जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन
- आश्विन २, २०८३
भक्तपुर, १३ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित नेपाली आर्किटेक्टहरूको समाज (सोना)का अध्यक्ष आ.प्रा. सुमननन्दन वैद्यको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मङ्गलबार नगरपालिका कार्यकक्षमा भेट ग¥यो ।
भेटमा नगर प्रमुख प्रजापतिले भूकम्पले भत्केका संरचनाहरू निर्माण गर्न वास्तुकलाविदहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले भक्तपुरमा रहेका पाँचतले मन्दिर, ५५ झ्याले दरबारलगायतका सम्पदाहरू वस्तुकलाका अनुपम उदाहरणहरू भएको बताउँदै पुर्खाले सिर्जेका ती सम्पदाहरूको संरक्षण गनुका साथै नयाँ–नयाँ संरचनाहरू निर्माणमा पनि वास्तुकलाविद्हरूले आ–आफ्ना ज्ञान र सीपको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सोनाका अध्यक्ष आ.प्रा.सुमननन्दन वैद्यले भक्तपुर नमुना नगर होस् भन्ने आफूहरूले पनि चाहेको बताउँदै वास्तुकलाविद्हरूले नगरपालिकामा काम गर्न लाइसेन्स दर्ता गर्नुपर्ने प्रावधानले सबै बास्तुकलाविद्हरूलाई समस्या परिरहेको बताउँदै दोहोरो दर्ताको प्रावधान हटाउन माग गर्नुभयो । उहाँले हाल सोनामा १०३५ सदस्य रहेको पनि जानकारी दिनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, सोनाका उपाध्यक्ष अन्जु मल्ल प्रधान, सचिव सुदिप पौड्याल, सदस्यहरू सुयोग कायष्ठ, राकेश महर्जन र चन्द्र प्रजापतिको उपस्थिति थियो ।
Leave a Reply