भर्खरै :

करेन्ट लागेर सल्लाघारीमा एकको निधन

भक्तपुर, ७ वैशाख । करेन्ट लागेर भक्तपुरमा मङ्गलबार एक जना व्यक्तिको निधन भएको छ । महानगरीय प्रहरी परिसरबाट प्राप्त जानकारीअनुसार मङ्गलबार दिउँसो २ः४५ बजे भक्तपुर नपा वडा नं १ सल्लाघारीस्थित आकाशे पुलनजिक भरतलाल श्रेष्ठको ६ तले घरमा करेन्ट लागी सञ्जीव भारतीको निधन भएको हो ।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं २ कुन्चोक घर भई हाल भक्तपुरको जस्टिकेमा बस्दै आएका भारतीको उपचारको क्रममा डा.इवामुरा अस्पतालमा साँझ ४ बजे निधन भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा भरतलाल श्रेष्ठको ६ तला पक्की घरमा OHN Aero net Cable बिग्री मर्मत गर्नका लागि OHN Aero net Cable का अपरेटर संजीव भारती र जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर ठिमी बस्ने वर्ष ३२ को रोहित तामाङ केवल जोडिएको पोलमा चढेको र पक्की घरमाथिको रेलिङमा संजीव भारतीले केबुल लाइनको तार समाती चेक गर्दा करेन्ट लाग्न गई ६ तला माथिबाट भुइँमा खसी बज्रिन गई गम्भीर घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *