भर्खरै :

अरू मुलुकमाथि हस्तक्षेप गर्ने अमेरिकी समस्याको समाधान हुन आवश्यक

अमेरिका र इरानले सन् २०१५ मा हस्ताक्षरित इरान आणविक सम्झौता पुनःसुरू गर्न १५ तारिखमा अस्ट्रियाको भियनामा अप्रत्यक्ष वार्ता थालेका छन् । इरानका शीर्ष नेता खामेनीले स्पष्टरूपमा भन्नुभयो, “इरान आणविक सम्झौता पुनःसुरू गर्नुअघि अमेरिकाले इरानलाई लगाएको प्रतिबन्ध खुलाउनुपर्छ ।”
इरान अमेरिकी हस्तक्षेपले शिकार भएका देश मध्येको एक हो । हाभर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ नाइले लेखमार्फत दोस्रो विश्व युद्धपछिका ७० वर्षभन्दा लामो समयमा अमेरिकाले अरू देशमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्नुभयो । सैन्य आक्रमण, प्रतिबन्ध, दङ्गा उत्तेजना गरेबाट आफ्नै प्रभुत्ववादको संरक्षण गर्न अमेरिकाले हस्तक्षेप चलाइरहेको प्राध्यापक जोसेफ नाइले बताउनुभयो ।
अमेरिकाले अफगानिस्तान, इराक, लिबिया, सिरियालगायत मुलुकमा युद्ध मच्चायो, एसिया तथा अफ्रिकामा तथाकथित अरब वसन्त गतिविधि तयार ग¥यो, युरोप तथा एसियामा रङ्ग क्रान्तिको निर्देशन ग¥यो, इरान, क्युवा, भेनेजुयला, चीनलगायत मुलुकमा हस्तक्षेप ग¥यो । अमेरिकाका ती गतिविधिले विश्वमा दङ्गा मच्चाएको छ ।
वास्तवमा अरूमाथि हस्तक्षेप गरेबाट अमेरिका आफूलाई प्रभावशाली भएको ठान्दछ । केही वर्षयता अमेरिकाले ल्याटिन अमेरिकाको आन्तरिक मामिलामा हस्तक्षेप गरेबाट अमेरिकामा मध्य अमेरिकी अध्यागमन समस्याहरू देखिए । युरोप र अमेरिकामा देखिएका आतङ्कवादी गतिविधिहरू नै अमेरिकाको हस्तक्षेपसँग प्रत्यक्षरूपमा सम्बन्धित छन् ।
अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु नै संयुक्त राष्ट्र सङ्घीय बडापत्रको आधारभूत नियम हो । यो अन्तर्राष्ट्रिय स्वयंसिद्ध सत्य पनि हो । अमेरिकाको मूल्य अन्तर्राष्ट्रिय मूल्य पनि होइन, अमेरिकाले तोकेको नियम अन्तर्राष्ट्रिय नियम पनि होइन । अरू मुलुकमाथि हस्तक्षेप गर्ने अमेरिकाको बानीमा सुधार हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *