भर्खरै :

पूर्व प्रम, प्रतिस्पर्धी मन्त्री तथा मन्त्रीहरूलाई खुलापत्र

प्रिय पूर्वप्रधानमन्त्री, प्रतिस्पर्धी प्रम, मन्त्री तथा माननीयज्यूहरू,
केही वर्षदेखि गाउँ, नगर, जिल्ला, विश्वविद्यालय र राजधानीका युवा–विद्यार्थीले मन्त्रीहरूको नाम सुन्दै आएका छन् र जनताले धेरै आशा पनि गर्दै आएका हुन् । बेला मौकामा अनेक भेटघाट, चिया पसल, बस, भोजभतेर र बसहरूमा जनताले मन्त्रीहरुबाट केही काम हुने आशा व्यक्त गर्दै आएको पाइन्छ । एमाले, माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, अनेक नामका मधेसवादी दल र अन्य राजनैतिक दलहरूको भाइ–झगडाबारे समाचारका पृष्ठहरू भरिएको हेर्ने पाठकहरूको ध्यान आजभोलि ती सिद्धान्तहीन र जेलिएको झगडामा नगई जनताकै समस्यामा गएको देख्दा एकछिन सबै पाठकहरू गम्भीर हुनुपर्ने देखिन्छ । अर्कोेतिर देशलाई सफल राजनैतिक शासनमा ढालेर जनतालाई सुख र समृद्धि प्रदान गर्नेबारे चिन्ता लिनुहुने माननीयहरूको ध्यान आकर्षित गर्न समाचारपत्रका केही शीर्षकहरूमात्रै यहाँ उल्लेख गर्न चाहन्छौँ ।
लामा समाचारहरू हेर्ने, पढ्ने र सुन्ने समय सांसदसँग हुँदैन भन्ने हामीले अनुभव गर्दै आएका छौँ । किनभने, तपाईँको ध्यान अचेल केन्द्रीय र प्रदेश संसद्को विश्वासको झमेला, अनुशासन र फ्लो क्रसिङ्ग अर्थात् दल परिवर्तन, ‘आया राम गया राम’, पदकै निम्ति राजनीति गर्ने र कहिल्यै कार्यान्वयनमा नआउने सपना र आश्वासन दिने बानी परेको हुँदा ध्यान र चिन्ता जनताको भन्दा आफ्नै स्वार्थमा फसिसकेको जनतालाई अवगत भइसकेकै छ । समाचार शीर्षकहरू निम्न छन् –
१) ‘वीरगञ्जमा सङ्क्रमण दर उच्च’– अन्नपूर्ण पोष्ट, ४ वैशाख २०७८
२) जहाँ जोखिम, त्यही खेलाँची– ऐऐ
३) भरिए आइसोलेसन – ऐऐ
४) धनकुटा, ‘असिनाले तरकारी नष्ट’ – ऐऐ
५) कोरोनाबाट ‘सातामै ५ को निधन – ऐऐ
६) ‘दलितमाथि अझै छोइछिटो’– सुर्खेत – अन्नपूर्ण, ४ वैशाख २०७८
७) ‘२४ घण्टामा ९०० सङ्क्रमित देखिए, ८१ बालबालिका’– नयाँ पत्रिका, ४ वैशाख २०७८
८) नेपालगञ्जमा सङ्क्रमण नियन्त्रणबाहिर, बाँकेमा एकैदिन थपिए २ सय सङ्क्रमित – नयाँ पत्रिका–४ वैशाख २०७८
९) विद्यालय सञ्चालनमा द्विविधा – ऐऐ,
१० उमेर समूहहरूसम्मका ६ हजार – ऐऐ,
४ सय ९४ मा कोरोना सङ्क्रमण – ऐऐ
१०) राजस्व छलीमा भन्सार प्रतिनिधि नै – ऐऐ
११) ‘स्वास्थ्य मापदण्ड लत्याउँदै जोखिममा शिक्षालय– नागरिक, ३ वैशाख २०७८
१२) वायु प्रदूषण छपक्कै भएपछि दिउँसै अँध्यारो – ऐऐ
१३) डढेलोले नासियो जडीबुटी– कैलाली– ऐऐ
१४) सुर्खेत– घर जल्दा बारीको बास– ऐऐ
१५) प्राधिकरणलाई भारतबाट बिजुली किन्न स्वीकृति– ऐऐ
१६) नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि – नेपाल समाचारपत्र– ३ वैशाख २०७८
१७) वीरगञ्ज फेरि हटस्पट बन्ने खतरामा – ऐऐ
१८) सम्पादकीय ः ‘डढेलो लगाउनेलाई दण्ड’ – अन्नपूर्ण पोष्ट– ३ वैशाख २०७८
१९) १४ जिल्ला कोरोना, अति प्रभावित सूचीमा’– राजधानी, ३ वैशाख २०७८
२०) नेपालको बाटो भारतीय– राजधानी, ३ वैशाख २०७८
२१) भेरी अस्पतालमा कोरोना सङ्क्रमित भरियो,
नयाँ बिरामी भर्ना गर्न समस्या,
कोरोना भाइरस पुष्टि – राजधानी– ३ वैशाख २०७८
२२) नेपालगञ्जमा कोरोना सङ्क्रमण तीव्र – नागरिक, २ वैशाख २०७८
शासन व्यवस्थामा नेतृत्व गर्न आकाङ्क्षा राख्ने माननीयहरूले माथिका विषय र समाचारहरूमा ध्यान केन्द्रित गरी किन आफ्ना गतिविधिहरू गरेर देश र जनताको सेवामा सक्रिय भई काम गर्दैनन् ? समाजमा परिवर्तन के सरकारमा गएर वा सरकारमै नेतृत्व गर्दा हुने हो ? त्यसो हो भने हिजो प्रधानमन्त्री, मन्त्री र शासनमा पुगेका आफ्ना सरकारहरूले के गरेर देखाए ? यसको उत्तर तीतो होला, होइन ? आशा गरौँ, सबै सरकारका आकाङ्क्षीहरू होसमा आऊन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *