवाद थोपरेर उनीहरूले आर्थिक विकास गरेका थिए । उपनिवेशवाद पश्चिमा देशहरूको शताब्दी पुरानो परम्परा हो । उपनिवेशवाद अफ्रिका, एसिया र ल्याटिन अमेरिकाको आर्थिक विकास र राजनीतिक स्वाधीनताको लागि ठुलो अवरोध बनेको छ । ती महादेशहरूका आदिवासी जनताको मूल्यमा पश्चिमा देशहरूले धनार्जन गरे र आफ्नो अर्थतन्त्र बलियो बनाए ।
आज पनि ती अवरोध ज्युँका त्युँ छन् । केही मानिसहरू जो बाइडेन संरा अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्प ‘अमेरिका प्रथम’ भन्ने नीतिमा परिवर्तन आउने अपेक्षा गरेका थिए । तर, कोभिड–१९ महामारीबाट संरा अमेरिका र पश्चिमा देशहरू एकध्रुवीय विश्वकै पक्षमा रहेको र विश्व मामिलामा आफ्नो एकपक्षीय प्रभाव जमाउन खोजेका पुनः पुष्टि गरेको छ । महामारीको अवधिमा संरा अमेरिका र उसका पश्चिमा पक्षधरहरूले भेनेजुयला र इरानजस्ता देशहरूमाथि एकपक्षीय नाकाबन्दी कायम राख्यो र ती देशमा महामारीको प्रतिरोधमा व्यावधान बनायो ।
कोभिड–१९ भाइरस प्रतिरोधमा सफल प्रयासबाट सिक्नु र सहकार्य गर्नुकोसट्टा संरा अमेरिका र पश्चिमा देशहरूले गलत खबर फैलाउन र चीनविरुद्ध खतरनाक नयाँ शीतयुद्ध चर्काउन सम्भव सबै उपाय प्रयोग गरे ।
संरा अमेरिका र पश्चिमा देशका नेताहरूले कुनै पनि मूल्यमा संसारमाथिको आफ्नो आर्थिक, सैनिक र राजनीति प्रभाव कायम राख्न चाहिरहे । सबै प्रकारको युद्ध भनेको आफ्नो स्वार्थसिद्ध गर्ने माध्यम हो । संरा अमेरिका र पश्चिमा नेताहरूका स्वार्थ भनेको देश देशबीच असमानता कायम राख्नु र पहिलेका उपनिवेश देशहरूमाथि आफ्नो उपनिवेशवाद कायम राख्नु हो ।
अक्सफाम अन्तर्राष्ट्रिय नामको स सङ्गठनले सन् २०१७ मा प्रकाशित गरेको एउटा प्रतिवेदनअनुसार आठ जना धनी मानिससँग संसारको कुल जनसङ्ख्यासँग भएजति सम्पत्ति छ । ती आठजनामध्ये सात जनता त संरा अमेरिका र पश्चिमा कम्पनीहरूका मालिकहरू हुन् । जब कि अफ्रिका र एसियामा बस्ने झण्डै ८५ प्रतिशत जनता संसारकै गरिब जनता छन् । संसारभरका मानिसलाई कोभिड–१९ को खोप लगाउन क्रममा यस्तो असमानता उजागर हुनु कुनै आश्चर्यको कुरा होइन ।
गरिब देशहरूलाई खोप बाँड्ने चाहनालाई लिएर चीनमाथि ‘खोप कूटनीति’ को आरोप लगाइएको छ भने अर्कोतिर संरा अमेरिका र पश्चिमा देशहरू विश्वभर खोपको समान वितरणविरुद्ध खुलायुद्ध गरिरहेका छन् ।
दस वटा खोप वितरण भए झन्डै ६ वटा खोप त धनी देशले नै हड्पिरहेका छन् । जब कि धनी देशमा कुल जनसङ्ख्याको १६ प्रतिशतमात्र जनता बस्ने गर्छन् । अफ्रिकी देशहरूमा मात्र कुल जनसङ्ख्याको १७ प्रतिशत मानिसको बसोबास छ । तर, त्यहाँ कुल खोपको दुई प्रतिशतमात्र अफ्रिका देशमा पुगेको छ ।
संरा अमेरिका, बेलायत र युरोपेली सङ्घका देशहरूले नाफामुखी औषधि कम्पनीहरूसँग मिलेर संसारभर बाँड्नुपर्ने खोप आफ्नो लागि थुपारे । गत महिना संरा अमेरिकाले मात्र आफ्नो सबै जनसङ्ख्यालाई लगाउन आवश्यक खोपभन्दा झण्डै ५० करोड बढी खोप जम्मा गरेको अनुमान गरिएको छ ।
खोप असमानता कुनै दुर्घटना होइन । पिफाइजरजस्ता निजी कम्पनीहरू गरिब देशमा आफ्नो आपूर्तिबारे कुनै सूचना दिन हिचकिच्याउँछन् किनभने गरिब देशलाई खोप बाँडेर नाफा कमाउने उनीहरूको हेतु पुरा हुँदैन । संरा अमेरिका र उसका नजिकका पक्षधर देशहरूले खोपको थप मात्रा वितरण गर्नेबारे कुनै औपचारिक प्रतिबद्धता व्यक्त गरेका छैनन् किनभने ती देशहरूले मानव जातिको समग्र भलाइलाई भन्दा आफ्नो ‘राष्ट्रिय स्वार्थ’ लाई नै प्राथमिकता दिने गरेका छन् ।
बाइडेन सरकारले संरा अमेरिकाका सबै नागरिकलाई खोप लगाइनसक्दा आफूले साँचेको खोप कसैलाई पनि वितरण नगर्ने घोषणा गरिसकेको छ ।
खोपमा द्वन्द्व प्रत्युत्पादक हुन्छ । खोपमा द्वन्द्वले हामीमध्ये सबभन्दा कमजोरले कोभिड–१९ सङ्क्रमणको सबभन्दा ठुलो क्षति भोग्नुपर्ने बनाउँछ । भाइरसको सङ्क्रमण जति जति फैलिन्छ, त्यत्ति त्यसका थप प्रकारहरूको जोखिम बढ्छ । त्यसबारे कुनै पूर्वानुमान गर्न नै गा¥हो छ । त्यस्तो नयाँ प्रजातिका भाइरसले अर्थतन्त्र र मानव जीवनलाई समस्यामा पार्ने देखिन्छ । बढ्दो विश्वव्यापीकरण र अन्तरसम्बन्धित विश्वको कारण कुनै पनि देश महामारीबाट पूर्ण मुक्त हुन सक्ने अवस्था छैन ।
राष्ट्रपति पदमा आसिन भएपछि एउटा पत्रकार भेटघाटमा जो बाइडेनले अमेरिकी जनतासमक्ष आफ्नो सरकारको पालामा चीनले संरा अमेरिकी विश्व नेतृत्वलाई उछिन्न नसक्ने वचतबद्धता व्यक्त गरेका थिए । यो भनाइमा आफूलाई अरूभन्दा अब्बल वा सर्वोच्च ठान्ने संरा अमेरिका र पश्चिमा देशहरूको भावना अभिव्यक्त भएको छ ।
नेतृत्व गर्नुलाई अरूमाथि शासन गर्ने अर्थमा गलत ढङ्गले बुझिएको छ । संरा अमेरिका र उसका पश्चिमा पक्षधरहरूले विश्वभर आफ्नो लगातारको नेतृत्वको अर्थ मानव जातिको लागि के हो भन्ने कुरा भने कहिल्यै पनि प्रष्ट भन्न सकेन । उदाहरणको लागि संरा अमेरिकाले संसारमा कोभिड–१९ कारण मर्नेको सङ्ख्या, सैनिक खर्च, कैदीहरूको सङ्ख्या र स्वास्थ्योपचारको ऋणमा संसारकै सबभन्दा पहिलो नम्बरमा छ ।
सघन सङ्कटको बेलामा संसारलाई कदापि पनि त्यस्तो खालको नेतृत्व चाहिएको होइन । जलवायु सङ्कट, आर्थिक असमानता, युद्ध र जातिवादको प्रतिरोध गर्न संसारभर जति सहकार्य र ऐक्यबद्धताको खाँचो हुन्छ, त्यत्ति नै अथवा त्योभन्दा बढी सहकार्य र ऐक्यबद्धताको खाँचो कोभिड–१९ महामारीको प्रतिरोधको लागि खाँचो पर्छ ।
खोप द्वन्द्वको विरोधमा संरा अमेरिका र पश्चिमा पक्षधरहरूमाथि चर्को दबाब दिन जनता उठ्नुको विकल्प छैन । उनीहरूसँगको यो लडाईँमा जीत हुनुको अर्थ मानव जातिको हित हुनु हुनेछ ।
(लेखक संरा अमेरिकी पत्रकार हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply