यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– निर्जला
भारत एक विशाल एसियाली देश हो, दुई शताब्दीसम्म पोर्चुगाली, फ्रान्सेली र बेलायती उपनिवेशवादीहरूबाट पददलित थियो । पहिलो र दोस्रो विश्वयुद्धको बेला अर्थात् साम्राज्यवादी देशहरू नाफाको निम्ति आपसमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देश र जनतामाथि शोषण, दमन र आक्रमणमा सक्रिय रहँदा भारतीय जनता स्वतन्त्रताका पक्षपाती थिए । साम्राज्यवादी र उपनिवेशवादीहरू बलिया भएसम्म, तिनीहरूको आक्रमक नंग्रा कमजोर नभएसम्म भारतीय जनता पनि स्वतन्त्र र स्वाधीन हुन नसक्नेबारे भारतीय बुद्धिजीवी समुदाय र स्वतन्त्रताप्रेमी जनता र राजनैतिक दलहरू सहमत थिए ।
दोस्रो युद्धपछि संरा अमेरिका झन् आक्रामक रुपमा एसियाको उत्तर–पूर्वमा देखापर्यो । जापानको हिरोसिमा र नागासाकीमा आणविक अस्त्रबाट हमला गरेर संसारभर आफ्नो अपराधी चेहरा देखायो । युद्धपछि पनि कोरिया प्रायःद्वीपमा हमला गर्यो र कोरियाली जनतासँग दुश्मनी मोल्यो । ठूलो जनधनको क्षति भयो, भर्खर फासीवादबाट स्वतन्त्र भएको कोरियामाथि अत्याधुनिक विध्वंशक हतियार प्रयोग गर्यो । कोरियाली जनता नयाँ खुँखार शत्रुसँग पितृभूमिको रक्षार्थ संघर्ष गरे ।
दोस्रो विश्वयुद्धबाट धुजाधुजा भएको कोरियामा पुनः संरा अमेरिकाले युरोप र अन्य देशमा जति बम र बारुद खर्च गरे, त्यति हतियार प्रयोगगरेर कोरियामा एउटा इँटा र एउटा किल्लासमेत बाँकी राखेन । तर पनि आक्रामक अमेरिकी सेना ठाउँ ठाउँमा कोरियाली जनताबाट पराजित भए । यस्तो अवस्थामा कोरियाली जनता भने हात–हतियारको कमीले पछि हट्न बाध्य भए र ३७ औं सामानान्तर रेखालाईयुद्धविराम रेखा माने । युद्ध विरामको अर्थ शान्ति सम्झौता होइन बरु कुनै पनि बेला युद्ध हुन सक्ने अवस्था हो । संरा अमेरिकाले १९५३ देखि नै प्रजग कोरियालाई आर्थिक र अन्य नाकाबन्दी लगाउँदै आएको छ भने दक्षिण कोरियालाई आफ्नो नवउपनिवेश बनाउँदै आएको छ । यसको अर्थ हो – दक्षिण कोरियाली कठपुतली सरकार र सेना अमेरिकी साम्राज्यवादको मातहतमा छ । दक्षिण कोरियामा यसकारणले अमेरिकी सेना राखेको हो । दक्षिण कोरियामा अत्याधुनिक हात–हतियारसहितको अमेरिकी सेनाको उपस्थितिका निम्न कारणहरू हुन् –
क) दक्षिण कोरियालाई आफ्नो तखतमा राखी रहनु,
ख) उत्तर र दक्षिण कोरियाली जनतालाई मिल्न नदिनु,
ग) उत्तर कोरियामाथि पनि हमला र कब्जा गर्ने नियत,
घ) कोरिया प्रायःद्वीपलाई कब्जा गरेपछि रुस र चीनलाई समेत निशानामा राख्नु,
ङ) जापान र फिलिपिन्सको अमेरिकी सेनाको काम पनि ती दुवै देशमा आफ्नो हैकम कायम राख्नु र ती देशका जनताको संरा अमेरिकी विरोधी आन्दोलनलाई निर्ममतापूर्वक दबाउनु,
च) चीनको अभिन्न भाग थाइवानमा पनि अमेरिकी सेना छ । त्यसको मुख्य उद्देश्य चिनियाँ जनतालाई आपसमा मिल्न नदिनु,
छ) अमेरिकी साम्राज्यवादको उद्देश्य एसिया प्रशान्त क्षेत्रको मित्रता र सहयोगको नाममा त्यस क्षेत्रका सबै देशलाई आफ्नो तखतमा राख्नु र एसियाली देशहरूलाई मिल्न नदिन त्यस क्षेत्रको विभिन्न टापू र देशहरूमा पनि अमेरिकी सेना राख्नु ।
ज) अष्ट्रेलिया र न्युजिल्याण्डमा समेत अमेरिकी सेनाको उपस्थिति छ ।
झ) एसियाका ठूल्ठूला देशहरू पनि आपसमा नमिलून् भनी संरा अमेरिकाले भारत र चीनको बीचमा झगडा लगाउने काम गर्दैछ । अमेरिकाले भारतलाई खरबौं डलरको अमेरिकी हातहतियार किन्न बाध्य पारेको छ, अमेरिका–भारतको संयुक्त युद्धअभ्यास बरोबर हुन्छ, विशाखापत्नम् अमेरिकी हिन्द महासागरमा समेत अमेरिकी जलसेना गस्ती गर्नेे केन्द्र छ । यसरी प्रशान्त मात्र होइन हिन्द महानसागरमा समेत अमेरिकी सेनाको गतिविधि बढ्दैछ ।
सैनिक सम्झौता, विदेशी सेनाको उपस्थिति र हात–हतियारको किनबेच र संयुक्त अभ्यास दुई देशको वा देशहरूको बीचको ‘सुन्दरी प्रतियोगिता’ होइन बरु युद्धको तयारी हो वा बुद्धिचालको बोर्डमा भइरहेको युद्धअभ्यास वा सम्भावित युद्धको रिहर्सल हो । के सत्य हो भने जति ठूलो वस्तु हुन्छ, त्यसमा त्यतिकै ठूलो कमजोरी हुन्छ । ठूलो देश, ठूलो राजनैतिक दल र ठूलो मानिसमा नियन्त्रणको कमी, अनेक जात–जाति र भाषा–भाषीहरूको बेमेल, ठूला राजनैतिक दलहरू र दलको भित्री मतभेद र गुट उपगुटको कमजोरी, नेता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, राजा–महाराजाहरूमा समेत व्यक्तिगत खराब लत, छोराछोरीको कमजोरी, शत्रुहरूको पहुँच आदिले ठूल्ठूला दलहरू कमजोर हुने, नया पार्टी सरकारमा जाने, नयाँ पार्टीका नेताहरूमा गुट–उपगुटले विदेशीको प्रभाव र प्रवेशको सम्भावना, आपसी झगडा र मतभेदले कमजोर हुने, नेताको छोरा–छोरीलेसमेत सरकारमा प्रभाव पार्दा युवा जाशले देशको र जनताको अहितमा अनेक काण्डहरू विभिन्न देशमा भएका छन् ।
यसरी विदेशी शक्तिशाली देशहरूले एसियाली महत्वपूर्ण देशहरूबीच स–साना देशहरूको माझमा आपसमा झगडाको बीऊ छर्ने गर्छन् । पहिले २ सय वर्ष अगाडि पनि चीन र भारत भन्दा क्षेत्रफल र जनसंख्यामा १० भागको एक भाग पनि नभएका बेलायत र अन्य युरोपेली देशहरूले चीन र भारत जस्ता विशाल देशहरूलाई दुई सय वर्षसम्म ठूल्ठूलै कमजोरीहरू हुने हुँदा शत्रु र मित्र चिनन भूल गर्नु नै एसियाली देशहरूको दुर्भाग्य थियो । अब यस्तो परिस्थितिबाट एसियाली जिम्मेवार मुलुकहरू जोगिनु आवश्यक छ ।
तर भारतका एक–दुईटा टिभी च्यानलहरूले हरेक दिन वा एक दुई दिन बिराएर प्रजग कोरियाको विरोधमा चर्को विषवमन गर्दैछन् । वर्तमान उत्तर कोरियाली नेता किम जोङ उनलाई जथाभावी गाली गर्दैछन् । आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन प्रजग कोरियाली सरकारले जनताको एक एक दाना र अन्न, एक एक पैसा जोगाएर दूरमारक यन्त्रहरू, भू–उपग्रहहरू, आणविक बम र हाइड्रोजन बमजस्ता हतियारहरू निर्माण गरेर संरा अमेरिकी साम्राज्यवादको आक्रमणको धक्कीको सामान गर्दैछन् । यसरी ६३ वर्षदेखि संरा अमेरिकी साम्राज्यवादको आक्रमण र नाकाबन्दीको विरोधमा संघर्षरत एसियाली देशको विरोधमा भारतका टीभीहरूले किन जथानाम विरोध गर्दैछन् भन्नेबारे कुनै तर्क भेटिन्नन् ।
प्रजग कोरिया एकातिर एक आक्रान्त एसियाली देश हो भने संरा अमेरिका एसियाका अन्य देश, भियतनाम, लावस र कम्बोडियामा १५–२० वर्षसम्म आक्रमण, ध्वंश र संहार गर्ने देश हो । पछिपुनः अफ्गानिस्तान, इराक, लिवियालाई ध्वंश गरेपछि अहिले सिरियामा निर्वाचित एक सार्वभौम सरकारलाई बलको भरमा सत्ता छोड्न दबाब दिइँदैछ । आजभोलि पुनः आईएसआईएसलाई सहयोगको आरोपमा सानो देश कतारलाई अन्य अमेरिकी पिछलग्गु देशहरू मिलेर नाकाबन्दी गर्दैछन् । कतारसँग कुटनैतिक सम्बन्ध बिच्छेद गरे । अमेरिकाले हालै साउदी अरेबियालाई खरबौं डलरको हात–हतियार किन्ने निर्णय गरायो । त्यस्तै कतारलाई पनि अमेरिकाले खरबौंको हतियार किन्न दबाब दिंदैछ । यसको अर्थ हो – अरब देशहरूमा अमेरिकी साम्राज्यवादले हतियार बेचेर पुनः अरबका देशहरूमा युद्धको व्यापार गर्दैछ र केही वर्षभित्र इराक, लिविया र सिरियामा जस्तै विध्वंश मच्चाउनेछ । यस्तो पापी अमेरिकी साम्राज्यवादको विरोधमा संघर्षरत उत्तर कोरियाको विरोधमा केही भारतीय प्रचारमाध्यम किन विरोध गर्दैनन् भन्ने प्रश्न र जिज्ञासा चुलिंदैछ । के अमेरिकाले एसियामा एसियालीहरूलाई भिडाउने अपराधमा भारतलाई त तान्न चाहेको होइन भन्ने प्रश्न उठेको छ ।
Leave a Reply