अलेक्सान्दर पुस्किनको २२७ औँ जन्म जयन्ती तथा रुसी भाषा दिवस
- जेष्ठ २३, २०८३
भक्तपुर, ३० चैत । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिस्का जात्रा र नव वर्ष २०७८ सालको अवसरमा शुभकामना आदानप्रदान तथा कलेजको आयोजनामा भएको उडबल, ब्याटमिन्टन, कसिमला पाँय र खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नव वर्षमा नयाँ योजना बनाई नयाँ नयाँ कामको थालनी गर्ने दिनको रूपमा मनाउन शुभकामना व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शैक्षिक संस्थाको चुनौती र उपलब्धि चर्चा गर्दै उहाँले संस्थाको प्रगतिमा अवरोध पु¥याउने प्रतिक्रियावादीहरूबाट सचेत हुनुपर्ने र चुनौतीसँग डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू जनतासँग नजिक सम्बन्ध राखेर शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायतका जनताको आधारभूत आवश्यकतासँगै सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणमा पनि जोड दिइँदै आइरहेको बताउँँदै उहाँले अन्य स्थानीय तहले भक्तपुर नपाबाट भए–गरेका कामबाट सिक्न र सहकार्य गर्न इच्छा व्यक्त गरिरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने विषय चुनौतीपूर्ण भएको अवस्थामा ख्वप इन्जिनियरिङ कलेजले गरेको अनलाइन पठनपाठन सन्तोषजनक रहेको विद्यार्थीहरूको प्रतिक्रियाले कलेजलाई थप उत्साह प्रदान भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले लकडाउनको समयमा पनि शिक्षक कर्मचारीहरूबीचको काम गर्ने सामूहिक भावनाले गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज सफल भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोँजु र कर्मचारी सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिताका विजयीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply