ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न ट्रम्पलाई लुलाको आग्रह
- आश्विन १, २०८३
चीनले आफ्नो दाबी गर्दै आएको सिक्किम र तिब्बतको बीचमा पर्ने चीन–भारत सीमावर्ती भूमिमा भारतीय सुरक्षाकर्मी पसेको भन्दै चीनले आपत्ति जनाएको छ ।
चिनियाँ अधिकारीहरुले भारतीय सीमा सुरक्षाकर्मीहरुबाट ‘सामान्य अवस्था’ बिथोल्ने प्रयास भएको र सो क्षेत्रबाट भारतीय पक्षलाई तत्काल फिर्ता हुन आग्रह गरेका छन् । चीनले आफ्नो दाबी गर्दैै आएको भूमिमा भारतले बाटो समेत खन्न थालेको भन्दै चिनियाँ पक्षले आक्रोशपूर्ण अभिव्यक्ति दिएको हो ।
चिनियाँ पक्षले ‘शान्तिमाथि खतरा’ को रुपमा लिएको जनाएको छ ।
नथु ला नामले चर्चित सो क्षेत्रमा हालसालै मात्र भारतले पनि चिनियाँ पक्षबाट अतिक्रमण भएको आरोप लगाएको समाचार स्रोतले बताएको छ । सो ठाउँमा चीन र भारतबीच सन् १९६७ मा भएको युद्धमा पनि भीडन्त भएको थियो । त्यसयता पनि त्यहाँ पटक–पटक दोहोरो भीडन्त हुने गरेको थियो ।
अहिले भएको दुई पक्षबीचको द्वन्द्व पछिल्लो समयको सबभन्दा ठूलो द्वन्द्व भएको विश्लेषकहरुको भनाई छ ।
रोयटर्स समाचार स्रोतका अनुसार पछिल्लो घटनाक्रमलाई चिनियाँ पक्षले ‘शान्तिमाथि खतरा’ को रुपमा लिएको जनाएको छ ।
चिनियाँ पक्षको भनाईप्रति भारत सरकारले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
धार्मिक तीर्थान्टनको लागि चर्चित सो मार्गलाई चिनियाँ पक्षले बन्द गरेको बीबीसीले जनाएको छ ।
Leave a Reply