हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
वासिङ्टन, ८ अप्रिल । सिङ्गापुरका एक जना प्राज्ञले जो बाइडेन सरकारलाई चीनको विषयमा अघिल्लो ट्रम्प सरकारले लागु गरेको नीति उल्टाउन, चीनसँग भूराजनीतिक प्रतिस्पर्धा रोक्न र संरा अमेरिकी नीति निर्माण जायज कुरामा आधारित गर्न आग्रह गरेका छन् ।
“बाइडेन सरकारले पनि चीनप्रति ट्रम्पकै नीतिका धेरै भाग बोक्नु वास्तवमै खतराको विषय हो । यदि त्यसो भए अमेरिका वास्तवमै सङ्कटतिर अघि बढ्दै छ”, ग्लोबल एसियाको पछिल्लो अङ्कमा प्रकाशित लेखमा सिङ्गापुर राष्ट्रिय विश्वविद्यालयको एसिया अनुसन्धान प्रतिष्ठानका वरिष्ठ प्राध्यापक किशोर महबुबानीले लेखेका छन् ।
वास्तविक बुझाइमा भन्दा भ्रममा आधारित चीनप्रति ट्रम्प सरकारको नीति असफल भएको भन्दै महबुबानीले बाइडेन सरकारले पनि ट्रम्प सरकारकै चीन नीतिलाई निरन्तरता दिए त्यसले ‘अमेरिकालाई कमजोर’ बनाउने बताए ।
“बाइडेनको चुनावी अभियानमा चीनसँग ट्रम्पको व्यापार युद्धलाई अमेरिकी धन र रोजगारीको मूल्यमा भएको ‘अनावश्यक सङ्कट’ बताएका थिए”, राजनीतिक टिप्पणीकार फरिद जाकारियाको भनाइ उद्धृत गर्दै महबुबानीले भने ।
चिनियाँ कम्युनिस्ट पार्टी अमेरिकी प्रजातन्त्रको लागि खतरा भएको भन्ने दाबीप्रति खेद व्यक्त गर्दै उनले ‘चीनलाई कसैले पनि प्रजातन्त्रलाई न्यूनाङ्कन गर्न साम्यवादको निर्यातकर्ता’ को रूपमा नहेरेको बताए ।
महबुबानीको आँखामा संरा अमेरिकी सरकारले चीनलाई रूपान्तरण गर्न सकिन्छ भन्ने भ्रम त्याग्नुपर्ने बताए ।
“जेनतेन २५० वर्ष पुरानो कलिलो अमेरिकी गणतन्त्रले आफूभन्दा चार गुणा बढी जनसङ्ख्या भएको ४ हजार वर्ष पुरानो सभ्यताको देशलाई रूपान्तरण गर्ने कुरा सुनेर भविष्यका इतिहासकारहरू निकै चकित पर्नेछन्”, उनले भने ।
धेरै अमेरिकीहरूले चीनलाई बुझ्न नसकेको ‘दुःखद वास्तविकता’ लाई ध्यानमा राखेर महबुबानीले चिनियाँ मूल्यमान्यताको समुद्रमा खुसीसाथ पौडिरहेका चिनियाँ जनतालाई केही अमेरिकीहरूले वस्तुगतरूपमा बुझ्न नसकेको बताए ।
चीनको इतिहासका बितेका चालीस वर्ष त्यहाँको चार हजार वर्षको इतिहासकै सबभन्दा उत्कृष्ट समय भएको चर्चा गर्दै उनले ऐतिहासिक मापनको आधारमा यो अवधिमा जस्तो चिनियाँ जनता कहिल्यै पनि सुखी नबनेको बताए ।
Leave a Reply