क्रान्तिकारी युद्धको श्री गणेश
फ्रान्सको घरेलु गम्भीर कठिनाइहरूबाट फाइदा उठाएर लुई १६ औँको निरङ्कुश शासनलाई फेरि स्थापना गर्ने इच्छाले अष्ट्रियाको राजा र उनकी बहिनी महारानी मेरी आनटिनोटीले फ्रान्ससँग लडाइँको तयारी गरे । फ्रान्सेली विधानसभाले त्यस कुरालाई पहिले नै थाहा पायो । यसकारण, १७९२ को वसन्तमा अष्ट्रियाको विरुद्ध लडाइँको घोषणा ग¥यो ।
मातृभूमि खतरा
अष्ट्रिया र उसको मित्र राष्ट्र प्रसियाले फ्रान्समाथि हमला गरे । फ्रान्सले प्रत्याक्रमण ग¥यो । युद्ध भयो । खान्दानी वर्ग अफिसरहरूमा राजद्रोह साधारण कुरो हुँदै गयो । आफ्ना अफिसर र जनरलहरूमाथि सिपाहीहरूको विश्वास घट्दै गयो । अनुशासन भङ्ग हुँदै गयो । रानी मेरी आनटिनोटीले छलकपट गरेर अष्ट्रियालीहरूलाई फ्रान्सेली युद्धको योजना पु¥याइदिए । महारानीको त्यस विश्वासघाती कार्यले फ्रान्सेली सैनिक स्थितिलाई अझ चर्काइदियो । अष्ट्रिया र प्रसियाली सेना देशको सीमासम्म पुगे ।
पेरिस सहरका बाहिर बस्ने मजदुरहरूको अगुवाइमा विधानसभाले राजधानीको निम्ति प्रान्तहरूबाट २०,००० स्वयम्सेवहरू बोलाउने निधो ग¥यो । नगर बाहिर सैनिक छाउनीहरू खडा गरिए । त्यस निर्णयमाथि राजाले आफ्नो अधिकार प्रयोग गरे । राजाले त्यस निर्णयलाई रोके । राजाको त्यस निर्णयले देशभरि ठुलो विरोध भयो । राजाको विशेषाधिकारको विरोधमा फ्रान्सभरि स्वयम्सवेक पल्टनहरू सङ्गठित हुन लागे । स्वयम्सेवकहरू पेरिसको रक्षाको निम्ति हुर्रिए । भर्सेलिजबाट सशस्त्र पल्टन अगाडि बढ्दा नयाँ क्रान्तिकारी गीत गाइएको थियो । त्यो गीत भर्सेलिज जनतालाई आह्वान गर्न गाइएको थियो । त्यो यसप्रकार थियो –
अगाडि बढ ए फ्रान्सका सन्तानहरू
तिम्रो गौरवका दिनहरू आइपुगे
अत्याचारको रगतले पुछिएको झन्डा
हाम्रो विरोधमा उठ्दै छ
सशस्त्र होऊ नागरिकहरू !
जुलाई विधानसभाले देश खतरामा छ भनेर घोषणा ग¥यो । पेरिसका जनतालाई हात–हतियार बाँडियो । नयाँ नयाँ पल्टन बनाइयो र मोर्चाको निम्ति पठाइयो ।
राजनैतिक पार्टीहरू, राजाको पलायन र नेताहरू
फ्रान्सको दक्षिण–पूर्वी भागमा ‘जिरोंद’ भन्ने एक इलाका थियो । त्यस इलाकाको मुख्य सहरको नाम ‘बोदियों’ थियो । विधानसभामा त्यहाँका निर्वाचित प्रतिनिधिहरू राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र स्थापना गर्न चाहन्थे । तिनीहरूका एक मुख्य नेताको नाम बर्जनियो थियो ।
उनी एक समझदार वकिल थिए । पेरिसमा वकिलहरूकै एक क्लव थियो तिनीहरू त्यहाँ बरोबर भेटघाट गर्थे र तिनीहरूले गाउँ–गाउँमा पनि सङ्गठन गरेका थिए र गाउँहरूकै प्रतिनिधित्व तिनीहरूले गर्थे ।
जिरोंदिष्टहरू गणतन्त्रवादी भए पनि फ्रान्सेली क्रान्तिका चर्का परिवर्तनवादी जेकोविनहरूभन्दा नरम र छिटो राजतन्त्र उखेल्न चाहन्नथे ।
मिराबों (Mirabean) पनि फ्रान्सेली क्रान्तिका एक नेता र जिरोंदिष्ट थिए । उनी पनि एक कुलीन परिवारमा जन्मेका थिए । मिराबों ‘राज्य परिषद्’ (tate General) को तीनै श्रेणीको नगरी एकै ठाउँमा गर्ने पक्षका थिए । संयुक्त बैठकको बहुमतले निर्णय गराएर राजतन्त्र जोगाउने उनकै बुद्धि थियो । उनी संवैधानिक राजतन्त्रका पक्षपाति थिए ।
भनिन्छ– उनी सा¥है माथिल्लास्तरका प्रस्ट विचार र दूरदर्शी राजनीतिज्ञ थिए । राष्ट्रिय परिषद् (National Assembly) का सबै काम उनकै नेतृत्वमा भएको मानिन्थ्यो । त्यसबेलाको फ्रान्सको नयाँ शासन–विधानको धेरै भाग उनले नै लेखेका थिए । राजा र रानीमा पनि उनको ठूलो प्रभाव थियो र तिनीहरू पनि उनलाई खूब मान्थे ।
राष्ट्रिय परिषद्मा मध्यम वर्गको नियन्त्रण थियो र त्यसको नेता मिराबों नै थिए । उनी क्रान्तिलाई लम्ब्याउन चाहन्नथे र रोक्न चाहन्थे । यसकारण, अञ्चल अञ्चलमा भएका किसान विद्रोह दबाउन उनले नै गोली हान्न लगाएका थिए । उनी नै साँचो अर्थका राजाका गुप्त सल्लाहकार थिए । उनी २ अप्रिल १७९१ मा मरे ।
लफायत (Lafayette) संवैधानिक राजतन्त्रका मुख्य पक्षपाती नेताहरूमध्ये एक थिए । उनी एक कुलीन परिवारका भए पनि क्रान्ति र स्वतन्त्रताका पक्षपाती थिए । उनी अमेरिकी स्वतन्त्रता आन्दोलनको युद्धमा स्वयम्सेवकको रूपमा भाग लिएर फर्केका थिए ।

लफायत
पेरिसमा शान्ति सुरक्षा कायम गर्न राष्ट्रिय परिषद् (National Assembly) ले ‘राष्ट्रिय स्वयम्सेवक दल’ गठन ग¥यो । लफायतलाई त्यसको सेनापति बनाइयो । पेरिस र अन्य नगरहरूमा ‘नगर सभाहरू’ गठन गरिए र त्यसको अध्यक्ष राष्ट्रिय परिषद्हरूकै एक एक सदस्य बनाइयो । ती नयाँ नगरसभाहरूले पनि ‘राष्ट्रिय स्वयम्सेवक सेना’ गठन गर्न थाले ।
शान्ति सुरक्षा कायम भएको हुँदा राजाले विदेशी सेना बोलाउने निहुँ पाएनन् ।
२१ जून १७९१ को दिन एक रात राजा, रानी र राजकुमार एक दुई जना साथीहरू लिएर भेष बदली तुइलरी राजदरबारबाट बाहिर निस्के । रातको समयमा पेरिसको गल्ली गल्ली हुँदै पहिलो पल्ट राजा रानी जनताको आँखा छलेर भागेका थिए । राजा देशको सीमापारि पुगेपछि विदेशी सेनाले पेरिसमा हमला गरेर क्रान्ति दबाउने प्रतिक्रियावादी षड्यन्त्र थियो ।
रातभरमा बग्गीबाट राजा रानी सीमामा पुगे । बिहानपख सीमा चौकीले राहदानी माग्यो र खानतलासी लिन खोज्यो । सुनको बग्गी धेरै बेरसम्म चौकीमा खडा थियो । किसानहरू पनि आश्चर्य मानेर हेर्दै थिए । राजाले किन ढिलो भयो भनी बग्गीको पर्दा हटाएर बाहिर हेर्दा किसानहरूलाई शङ्का लाग्यो । किसानहरूले आफ्नो खल्तीबाट रुपैयाँ झिकेर हेरे, रुपैयाँको टकको तस्वीर बग्गीको मानिसको मुख र कपाल समान देखे ।
क्रान्तिको लप्का गाउँ–गाउँसम्म पुगेको थियो । राजा भाग्ने र विदेशी आक्रमणको हल्ला किसानहरूले पनि सुनेका थिए । तत्काल किसानहरूमा राजा भाग्न लाग्यो भन्ने शङ्का लागिहाल्यो । हो–हल्ला भयो, किसानहरू जम्मा भए, राजा रानी पक्राउ परे तथा सारा जनता मिलेर फेरि पेरिस फिर्ता ल्याए । राजा रानीलाई पुनः तुइलरी दरबारमा कडा पहरामा राखियो । फ्रान्सको राजनैतिक इतिहासमा दरबारबाट भएको त्यो एउटा ठुलो विराम मानिन्छ ।
भनिन्छ, मिराबों मरेपछि दरबार चापलुस र स्वार्थीहरूको घेरामा प¥यो र त्यसले खोटपूर्ण निर्णय लियो । त्यस घटनाले गणतन्त्रवादीहरूलाई उत्तेजित गर्ने काम ग¥यो । राजतन्त्र बदनाम हुँदै गयो ।

मिराबो
सन् १७१९ को जून र जुलाई महिनाभर पेरिसमा जनतामा राजतन्त्र र गणतन्त्रको बारे व्यापक छलफल चलिरह्यो । जनताले राजाको पलायन र विदेशी हस्तक्षेपलाई राजतन्त्रसँग जोडेर हेर्न थाले । विदेशमा भागेका राजा रजौटा र खानदानी व्यक्तिहरू जनताको विरोधमा आगोमा घ्यू थप्दै थिए ।
१६ जुलाईको दिन पेरिसको ‘शां द मार’ भन्ने एक गाउँमा एक जनसभा भइरहेको थियो । सभामा वक्ताहरूले राजालाई च्युत गरेर गणतन्त्र स्थापना गर्ने माग गर्दै थिए । पेरिसको मेयरले सभा स्थगित गर्न आदेश दिए । सभा स्थगित गर्न आयोजकहरू मानेनन् । मेयर बेलीले सभालाई गोली हानेर तितरवितर गर्न खोज्यो । भिडभाड भड्क्यो । गोलीबाट धेरै मानिस मरे । त्यस घटनालाई ‘शां द मारको हत्याकाण्ड’ भनियो ।
त्यस घटनाले जनतामा राजतन्त्रप्रतिको आस्था घट्दै गयो र गणतन्त्रवादीहरूप्रति जनता आकर्षित हुँदै गए ।
जाकोविन
त्यसबेला फ्रान्समा धेरै राजनैतिक संस्थाहरू थिए । तीमध्ये एक राजनैतिक पक्षका सदस्यहरू पुरानो जाकोविन (Jacobins Conectt) भन्ने सत्तलको बैठकमा जम्मा हुन्थे । यसकारण, तिनीहरूलाई ‘जाकोविन’ (Jacobins) भनिए । त्यसबेलाको राजनैतिक संस्थाहरू आजको राजनैतिक पार्टी थिए । जाकोविन संस्थाको प्रभाव बढ्दै गइरहेको थियो । ती संस्थाहरूले आज राजनैतिक पार्टीहरूले जस्तै फरक फरक वर्ग र विचारको प्रतिनिधित्व गर्थे । जाकोविनहरू आफ्नो संस्थामा जनताका माग र समस्याहरूबारे छलफल गर्थे । जनतासँग मिलेर सङ्घर्ष गर्थे र आफ्ना तलका संस्थाहरूका गतिविधिहरूको नेतृत्व गर्थे । संस्थाहरूका पुँजीपति वर्गका प्रतिनिधिहरू भेला हुन्थे । जाकोविन संस्थाहरूको पुँजीपति वर्गको क्रान्तिकारी हिस्साका प्रतिनिधिहरू धेरै थिए । त्यस पक्षले सबभन्दा बढी प्रभाव पार्दै गएको थियो । सन् १७९१ को जून महिनासम्ममा त्यस दलको ४०६ सङ्गठनहरू भइसकेका थिए ।
जाकोविनहरूले पेरिस वा सहरका जनता वा क्रान्तिकारीहरूको प्रतिनिधित्व गर्थे । तिनीहरू तत्काल परिवर्तन र गणतन्त्र चाहन्थे । जाकोविनहरू पहिले गुप्त बैठकहरू गर्थे, साधारण जनताले तिनीहरूको छलफलमा भाग लिन पाउँदैनथे । १७९१ को अक्टोबरदेखि तिनीहरूको छलफलमा साधारण जनतालाई भाग लिने छुट दिए । चर्का चर्का राजनैतिक छलफल हुने हुँदा जाकोविन क्लवहरू पेरिसका राजनीतिज्ञहरूको चाखलाग्दा केन्द्रहरू बने । माशल, दाँते र रोवेस्पियरहरू जाकोविनका नेताहरू थिए ।
रोवेस्पीयर (Rbbespierre)
जाकोविन नेताहरूमध्ये रोवेस्पीयर र डाँटे थिए । रोवेस्पीयर एक शिष्ट वकिल र एक राजनैतिक लेखक थिए । उनी जनताको अधिकारको एक दृढ समर्थक थिए । रोवेस्पीयर रुसोका शिष्य या समर्थक थिए । उनी एक ‘विवेकी’ वा सद्गुण भएको गणतन्त्र स्थापना गर्ने पक्षमा थिए ।

रोबेस्पियर
अनैतिकता र भ्रष्टाचार उनीबाट टाढै भाग्थ्यो । उनी पुरानो अन्याय र असमानता नभएको गणतन्त्र ल्याउन चाहन्थे । उनी सद्गुणले फ्रान्सलाई स्वर्गमा बदल्न चाहन्थे । यस हिसाबले उनी एक आदर्शवादी थिए ।
डाँटे (Danton)
डाँटे फ्रान्सेली क्रान्तिका अर्का जल्दाबल्दा नेता थिए । पेशाले उनी पनि एक वकिल थिए । उनी बडा जोशिला र लोकप्रिय नेता र प्रभावशाली वक्ता थिए । उनी धेरै गतिविधि गर्थे । उनको विचारमा राजतन्त्र मक्किसकेको र भ्रष्ट संस्था हो । यसकारण, त्यससँग कुनै किसिमको सम्झौता गर्नु व्यर्थ छ ।

डाँटे
उनले राजाको पद नै समाप्त गर्ने माग गरेर हरेक फ्रान्सेली नागरिकलाई मत दिन पाउने राष्ट्रिय सभाको बैठक बोलाउन माग गरे । त्यस राष्ट्रियसभा
(Convention) मा सम्पत्तिको स्वामित्व कुनै भेदभाव रहनुहुँदैन भन्ने माग गरे । डाँटे एक सामरिक नेता थिए । उनले जनताको अगाडि ‘सशस्त्र राष्ट्र’ को प्रस्ताव राखेका थिए ।
माराट (Jean Pal Maret 1743-1793)
फ्रान्सेली राज्य क्रान्तिका महत्वपूर्ण नेताहरूमध्ये मारात पनि एक थिए । पेरिस छोडेर भागेका राजालाई विश्वासघाती भनी घोषणा गर्ने उनी नै थिए । यसकारण राजावादीहरू उनलाई घृणा गर्थे । उनी पेरिसका ढलहरूमा लुकेर काम गर्थे । फोहर ठाउँमा बसेर काम गर्दा उनलाई छालाको रोग भयो ।
माराट एक विद्वान र अङ्ग्रेजी, स्पेनियाली, जर्मनीयाली एवं इटालियाली भाषाका ज्ञाता थिए । उनले धेरै वर्ष बेलायतमा अध्ययन गरेका थिए र एक बेलायती शिक्षालयबाट चिकित्साशात्रमा एमडी उपाधि प्राप्त गरेका थिए ।
पेरिसका स–साना पुँजीपति वर्ग र मजदुरहरूमा उनी सा¥है लोकप्रिय थिए । उनले ‘जनताको साथी’ भन्ने एक पत्रिका चलाएका थिए । उनले त्यसमा न राजालाई न विधान सभालाई नै विश्वास गर्नुहुन्छ भनेर लेखे । माराट बराबर दोहो¥याउँथे, “विधानसभा तिम्रो सबभन्दा खराब शत्रु हो । यसले बदला लिने हरेक मौका उपयोग गर्नेछ र यसले प्रतिज्ञाहरू गरेर तिम्रो राँकोलाई निभाई दिनेछ । राजालाई मुद्दा चलाउन र संविधानलाई दोहो¥याउन राज्यसभासँग माग गर ।”

जाँ पाल माराट
उनी पछि चिकित्सा पेशा, वैज्ञानिक र साहित्य लेखनबाट राजनीतिमा हाम फाले । क्रान्तिको सुरू सुरूको दिन थियो । उनले अखबारमा सहरी गरिब र किसानहरूको स्वार्थको रक्षाको निम्ति चर्काचर्का लेखहरू लेखे । उनलाई गिरफ्तार गर्ने आदेश जारी भयो । तर उनले गरिबहरूको झोपडीमा महिनौ भूमिगत बसेर काम गर्न थाले । जमिनभित्र बनेको कोठामा काम गर्दा गर्दै उनको आँखा कमजोर भयो । तर, त्यसबाट उनको क्रान्तिकारी लेख लेख्ने काम रोकिएन । न त जनताको क्रान्तिलाई अगाडि बढाउनुपर्छ भनेर आह्वान गर्न नै उनी पछि हटे । जहाँतहीँ गरिब जनतामा उनका साथीहरू थिए । उनको पत्रिका ‘जनताको साथी’ ले जस्तै सबै साथीहरूकहाँ गएर क्रान्ति गर्ने आह्वान गथ्र्यो । उनी साहित्य र वैज्ञानिक लेखहरू लेख्थे । विदेशी नेता र विद्वानहरूसमेत उनको साहित्य र रचनाहरू पढ्थे । पछि गिरोन्डिहरूको विरोधमा उनले लड्न जनतालाई आह्वान गरे । तर, उनको विचार जाकोविनहरूसँग पनि फरक थियो ।
जाकोविन नेताहरूमध्ये रोवेस्पीयर र डाँटे थिए । रावेस्पीयर एक शिष्ट वकिल र राजनीतिक लेखक थिए । उनी जनताको अधिकारको एक दृढ समर्थक थिए । रोवेस्पीयर रूसोका शिष्य या समर्थक थिए । उनी एक ‘विवेकी’ या सद्गुण भएको गणतन्त्र स्थापना गर्ने पक्षमा थिए । अनैतिकता र भ्रष्टाचार उनीबाट टाढै भाग्थ्यो । उनी पुरानो अन्याय र असमानता नभएको गणतन्त्र ल्याउन चाहन्थे वा उनी सद्गुणले फ्रान्सलाई स्वर्गमा बदल्न चाहन्थे । यस हिसाबले उनी एक आदर्शवादी थिए ।
विदेशी आक्रमण र राजदरबारमा जनताको जुलुस
विदेशमा भागेका सामन्त र कुलीन वर्गका प्रतिक्रियावादीहरूले फ्रान्समा सैनिक हमला गराई प्रजातान्त्रिक क्रान्तिलाई दबाउन दिन विदेशी शक्तिहरूसँग एक षड्यन्त्र रच्दै थिए । धर्माधिकारीहरू पनि क्रान्तिको विरोधमा लाग्दै थिए । यसकारण विधानसभाले धर्माधिकारीहरूको निम्ति एक ऐन पारित ग¥यो । त्यस ऐनलाई नमान्ने धर्माधिकारीहरूको निवृत्तिभरण रोक्ने, पदच्युत गर्ने र शङ्काको दृष्टिले हेर्ने त्यस विधेयकमा थियो ।
दोस्रो विधेयकमा विदेशमा भागी देशकै विरोधमा षड्यन्त्र गर्ने नागरिकहरू एक निश्चित मितिमा फर्किसक्नुपर्ने, ती भगुवाहरू समयभित्र नफर्केमा तिनीहरूको सम्पत्ति जफत गर्ने तथा मृत्युदण्ड दिने बन्दोबस्त गरिएको थियो । राजाले ती दुवै विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरे ।
राजाले ती विधेयकमा हस्ताक्षर नगरेपछि विधानसभाले राजधानीको रक्षाको निम्ति २० हजार स्वयम्सेवकहरू एक ब्यारेकमा राख्ने प्रस्ताव पारित ग¥यो । राजाले त्यस प्रस्तावलाई पनि विशेषाधिकार प्रयोग गरे ।
यता राजाले विधानसभाले पारित गरेको विधेयकमा हस्ताक्षर नगर्नु अर्कोतिर प्रजातन्त्रको विरोधमा रानीका भाइ अष्ट्रियाली दरबारले फ्रान्समा हमला गर्ने सैनिक तयारीहरू गरिरहनुको कारण जनतामा राजा र रानीप्रति विदेशीसँग मिलेको र ‘राजद्रोही’, ‘अष्ट्रियाली आइमाई’ वा ‘श्रीमती विशेषाधिकार’ को नामले बदनाम हुँदै थियो ।
अष्ट्रियाबाट फ्रान्समा हमला हुने हल्लाले जनता उत्तेजित भए र पेरिसका जनताको एक विशाल समूह तुइलरी दरबारतिर पुग्यो । दरबारभित्र जनताले ढुङ्गा–मुढा गरे, जनता झन्झन् उत्तेजित हुँदै गए । त्यसबेला जनताको रिसलाई शान्त पार्न राजाले प्रजातन्त्रवादीहरूको टोपी र फ्रान्सको झन्डा छातीमा राखेर बरन्डाबाट जनतालाई दर्शन दिए । राजाको त्यस व्यवहारले जनताले राजा प्रजातन्त्रप्रति झुकेको गलत अनुमान गरे तथा जनताको आक्रोश चिसो हुँदै गयो ।
पेरिसको राजदरबारमाथि जनताको हमला समाचारबाट युरोपका सारा राजा–महाराजाहरू डर र रिसले काप्न थाले । आ–आफ्नो पनि त्यही गति हुने डरले प्रसियाका राजा फ्रेडरिकले फ्रान्सको विरूद्ध हमला गर्न अष्ट्रियालाई सहयोग गर्ने घोषणा गरे । प्रसियाको राम्रा तालिम प्राप्त सेनालाई ब्रन्सिकको राजकुमारको नेतृत्वमा फ्रान्समा हमला गर्न पठाए ।
अष्ट्रिया र प्रसियाली सेनाले फ्रान्समा हमला गर्दा छेक्न र रोक्न खोज्नेहरूलाई ज्यान सजाय दिने तथा कठोरतापूर्वक दबाउने धम्की दिए । राजा र रानीलाई नराम्रो भयो र तुलइरी दरबारमा हात हाल्यो भने पेरिसलाई ध्वस्त पारिदिने घोषणा ती दुवै सेनाले गरे ।
राजा विधानसभामा शरण
२० जून १७९२ को दिन जनताले राजदरबारमा आक्रमण गरे । त्यसकारण द्दछ जुलाई १९७२ को दिन फ्रान्सेली राजाको पक्षमा अष्ट्रियाले युद्धको घोषणा ग¥यो, पेरिसवासी र फ्रान्सेली जनता देशभर सक्रिय भएर युद्धको विरोधमा सङ्गठित हुन लागे । सारा जनता प्रजातन्त्र र क्रान्तिको पक्षमा उर्लिए ।
क्रान्ति खतरामा पुग्दा माराट सा¥है सक्रिय भए । पेरिसका विभिन्न जिल्लाहरूमा स्थानीय सरकारी संस्थाहरूमा गएर काम गर्न थाले । त्यसलाई ‘सेक्सन’ भन्ने चलन थियो । ती संस्थाहरू राजनीतिक सङ्घर्षमा सक्रिय भए । ती संस्थाहरूले राजनीतिक सङ्घर्षमा सक्रिय भाग लिए । सुरूमा यस्ता कति संस्थाहरूले धनी मानिसहरू र भर्ना हुन चाहने सबैलाई सङ्गठनमा भर्ना लिए । तर अगष्ट १७९२ को अप्ठ्याराका दिनहरूमा सेक्सनहरूले विधानसभालाई अविश्वास गरे । तिनीहरूले आफूलाई स्थायी सभा घोषणा गरे । केन्द्रीय समिति छाने । आन्दोलनलाई नेतृत्व गर्न त्यस समितिलाई क्रान्तिकारी पेरिस कम्युन भनियो । पेरिस कम्युन नगरको स्वायत्त शासनको अङ्ग थियो । बजार भाउ बढ्दै गयो र खाद्यान्न पूर्ति घट्न थाल्यो । त्यस अवस्थाले जनताको असन्तोषको आगोमा घ्यू थप्यो । जनता उठ्न थाले । लडाइँको मोर्चामा भएको हार र दरबारको बेइमानीले देशमा असन्तोष झन् बढ्दै गयो । दरबारले बेइमानी गरेको कुरा झन्झन् प्रस्ट हुँदै गएको थियो ।
९ अगष्ट १७९२ को रातमा अचानक घण्टा बज्यो । पहिलो घण्टी माराटले बजाउन दिएका थिए । सशस्त्र जनता र नागरिकहरू कम्युनको भवनमा ओइरिन थाले ।
१० अगष्टको दिन दलका दल नागरिकहरू बन्दुक, पिस्तोल र भाला लिएर तयार भए । प्रान्त प्रान्तबाट आएका स्वयंसेवकहरूले क्रान्तिकारी पेरिस कम्युनको नेतृत्व गर्न थाले । तिनीहरूले
राजदरबारमा धावा बोले
यस्तो हमला हुन्छ भनेर पहिले नै राजा सतर्क थिए । यसकारण दरबारभित्र पैसामा बिकेका स्वीस् पल्टन तैनाथ थियो । त्यससँग राजाका विश्वासपात्र खान्दानी र रजौटाहरूको सेनापति राखिएको थियो । केही तोप हान्ने दलहरू पनि थिए । पहिलो हमला असफल भयो । दरबारको चोकमा ६०० देखि १००० जनता हताहत भए । प्रजातन्त्रवादीहरू लास र घाइतेहरू छोडेर पछि हटे । तेस्रो हमलामा दरबार कब्जा गरियो । तर, राजा भने बेपत्ता भइसकेको थियो । उनी त विधानसभाको भवनमा शरण लिन भागिसकेका थिए । क्रान्तिकारी जनताको डरले विधानसभाले राजाको अधिकार लियो । विधानसभाले उनलाई पेरिसका दरबारहरूमध्ये एक ठाउँमा बस्न दिने कुरो पारित ग¥यो । अनि पेरिस कम्युनले आफ्नो शक्ति उपभोग ग¥यो । लुई १६ औँ लाई गिरफ्तार गर्नुपर्छ भनेर माग भयो । तीन दिनपछि राजा–रानीलाई विधानसभाले टैम्पल भन्ने एक अँध्यारो बन्दीगृहमा राख्यो ।
फ्रान्सेली क्रान्ति नयाँ चरणमा
१४ जुलाई १७८९ देखि अगष्ट १७९२ को बीचको अवधिमा १० अगष्टको विद्रोहको फ्रान्सेली क्रान्तिको पहिलो चरण टुङ्ग्यायो । त्यस क्रान्तिले देशको सत्ता ठुलाठुला पुँजीपति वर्ग र राजा–रजौताहरूको प्रगतिशील तत्वको हातमा केन्द्रित भयो । सन् १७८९ को क्रान्तिले निरङ्कुश राजतन्त्र संवैधानिक राजतन्त्रमा फेरियो भने विदेशी शक्तिहरूको हस्तक्षेप र आक्रमणले राजदरबारमाथि जनताको विश्वास घट्दै गयो ।
क्रान्ति अगाडि बढ्यो । क्रान्तिमा भाग लिने जनता बढ्दै गए र क्रान्तिकारी धारााई झन् झन् प्रभाव पार्दै गयो । सुरूमा विधानसभामा संवैधानिक राजतन्त्रवादी वा नरम गणतन्त्रवादीहरूको प्रभाव थियो । अर्थात, जिरोन्डीहरूको ठाउँमा जाकोविनहरूको समर्थनमा जनता उर्लन लागे ।
१० अगष्टले राजाको शक्ति समाप्त भएको मात्रै देखाउँदैनथ्यो । त्यसले ठुलठुला पुँजीपति वर्गको प्रभुत्व पनि समाप्त भएको देखाउँथ्यो । विद्रोहबाट फाइदा उठाएर, व्यापारी र औद्योगिक जिरोन्डी पुँजीपति वर्ग शक्तिमा पुग्यो ।
Leave a Reply