भर्खरै :

एफबीआईका पूर्व दोभाषेद्वारा सिनच्याङलाई गन्जागोल बनाउने योजनाको खुलासा

पेइचिङ, १५ अप्रिल (सीआरआई) । हालै संरा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन
(एफबीआई) का पूर्व दोभाषेको एक भिडियो चुहिएको छ । सो भिडियोमा एफबीआईका पूर्व दोभाषे सीबेल एइमन्डले सन् २०१५ मा सिन्च्याङसम्बन्धी एक अन्तर्वार्तामा यसरी भनेकी छिन् – सिनच्याङको अल्पसङ्ख्यक जातिहरूसँग आफ्नो जग्गा जमीन छैन र चीनले नरसंहार गरिरहेको कुरा हामीले भनिरहेका छौँ । हामीले त्यहाँँ सैनिक अखडा खडा गर्नुपर्छ । तर हामीलाई त्यहाँका सर्वसाधारणको वास्ता छैन । किनकि जनता हाम्रो हितको परिधिमा पर्दैन उनीहरूको प्रयोग गरेर हाम्रो लक्ष्यलाई पूरा गर्नुलाई मात्रै ख्याल गर्दछौँ ।
सो भिडियो अन्तर्वार्तामा भनेको कुराबारे चीनको विचारबारे अप्रिल १४ तारिख चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा प्रवक्ता चाउ लीच्यानले भन्नुभएको छः यो त ती अमेरिकीहरूले चुहावट गरेको हो र उनीहरूको मनमा वास्तविक विचार के हो भन्ने कुरा थाहै हुँदैन । तर, यो भिडियो अमेरिकाले चीनविरोधी शक्तिको प्रयोग गरेर सिन्च्याङसम्बन्धी झूटो कुरा सिर्जना गरेको र सिन्च्याङलाई गन्जागोल पार्ने योजनाको प्रमाण नै हो ।
साथै परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउले २ वटा फोटो पनि देखाउनुभएको छः एउटा सन् २०२० को डिसेम्बर १० तारिख अमेरिकी राष्ट्रिय प्रजातान्त्रिक कोष (नेद) ले आफ्नो ट्विटरमा सार्वजनिक गरेको फोटो हो जसमा सन् २००४ देखि सिन्च्याङमा रहेका पृथकतावादी शक्तिको लागि ठूलो रकम समर्थन दिइरहेको उल्लेख गरिएको छ र फोटोमा पूर्वी इस्लामिक आन्दोलनको झन्डा पनि छ । अर्को फोटोमा नेदले आफ्नो वेबसाइटमा आफूले पूर्वी तुर्कीस्तानको विश्व युगुर भाषा सम्मेलनलाई आर्थिक सहयोग दिएको देखाइन्छ ।
प्रवक्ता चाउले अगाडि भन्नुभएको छः ती प्रमाणहरू अमेरिकाले प्रणालीबद्धरूपमा सिन्च्याङको प्रयोग गरेर चीनलाई नियन्त्रण गर्न खोजेको केही कुचेष्टामात्र हो । हाम्रो विश्वास छ – सिन्च्याङसम्बन्धी अमेरिकाले सिर्जना गरेका सबै झूटा आरोपहरू र निराधार हल्लाहरू अन्त्यमा वास्तविकता र सत्यबाट झूटा साबित गर्नेछन् । सिन्च्याङको शान्ति र स्थिरतालाई अन्त गर्नेलगायत चीनको विकासमा बाधा पु¥याउने जुनसुकै किसिमको चेष्टा पनि विफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *