भर्खरै :

लेनिनका अन्तिम लेखहरू

भ्लादिमिर लेनिन सन् १९२२ को मे महिनामा पहिलो पटक स्क्लेरोसिस (तन्तुहरू कडा हुँदा सिङ्गै शरीरले लचकता गुमाउने स्नायुसम्बन्धी रोग) को बिरामी पर्नुभयो । ५२ वर्ष पुगेको महिना दिनपछि उहाँ त्यो रोगबाट सताइनुभयो । त्यसपछि पनि उहाँलाई तीन पटक पक्षघातले हमला ग¥यो पहिलो सन् १९२२ को डिसेम्बरमा । दोस्रो सन् १९२३ को मार्च १० र अन्तिम पटक सन् १९२४ को जनवरी २१ मा । अन्तिम पटकको हमलाले उहाँको प्राणपखेरु उड्यो ।
पहिलो पटकको हमलापछि लेनिन आंशिकरूपमा काममा फर्किन सक्नुभयो । दोस्रो हमला घातक खालको थियो । तेस्रो हमलाले त उहाँलाई बाँकी जीवनमा केही गर्न नसक्ने अवस्थामा पु¥यायो । उहाँले बोल्न सक्नुभएन । उहाँले शरीरको दायाँ भाग चलाउन सक्नुभएन । उहाँलाई विल–चियरमा राखेर लानुपर्ने भएको थियो । त्यसपछि उहाँले कहिल्यै कलम समात्न सक्नुभएन । पक्षघातको तेस्रो हमलादेखि उहाँको निधनसम्म लेनिनले न त कलम समातेर कागजमा लेख्न सक्नुभयो न त आफूले बोलेर आफ्ना सहयोगीलाई लेखाउन नै सक्नुभयो । त्यसकारण, सन् १९२३ को मार्च ४ पछि उहाँको कुनै पनि लेख प्रकाशित भएन । त्यो दिन ‘प्राभ्दा’ मा प्रकाशित उहाँको ‘थोरै भए पनि ठीक छ, तर राम्रो हुुनुपर्छ’ शीर्षकको लेख नै अन्तिम लेख बन्न पुग्यो ।
तर, सन् १९२२ को डिसेम्बर मसान्तदेखि सन् १९२३ मार्चको सुरुसम्म अर्थात् दोस्रो र तेस्रो पक्षघातको हमलासम्म लेनिनले सरकार सञ्चालन, पार्टी र आम संस्कृतिका महत्वपूर्ण पक्षबारे लेखहरू लेख्नुभयो । ती लेखहरू विभिन्न कारणले उल्लेखनीय छन् । पहिलो कारण, लेनिनका लेखहरूमध्ये सर्वाधिक छलफल र बहस भएका कतिपय लेखहरू त्यो अवधिमा लेखिएका थिए । ती लेखहरू व्यक्तिगत व्यग्रताको असामान्य भावनाबाट पनि अभिप्रेरित थिए । दोस्रो, त्यो अवधिका लेनिनका लेखकहरूमा लेखक निकै बिरामी रहेको धेरै सङ्केतहरू पाइन्छन् । लेखकले आफ्नो रोगी शरीरको कारण आफै लेख्न नसकेको अवस्थामा बोलेर कसैलाई लेख्न लगाएको सङ्केत लेखहरूमा भेटाउन सकिन्छ । त्यसरी बोल्न पनि लेनिनलाई सजिलो थिएन । धन्न त्यत्तिबेलासम्म उहाँले बोली गुमाउनुभएको थिएन ।
त्यत्तिबेलाका लेखहरू (जसमा त्यत्तिबेला चलिरहेको पार्टी महाधिवेशनलाई पठाउनुभएका टिप्पणी र चिट्ठीहरू पनि थिए) मा लेनिनले आफ्नै पार्टीको सरकारबारे आलोचनात्मक टिप्पणी गर्नुभएको थियो । आफ्नो सक्रिय जीवनका अन्तिम केही महिनामा लेनिनले जीवनको अन्य कालखण्डमा कहिल्यै नगर्नुभएको काम गर्नुभयो । त्यत्तिबेला गर्नुभएको कामले लेनिनलाई आधुनिक समयका झन्डै सबै राजनेताभन्दा फरक देखाएको छ । लेनिनलाई आफ्ना अन्तिम दिन नजिकिंदै गरेको थाहा थियो । त्यसकारण उहाँ आफूसँग रहेको अन्तिम थोपा शक्ति पनि आफूले चाहेको क्रान्तिको रक्षामा लगाउन प्रतिबद्ध हुनुहुन्थ्यो । त्यस हिसाबमा उहाँका सबै प्रयास उत्साहप्रद थिएन ।
तिनताक लेनिनको मनमा क्रान्ति सही दिशामा अघि बढ्न नसकेको भावना थियो । पहिलो पटक थला पर्नु केही समयअघि उहाँको मनमा यस्तो भावना थियो । सन् १९२२ को मार्च–अप्रिलमा भएको पार्टीको एघारौँ महाधिवेशनमा पार्टीको राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा उहाँले आफू पार्टीको चालकको स्थानमा भएर पनि आफूले जतिसुकै प्रयास गर्दा पनि आफूले लान चाहेको दिशामा पार्टीलाई लान नसकेको कुरा लेख्नुभएको थियो । सुरुमा यसलाई लेनिनको अनौपचारिक अभिव्यक्तिको रूपमा लिइएको थियो । तर, लेनिनले महाधिवेशनको क्रममा यही आशयका अभिव्यक्ति केही पटक दोहो¥याउनुभएको थियो ।
“कुनै शक्तिशाली शक्तिले सोभियत सङ्घलाई सही बाटोबाट अन्यत्र मोड्दै छ”, लेनिनले पटक–पटक भन्नुभएको थियो । आफ्नो लक्ष्यप्रति सधैँ पूर्ण आत्मविश्वासले भरिपूर्ण र कसैसामु नझुक्ने स्वभावको कारण शत्रुबाट पनि प्रशंसा पाएका लेनिनबाट त्यत्तिबेला यस्तो अभिव्यक्ति आउनु उत्सुकताकै विषय थियो । सुरु–सुरुमा लेनिनसँग यस्ता विचार केही अमूर्त ढङ्गले मात्र आएको देखिए पनि समयान्तरमा क्रमशः यस्तै विचारले उहाँलाई छोपेको देखिन्छ । उहाँलाई सधैँ सन्देह, आशङ्का र कतिबेला त खतराको समेत अनुभव हुन्थ्यो ।
त्यही बेला शारीरिक पक्षघात अझ बल्झिँदा लेनिनको पीडालाई अझ गहिरो बनाएको थियो । जीवनको यस्तै सङ्कटले नै लेनिनका अन्तिम लेखहरूलाई आकार दिएको छ ।
यो सङ्कट कसरी आयो ? सन् १९१७ देखि १९२१ को क्रान्तिपछिको रुसको सबभन्दा भयावह अवधिमा लेनिनले कहिल्यै पनि धैर्यता गुमाउनुभएन । त्यत्तिबेला क्रान्तिको भविष्य काँचो धागोमा झुन्डिएको थियो । वोल्शेविक पार्टीको खुला र स्वतन्त्र समाज निर्माणको लक्ष्य पूरा गर्न उहाँले कति असहमति र कतिबेला अवहेलनाको सामना गर्नुपथ्र्यो ।
तर, तुलनात्मकरूपमा स्थिर, व्यवस्थित र शान्त समयमा लेनिनले किन आफूले बनाएको राज्यसत्ताबाट आफै अलग भएको अनुभव गर्नुभयो ? लेनिनले जब आफ्नो सरकार र पार्टीमार्फत नयाँ आर्थिक नीति (एनईपी) को खाका बनाउँदै हुनुहुन्थ्यो, तब उहाँले वोल्शेविक पार्टीको नेतृत्वको ठुलो हिस्साबाट रुखो विरोधको सामना गर्नुपरेको थियो । उनीहरू नयाँ आर्थिक नीति प्रतिगामी र प्रतिक्रियावादी भएको सोच्थे । तर, त्यही आर्थिक नीतिको कारण सोभियत सङ्घको अर्थतन्त्र सामान्य दिशामा फर्किरहेको थियो । त्यसो भए लेनिन किन फेरि क्रान्तिको भविष्यप्रति चिन्तित हुनुहुन्थ्यो त ?

लेनिन र उहाँका निकटका मित्रहरूले पुरानो संस्कृतिको विस्थापन चाँडै हुने अपेक्षा गर्नुभएको थियो । त्यसको ठाउँ नयाँ, अग्रगामी र अझ प्रजातान्त्रिक संस्कृतिले लिनेमा उहाँहरूको विश्वास थियो । तर, पछौटेपनको यो समस्याले सोचेभन्दा निकै विकराल रूप धारण ग¥यो । शक्तिको आडम्बरले भरिएको पुरानो कर्मचारीतन्त्र, नातावाद, व्यक्तिवादी चरित्र र नयाँ समाजका खाँचोलाई बुझ्ने क्षमताको कमीले सरकारका औजार र अङ्गहरू नै फितलो बनेका थिए ।
यो समस्या सरकारमा मात्र होइन, पार्टीमा पनि फैलिरहेको थियो । पार्टी संरचनाभित्र सुविधाभोगी बन्ने र व्यक्तिगत प्रभाव बलियो बनाउने नयाँ संस्कृतिको विकास भइरहेको थियो । पार्टीका महत्वपूर्ण पदमा आफ्ना नजिक र प्यारा मान्छेलाई राख्ने, शक्तिशाली नेताहरूसँग कुनै प्रश्न नगर्ने, माथिल्लो पदको लागि चाकडी गर्ने र त्यसै परे षड्यन्त्रसमेत गर्ने कुरा कम्युनिस्ट पार्टीमा कल्पना पनि गर्न नसकिने कुरा हो । तर, सोभियत सङ्घको पार्टीका अधिकांश ठाउँ यो रोगबाट सङ्क्रमित थिए । पार्टीभित्रका मामिलामा सङ्कीर्णता र असहिष्णुता बलियो बन्दै गएको थियो ।

यो प्रश्नको आंशिक उत्तर क्रान्तिका उपलब्धि रक्षा गर्ने क्रममा लेनिन निकै अघि बढ्नु पनि हुनसक्ने उहाँ स्वयम्को बुझाइ छ । उहाँ यति अघि बढ्नुभयो, उहाँले गर्नुभएका कतिपय काम उहाँका आफ्नै सिद्धान्तसँग विरोधाभास राख्थ्यो । त्यसले रुसलाई लेनिनले परिकल्पना गरेको बाटोभन्दा फरक बाटोतिर डो¥यायो । तर, उहाँलाई थाहा थियो, जे पनि भइरहेको थियो, त्यो सबै रुसको आर्थिक, सामाजिक र सांस्कृतिक पछौटेपनासँग अन्योन्यास्रित छ । शताब्दियौँदेखि रुसले सामना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक चरम पछौटेपनाको कारण यस्तो अवस्था निम्तिएकोमा लेनिन स्पष्ट हुनुहुन्थ्यो ।
रुसमा प्रजातान्त्रिक परम्पराको पूर्ण अभाव हुनु नै पछौटेपनको कारण र परिणाम थियो । एउटा क्रान्तिकारी समाज निर्माणको लागि रुसको अवस्था ठीकविपरीत खालको थियो । तर, त्यहाँको तत्कालीन विस्फोटक अवस्थाको कारण मात्र पुरानो राजनीतिक व्यवस्था चाँडै भत्केको थियो । तर, सांस्कृतिक पछौटेपनको अवशेषलाई पूर्णतः विस्थापित गर्न नसक्दासम्म नयाँ राजनीतिक संरचनाको नियति प्राचीन शासनको संस्कृतितिर उन्मुख हुने गर्छ ।
लेनिन र उहाँका निकटका मित्रहरूले पुरानो संस्कृतिको विस्थापन चाँडै हुने अपेक्षा गर्नुभएको थियो । त्यसको ठाउँ नयाँ, अग्रगामी र अझ प्रजातान्त्रिक संस्कृतिले लिनेमा उहाँहरूको विश्वास थियो । तर, पछौटेपनको यो समस्याले सोचेभन्दा निकै विकराल रूप धारण ग¥यो । शक्तिको आडम्बरले भरिएको पुरानो कर्मचारीतन्त्र, नातावाद, व्यक्तिवादी चरित्र र नयाँ समाजका खाँचोलाई बुझ्ने क्षमताको कमीले सरकारका औजार र अङ्गहरू नै फितलो बनेका थिए ।
यो समस्या सरकारमा मात्र होइन, पार्टीमा पनि फैलिरहेको थियो । पार्टी संरचनाभित्र सुविधाभोगी बन्ने र व्यक्तिगत प्रभाव बलियो बनाउने नयाँ संस्कृतिको विकास भइरहेको थियो । पार्टीका महत्वपूर्ण पदमा आफ्ना नजिक र प्यारा मान्छेलाई राख्ने, शक्तिशाली नेताहरूसँग कुनै प्रश्न नगर्ने, माथिल्लो पदको लागि चाकडी गर्ने र त्यसै परे षड्यन्त्रसमेत गर्ने कुरा कम्युनिस्ट पार्टीमा कल्पना पनि गर्न नसकिने कुरा हो । तर, सोभियत सङ्घको पार्टीका अधिकांश ठाउँ यो रोगबाट सङ्क्रमित थिए । पार्टीभित्रका मामिलामा सङ्कीर्णता र असहिष्णुता बलियो बन्दै गएको थियो ।
लेनिनलाई सरकार र पार्टीभित्र भइरहेका यस्ता समस्याबारे राम्रो जानकारी थियो । ‘क्रामवेलका सिपाहींहरूजस्तै उत्साही र अनुशासित’ पार्टी बनाउन लागेको लेनिनलाई यस्तो अवस्थाले निकै पिरोल्नु स्वाभाविक थियो । उहाँले अवस्थामा सुधार गर्ने प्रयास गर्नुभयो । तर, उहाँ सफल हुनुभएन । अनि त्यो असफलताले लेनिनलाई झन्झन् कमजोर बनाउँदै लग्यो ।
पार्टीले ‘राष्ट्रियताको सन्दर्भ’मा लिएका केही नीतिप्रति लेनिनको विमति थियो । सोभियत रुसमा आबद्ध भएका जर्जिया र युक्रेनजस्ता साना राज्यहरूलाई गरिएको असमान व्यवहार उहाँलाई चित्त बुझेको थिएन । त्यस्तो परिस्थितिमा लेनिनले आफ्ना अन्तिम दिनका लेखहरू लेख्नुभएको थियो । त्यत्तिबेला लेख्नुभएका अधिकांश लेखहरू लेनिनले बोलेर र उहाँको सचिवले लेख्नुभएको थियो । लेनिनको उपचारमा रहनुभएका चिकित्सकहरूलाई थाहा पनि नदिई ती लेखहरू तयार गरिएका थिए ।
(अञ्जन बासुले द वायरमा लेख्नुभएको लेखको सारांश)
नेपाली अनुवाद:सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *