भारतको ‘राष्ट्रवादी वक्तव्यबाजी’ ले बङ्गलादेशको जल सुरक्षामाथि खतरा निम्त्याउँदै छ !
- जेष्ठ २३, २०८३
कम्युनिस्ट भनिने दलका नेताहरू सरकारमा गए, शासन चलाए । तर, कम्युनिस्टको सिद्धान्त र विचारअनुसार उनीहरूले शासन चलाएनन्, कम्युनिस्टको सिद्धान्त र विचारलाई लागू गरेनन् या लागू गर्न चाहेनन् । कम्युनिस्ट भन्ने नेताहरू केपी ओलीमात्र होइन मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल पनि प्रम भए । कम्युनिस्ट पार्टीकै नेतृ विद्या भण्डारी राष्ट्रपति बनिन् । झन्डै दुईतिहाइ मतको आधारमा केपी ओलीको नेतृत्वमा सरकार छ । तर, ती नेताहरूले गरेको शासनको आधारमा, उनीहरूले गरेको गतिविधिको मूल्याङ्कन गर्दै अब देशमा कम्युनिस्टको सरकार काम लाग्दैन, कम्युनिस्ट पार्टीको सरकारले बहुमत जनताको हित गर्दैन भनी देशका सबै कम्युनिस्ट पार्टीलाई उही दृष्टिले हेर्नु कुनै पनि बुद्धिजीवी र लेखकलाई सुहाउँदैन ।
लेखक एवं बुद्धिजीवी कृष्ण खनालले ठुला दलका कम्युनिस्ट नेताहरूलाई अवसरवादी देख्नु, कम्युनिस्टको सिद्धान्त र विचारलाई थाती राखेर दलगत र व्यक्तिगत स्वार्थमा लागेको देख्नु अन्यथा होइन । ती नेताहरूले आफ्नो दललाई माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक बनाएर तद्नुसार काम नगरेको देख्दा कसैले आश्चर्य व्यक्त गर्नु पनि स्वाभाविक हो । उनीहरूको कमी कमजोरीको मूल्याङ्कन गरेर अब संसारमा राजनीति र समाज व्यवस्थालाई प्रेरित गर्ने कुनै वैचारिक सिद्धान्त वा दर्शन नै बाँकी छैन, आवश्यक छैन भन्ने ठान्नु अपरिपक्व विचार हो । माक्र्सवाद र लेनिनवादलाई बीसौँ शताब्दीमा मात्र केन्द्रित गर्नु, अब त्यो वाद सकियो भन्नु पुँजीवादी विचार हो, कम्युनिस्टको सिद्धान्त र विचारलाई ढाकछोप गर्ने कुदृष्टि हो, यो अल्पबुद्धि हो या पुँजीवादी विचार फलाक्नु हो ।
यो शताब्दी बजारको शताब्दी हो, बजारको सिद्धान्त र नियम नै सबैभन्दा बलशाली छ भनेर सिद्धान्त, विचार र दर्शन नै भुल्ने ! कुनै सिद्धान्त, विचार र दर्शन छोडेर के देशलाई कहाँ, कहिले, कुन ठाउँमा पु¥याउने भनी मार्ग निर्देश गर्न सक्छ ? के संसारका मुलुकहरूको राज या नेतृत्व अमेरिकामा झैँ ठुलठुला व्यापारी, उद्योग व्यवसायीहरूलाई सुम्पिने हो ? संरा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प ठुला व्यापारी थिए । राष्ट्रपति ट्रम्प व्यापारी भएकाले उनले देशको दुर्गति भए पनि लाखौँ जनता कोरोनाको कारण मरे पनि आफ्नो व्यापार–व्यवसाय प्रवद्र्धन गर्नेबाहेक अरू केही हेरेनन् । के नेपालमा पनि त्यस्तै ठुलठुला व्यापारी, उद्योगपतिहरूको नेतृत्वमा सरकार सुम्पिने हो ? त्यस्तो अवस्थामा गरिब बहुमत जनताको स्थिति के होला ?
कुनै कम्युनिस्ट पार्टीले पुँजीवादी बाटो लियो र पुँजीपतिहरूको पृष्ठपोषण ग¥यो भनी कम्युनिस्टको सिद्धान्त र विचार कामै नलाग्ने ठान्नु पुँजीवादी विचार हो । कम्युनिस्ट पार्टीले, कम्युनिस्ट पार्टीको सरकारले पुँजीको विकास गर्दैन भन्ने होइन । कम्युनिस्ट पार्टी या पार्टीको सरकारले उद्योगधन्दा विकास गरेर सर्वसाधारण जनतालाई काम–मामको सुनिश्चित गर्छ । चीनमा उद्योगपतिहरूको विकासमात्र होइन करोडौँ करोड गरिब जनताको जीवनस्तर उठाएर गरिबीबाट मुक्त गरिएको छ । तर, अमेरिकामा गरिबको मर्का बुझेन । अमेरिकामा अधिकांश गरिबहरू नै कोरोनाबाट पीडित भए र मरे । चीन संसारकै एक शक्तिशाली, सम्पन्न देश बन्न लाग्यो भनी चिनियाँ सरकार र चिनियाँ पार्टीले गरिब जनताको दुःख हेर्दैन, बुझ्दैन भन्नु गलत ठम्याइ हो । चीनले हरेक क्षेत्रमा विकास गर्न सक्नुको कारण सिद्धान्त, विचार र दर्शनकै आधारमा काम गर्दाको फल हो । बरू कुनै पनि लेखक या बुद्धिजीवीले कुनै दल या दलको सरकारलाई सिद्धान्त र विचारअनुसार काम गर्न खबरदारी गर्नु बुद्धिमानी हुनेछ ।
Leave a Reply