इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, ५ वैशाख । विश्वभर हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्व सम्पदा दिवस मनाइँदै आएको छ । सोही अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा विश्व सम्पदा दिवसको अवसर पारेर आइतबार कलेजको सभाहलमा शिक्षक र विद्यार्थीहरूबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा दिवसको अवसरलाई सम्पदा संरक्षणका नारामा मात्र सीमित नगरी संरक्षणको भावना, कानुन निर्माण र प्रभावकारी कार्यान्वयनबाट मात्र वास्तविक लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।
भक्तपुर नपाले २०७२ सालको भूकम्पले क्षति पु¥याएको भक्तपुरका महत्वपूर्ण सांस्कृतिक सम्पदा पुनःनिर्माण र जीर्णोद्धारलाई प्राथमिकता राख्दै अगाडि बढेको र भक्तपुर नपाभित्रका १०८ वटाभन्दा बढी सम्पदाहरूको संरक्षण सम्पन्न भइसकेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “देशको मौलिक सम्पदाहरू हाम्रो सम्पत्ति भएको हुँदा यसको संरक्षणमा हामी स्वयम् क्रियाशील हुनुपर्छ ।”
“भक्तपुर नपाले यहाँका ऐतिहासिक नाच, सम्पदा, वस्तुलगायत संरक्षण गर्न प्रयासरत रहेको बताउँदै भक्तपुर नपाले नेपालको कुनै पनि ठाउँको पुराना तथा ऐतिहासिक सम्पदा निर्माण गर्न आवश्यक जनशक्ति पठाउने क्षमता विकास गरेका छौँ” उहाँले भन्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सम्पदा संरक्षण गर्न र भक्तपुर नपालाई ज्ञानविज्ञानको केन्द्र बनाउन भक्तपुर नपाले कलेजहरू स्थापना गरेको उल्लेख गर्दै देशको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका ठाउँहरूबारे थप अध्ययन र अनुसन्धानको खाँचो रहेको औँल्याउनुभयो । उहाँले सम्पदा संरक्षणमा स्थानीय समुदायलाई सचेत र सङ्गठित बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले ख्वप इन्जिनियरिङ कलेजले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सम्पदा संरक्षण गर्न वैज्ञानिक ढङ्गले शिक्षा दिएका कारण नयाँ पुस्ताका विद्यार्थीहरूमा सम्पदाप्रतिको अपनत्व बढेको छ भन्नुुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले उपत्यकाका पुरानो सम्पदा बस्तीहरूमा विकासको नाममा विनासको स्थिति निम्तिएकोमा चिन्ता व्यक्त गर्दै भक्तपुर नपाले सम्पदा संरक्षण व्यवस्थित र वैज्ञानिक ढङ्गले अगाडि बढाइरहेकै कारण यहाँका सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको जगेर्ना सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा कलेजका पद्मसुन्दर महर्जन, प्रमिला शिल्पकार, ईरा श्रेष्ठ, रविता शिल्पकार र आर्किटेक्चर विद्यार्थीको तर्फबाट सोना तजलेले विभिन्न विषयमा सम्पदा संरक्षणबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
नगर प्रमुख प्रजापतिले प्रस्तुतकर्ताहरूलाई कलेजको तर्फबाट प्रशंसापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षिका लिवास फैजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply