भर्खरै :

पानी नपर्दा किसान समस्यामा

  • बैशाख ५, २०७८
  • आर. के. श्रेष्ठ
  • समाचार

चितवन, ४ वैशाख । यतिबेला किसानी खेतबारीमा व्यस्त हुने समय हो । तर, चितवन जिल्लाका पहाडी भेगका किसान समयमै पानी नपर्दा फुर्सदिलो बनेका छन् । आकाशे पानीमा भरपर्ने अधिकांश किसान आकाशतर्फ हेर्दै पानी पर्लाकी भन्दै चित्त बुझाएर बस्नुको कुनै विकल्प छैन । यो वर्ष हिउँद याम सुरु हुँदादेखि पानी पर्न सकेन । अहिलेसम्म पानी पर्न नसक्दा किसानी अलमलमा परेका छन् । चितवनमा सिँचाइको सुविधा भएको ठाउँमा चार बालीसम्म उत्पादन गर्न सक्छन् । आकाशे पानीमा भरपर्नेहरूले तीन बालीसम्म उत्पादन गर्न सक्दछ । चैतमा मकै, असारमा धान र मंसिरमा गहुँ, मास, तोरी, मुसुरो दाल इत्यादि हिउँदे बालीको रूपमा लगाउँछन् ।
त्यस्तै, इच्छाकामना गाउँपालिका–७ स्थित भालुमारामा किसानले मकै छर्नको लागि खेतबारी तयार गरेको देख्न सकिन्छ । मकै गोडमेल गर्ने बेलामा मकै छर्नसम्म नपाउँदा किसानहरू चिन्तित हुन थालेका छन् ।
गाउँका किसानी देउमाया मगर भन्नुहुन्छ, “पोहोर मकै फलाउनेले त खालान् । यो वर्ष आस गर्नेहरूलाई गाह्रो हुने भयो । आजभोलि नै पानी परे मकै छर्न पाइएला नत्र रोपाइँको लागि तयार गरे हुन्छ । पानी नपर्नाले वन पाखा सुख्खा छ, घरबारी पनि सुख्खा बनेको उहाँको भनाइ छ । काम गरेर खान काम पनि पाइँदैन । पोहोरको अन्नबाली सकेपछि के खाएर बाँच्ने देउमायाको चिन्ता छ । आफ्नो भएको जग्गा जमिनमा समयमै खेतीकिसानी गर्न पाएमात्र देउमायाको परिवारको गुजारा चल्छ । यो पालि भने बजारबाट रासन पानी किनेर खानु परेमा आर्थिक समस्या थपिने उहालाई चिन्ता छ ।
वनजङ्गल डढेलो लागेर उराठलाग्दो छ । पानी नपर्दा नयाँ बिरुवा उम्रन सकेको छैन भने बोटमा पालुवा पलाउन पाएको छैन । गाईवस्तुलाई घाँस स्याउला पु¥याउन नै मुस्किल परेको छ । कहीँकतै छिटपुट पानी परे पनि बीउ छर्न पुग्ने गरी पानी नपर्दा जिल्लाका अधिकांश किसान पीडित छन् । बेलैमा बीउ छर्न नपाउँदा भोलिको दिनमा भोकै बस्नुपर्ने हो कि भन्ने कुराले गरिब किसानलाई सताउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *