भर्खरै :

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या एक लाख ७० हजार नाघ्यो

नयाँदिल्ली, ३० चैत (सिन्ह्वा) । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो सङ्ख्या भारतमा कोरोना भाइरस सुरु भएयताकै सबै भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ । पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या दैनिकरूपमा बढ्दै गएको देखाएको छ ।
आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यसवर्ष सुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो सङ्ख्या सबभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १२ लाख १ हजारभन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुआत भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरू खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *