भारतको ‘राष्ट्रवादी वक्तव्यबाजी’ ले बङ्गलादेशको जल सुरक्षामाथि खतरा निम्त्याउँदै छ !
- जेष्ठ २३, २०८३
विभिन्न ऋतुको आगमनसँगै हामी पृथ्वीको मौसमी वातावरण र दृश्यहरूमा फेरबदल भएको महसुस गर्छौँ । हाम्रो जीवन गुजारा चलाउन, बाह्रै महिना कठोर परिश्रम गरेर हात–मुख जोड्न अभ्यस्त हुनु परेको छ भने कहिले आमोद–प्रमोद गरेर फुर्सदिलो दिन बिताउनु परेको छ । हामी कहिले खेती–किसानी तथा घरसारको गृहस्थीमा झुत्रेझाम्रे लुगा लगाएर आँटो–पिठोले पेट भरेर, अहोरात्र–अहोदिन घर–गृहस्थी एवम् व्यवहार र गर्जो टार्न घनिभूत परिश्रम गर्छौँ भने कुनै बेला–मौकामा, ऋण मामलो गरेर भए पनि राम्रो पहिरनमा सजिएर, आफन्त, कुटुम्ब, पाहुना भित्र्याएर सुख–दुःख एक आपसमा साटेर सांस्कृतिक, धार्मिक, सामाजिक आड लिएर विशेष प्रकारको आवहवामा कम मेहनत गरी मनोविनोदका साथ अरू दिनभन्दा तामझामका साथ खुसीले गद्गद् भई फुरुङ्ग पर्छौँ । हाम्रा पीडा–कष्ट, बाधा अड्चनलाई तिलाञ्जली दिएर परापूर्वकालदेखि मान्दै आएका रीतिरिवाज, परम्पराहरूलाई चाडबाडको रूपमा अङ्गीकार गर्ने चलन छ ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुभाषिक देश हो । यहाँ विभिन्न जातजातिबीच संस्कृति र रहनसहन, विधि व्यवहार प्राचीनकालदेखि नै अद्भूत मेल र सङ्गम छ । यो मुलुकलाई साझा संस्कृतिको थलोको रूपमा सगौरव व्यक्त गर्न सकिन्छ । यहाँ सांस्कृतिक बहुलवादको आदानप्रदान भएको देखिन्छ । यहाँ विभिन्न धर्मसंस्कृति–प्रथा मान्नेहरूको जन्मथलोको रूपमा रहेको पाइन्छ । हाम्रो देशमा हिन्दू र बौद्ध धर्मको बाहुल्यता रहनुको साथै इस्लाम, शिख, इसाई, वहाई, किरात आदि अन्य धर्मावलम्बीहरू पनि सहज र स्वतन्त्रताका साथ रहेका छन् । बौद्ध धर्ममा वज्रयान, हिनयान, महायान, सहजयान, मन्त्रयान, वोन्पो आदि लामा समुदाय छन् । त्यस्तै, हिन्दूधर्म सम्प्रदायको बाहुल्यता रहेको नेपालमा शाक्त, शैव, सौर्य, वैष्णव आदि पर्दछन् ।
नेपालमा चाडपर्व मान्ने प्रथा बनिसकेकोले यिनको धार्मिक, सांस्कृतिक, सामाजिक महत्व बोकेको हामी पाउँछौँ । त्यसैले यी क्षेत्रमा धार्मिक प्रधानताले भूमिका खेलेको हामी पाउँछौँ ।
हाम्रो देशमा मानिने चाडहरूमध्ये दशैँ–तिहार इन्द्रजात्रा, तीज, जनैपूर्णिमा, माघे सङ्क्रान्ति, शिवरात्रि, फागुपूर्णिमा, घोडेजात्रा, चैतेदशैँ, बुद्ध जयन्ती, गाईजात्रा आदि हुन् । जाति विशेषले गाईजात्रा, गठामुगल, इन्त्रजात्रा, बिस्काजात्रा, रातो मछेन्द्रनाथ जात्रा आदि मूलतः नेवार समुदायले मान्ने गर्छन् भने जनैपूर्णिमा पर्व ब्राह्मण जातिले मनाउने गर्छन् । ल्होसार, उद्यौली, उभौली, वैशाख पूर्णिमा, साउने सङ्क्रान्ति आदि गुरुङ, मगर, तामाङ आदि जनजातिले मनाउँछन् । तर, धार्मिक सहिष्णुताले गर्दा दसैँ, तिहार, शिवरात्रि, फागुपूर्णिमाजस्ता चाडहरू त सबै वर्गले एक आपसमा धुमधामसँग मनाउँछन् ।
घोडेजात्राको प्रसङ्ग
चैत्रकृष्ण चतुर्दशीका दिन काठमाडौँमा पाँहाच¥हे वा पासाच¥हे वा मित्र चतुर्दशी मनाउने, लुकु महाद्योको पूजा गर्ने र औँसीका दिनमा उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । काठमाडौँ टुँडिखेलमा यो दिनमा अत्यन्त रोमाञ्चकारी घोडा दौड प्रतियोगिताको आयोजना गरिन्छ । नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विदेशी नियोगका कूटनीतिज्ञहरूको उपस्थितिमा शाही सैनिक मञ्चमा भव्य समारोह हुन्छ । घोडा दौडभन्दा अगाडि शाही सेनाले झाँकी र विभिन्न मनमोहक सीपमूलक कलाकौशल प्रदर्शन गरी असङ्ख्य दर्शकहरूलाई कृतकृत्य बनाउँछन् । घोडेजात्राको अघिल्लो दिनदेखि भक्तपुरको बिस्का जात्रा शुभारम्भ हुन्छ र नयाँ वर्षसँगै नेवार समुदायको विभिन्न तिथि–मितिमा देवाली पूजा सुरु हुन्छ ।
हाम्रा अग्रजहरूले आदि–अनादिकालदेखि अँगाल्दै आएका चाड, मूल्य–मान्यताहरू देखासिकी गरेर निम्छरा, न्यून आय भएका गरीब श्रमजीवीहरूले ऋण काढेरै भए पनि मनाउनु पर्दा, हर्ष र आनन्दभन्दा पनि दुःख र उल्झन वहन गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्व, परम्परा मनाउने सिलसिलामा ‘घाँटी हेरेर हाड निल्नु’ बुद्धिमानी हुने देखिन्छ । घोडेजात्रा नेपालको सांस्कृतिक, धार्मिक र ऐतिहासिक पर्व हो ।
Leave a Reply