भर्खरै :

दोस्रो चरणको निर्वाचनको सेरोफेरोमा

स्थानीय तहको निर्वाचनको दोस्रो चरणको प्रचार–प्रसारका गतिविधि ११ असार आइतबारको रातदेखि बन्द भयो । पत्र–पत्रिकाले लेख्यो – ‘मध्य रातबाट मौन अवधि, ३५ जिल्लामा अनुगमन गर्न संयन्त्र’ (नेपाल समाचारपत्र– १२ असार २०७४)
सरकारले निर्वाचन भयरहित हुन्छ भनी सुनिश्चित गर्न सकेन होला, यसकारण निर्वाचन आयोगले भन्यो –‘निर्वाचन भयरहित होस् ।’ (ऐ.ऐ.)
तर नवलपरासीमा चुनावी ¥याली लक्षित बम विस्फोट गराइएको थियो जसमा १२ घाइते भयो र ५ जनाको अवस्था गम्भीर बताइयो ।
जनतन्त्र र गणतन्त्रले १० वर्ष नाघ्यो, तर जनताको राजनैतिक चेतनाको स्तर समाचारको एक शीर्षकले बताउँछ– ‘जहाँ साहुले नै हाल्दिन्छन् भोट ! ’ यो बाजुराको समाचार हो ।

देश र जनतालाई चिप्लेकिराको चालमा देशलाई नेतृत्व गर्ने संकेत देखा पर्दैछ । जहाँसम्म ‘माओवादी केन्द्र’ को राजनैतिक र सैद्धान्तिक आधार र प्रश्न छ – यसबारे सबै जनताले थाहा पाए जसरी हिजो एमाले सैद्धान्तिक रुपले ‘भाइ कांग्रेस देखिएको थियो, त्यस्तै आज ‘माओवादी केन्द्र’ नेकाको चारताराको प्रकाशमै छामछाम छुमछुम गर्दै अगाडि बढ्दैछ । आफैले उज्यालो नदेख्ने प्राणीले देश र जनतालाई बाटो देखाउनु दीवास्वप्नबाहेक केही हुनेछैन ।

काठमाडौं उपत्यकामा महानगर र उपमहानगरपालिकाका मेयर, उपमेयर जनप्रतिनिधिहरूले ‘स्मार्ट सिटी’, ‘स्याटलाइट सिटी’, ‘मेट्रो सिटी’ र ‘ओभरहेड सिटी’ आदि भनेर अंग्रजी नबुझ्ने र अर्थ नबुझ्ने जनता अलमलमा परेको बेला बिराटनगर वा कान्छो महानगरपालिकाले व्यवहारिक र फरक प्राथमिकता अगाडि सा¥यो – सडक, ढल र खानेपानी, व्यवस्थित बसोबास, रुग्ण उद्योगहरू पुनः सञ्चालन, बालउद्यान, पर्यटकीय क्षेत्र, रिङरोड निर्माण, अन्तर्राष्ट्रिय रङ्गशाला, क्षेत्रीय विमानस्थल र विशेष आर्थिक क्षेत्र ।
तलका केही विषय नगरपालिकाहरूले मात्र गर्न नसकिने र सरकारले नै अगुवाई गर्नुपरेको हुँदा स्थानीय जनताको इच्छा, आकांक्षा र आवश्यकतालाई सरकारले ध्यान दिनु जरुरी हुन्छ ।
स्थानीय स्तरको निर्वाचनमा दोस्रो चरणको अवस्थामा पुग्दा आफू तीन–तीनपटक प्रधानमन्त्री हुँदा स्थानीय निर्वाचनको पक्षमा नभएका प्रम शेरबहादुर देउवा डडेलधुरा पुगेर बोले –‘स्थानीय चुनाब अपरिहार्य !’ (अन्नपूर्ण– १२ असार २०७४) ‘लाटाको पाइला बाटोमा पर्नु’ खराब होइन – प्रगति, सुधार र प्रायश्चित भनेमा फरक नपर्ला !
बुटवलको निर्वाचनको सभामा शासक दलहरूको जुहारीले राजनैतिक र सैद्धान्तिक स्तरलाई उजागर गर्छ । नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने –‘एमाले अधिनायकवादी बाटोमा हिंडिरहेको छ, म उसलाई लोकतान्त्रिक बाटोमा आएर सच्चिन आग्रह गर्छु ।’
यस राजनैतिक जुहारीमा पौडेलजीले अधिनायकवादी बाटोमा के कसरी जाँदैछ भन्ने सैद्धान्तिक र राजनैतिक आधार र व्याख्या प्रस्ट पारेनन् भने ओलीजीले भौतिक बल वा शक्तिको हाँक दिए, सैद्धान्तिक र राजनैतिक होइन ।
यसबाट थाहा हुन्छ – देशका दुई शासक दलहरू सैद्धान्तिक र राजनैतिक दर्शनको आधारमा देशको नेतृत्व हाँक्नुभन्दा बल र टालटुले कुराले देश र जनतालाई चिप्लेकिराको चालमा देशलाई नेतृत्व गर्ने संकेत देखा पर्दैछ । जहाँसम्म ‘माओवादी केन्द्र’ को राजनैतिक र सैद्धान्तिक आधार र प्रश्न छ – यसबारे सबै जनताले थाहा पाए जसरी हिजो एमाले सैद्धान्तिक रुपले ‘भाइ कांग्रेस देखिएको थियो, त्यस्तै आज ‘माओवादी केन्द्र’ नेकाको चारताराको प्रकाशमै छामछाम छुमछुम गर्दै अगाडि बढ्दैछ । आफैले उज्यालो नदेख्ने प्राणीले देश र जनतालाई बाटो देखाउनु दीवास्वप्नबाहेक केही हुनेछैन ।
श्रमिक साप्ताहिक १३ असारको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *