भर्खरै :

वैशाख २७ गतेभित्रै कतारी रियाल साट्न आग्रह

काठमाडौँ, ७ वैशाख । नेपाल राष्ट्र बैङ्कले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैङ्कले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।
कतारको केन्द्रीय बैङ्कले चलनचल्तीमा रहेका बैङ्क नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैङ्कको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *