कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नव वर्ष विसं २०७८ र विभिन्न चाडपर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अहिले फेरि पनि हामी असहज परिस्थितिमा छौँ । यस परिस्थितिमा हामी शुभकामना आदानप्रदान गर्दै छौँ । यो केवल औपचारिकतामा सीमित नहोस् ! हामीले मन, वचन तथा कर्मले नै शुभ गरौँ र शुभ कार्यतर्फ हामी सबै उन्मुख बनौँ ! अशुभ र असूरको विरोधमा हामी सबै उभिन सकौँ ! यो शक्ति, यो व्यवहार हामीले देखाउन सकेको खण्डमा सबैको हित हुनेछ । तब, जनताले हाम्रो यथोचित मूल्याङ्कन गर्नेछन् ।
एउटा छोटो कथा जोडौँ ! एकचोटि एउटा जङ्गलमा एउटा बाँदरले भनेछ– ‘यदि मलाई राजा निर्वाचित गरेको खण्डमा यहाँको सम्पूर्ण समस्या हल हुनेछ ।’ त्यसपछि त्यो बाँदरलाई सबैले निर्वाचित गरेछन् । सिंहबाट पटक–पटक ठगिएर हैरान भएका जनताले बाँदरलाई केही आशा, अपेक्षा र विश्वाससहित निर्वाचित गरेका थिए । त्यो बाँदर दैनिकरूपमा अत्यन्त सक्रिय हुन थालेछ । त्यो बाँदर एउटा रुखबाट अर्को रुखमा हाम फाल्थ्यो, अर्को रुखबाट अर्को रुखमा हाम फाल्थ्यो । ‘अनि खोइ त ? हाम्रो समस्या समाधान भएन त ¤’ भनी जङ्गलवासीले गुनासो गर्दा ‘देखेनौ तिमीहरूले म कति सक्रिय छु, म कति व्यस्त छु ? एउटा रुखबाट अर्को रुखमा हाम फाल्दै म समस्या समाधानका उपाय गर्दै छु । समस्या समाधान गर्न सक्रिय छु ।’ भनी जङ्गलवासीको चित्त बुझाउन खोजेछ । अहिले प्रदेश सरकारको अवस्था पनि त्यस्तै छ । प्रदेश सरकारको व्यस्तता पनि त्यही बाँदरको व्यस्ततासँग तुलना गर्नु न्यायोचित हुनेछ ।
जनता निराश छन् । हिजो दिएको विश्वास खेर गएको जनता अनुभव गर्दै छन् । जनता यो अवस्थामा छन् तर प्रदेश सरकार आफूलाई सा¥है व्यस्त रहेको बताउँछ । काठमाडौँदेखि हेटाँैडा र हेटौँडादेखि काठमाडौँ गरेर आफ्नो कर्तव्य पूरा गरेको ठान्दै छ । यो विडम्बनाबीच २०७८ साल सुरु भएको छ । सरकारले एउटा रुखबाट अर्को रुखमा हाम फालेर ३ वर्षभन्दा बढी समय खेर फालेको छ । अब डेढ– दुई वर्ष बाँकी छ । त्यही स्थिति कायम रहेमा त्यो अर्को विडम्बना हुनेछ र जनताले त्यसको यथोचित सजाय दिनेछन् ।
अहिले नेपाली जनता चिन्तित छन् । सङ्घीयता कतै विनाश त हुने होइन ! सङ्घीयता कतै खत्तम त हुने होइन ! जनताबीच अर्को चिन्ता छ । यसकारण, विनम्रतापूर्वक म अनुरोध गर्न चाहन्छु । जति बढी यो प्रदेश सरकारले काम गर्न सक्यो, जति बढी प्रदेशसभाले सक्रियता देखाउन सक्यौँ र जनता जीवनसँग जोडिएका विषयवस्तुमा चिन्तन, मनन, बहस र छलफल गर्न सक्यौँ त्यति फलदायी हुनेछ । जनतालाई आश्वस्त र विश्वस्त पार्दैैै जनताका समस्यालाई हल गर्न सक्यौँ भने जनताले सङ्घीयताको महत्व, मर्म र भावनालाई आत्मसात् गर्नेछन् । जनताको अपनत्व बढ्नेछ । जनताको विश्वास जाग्नेछ । आजको स्थितिबाट माथि उठ्ने विषयमा हामीले सोच्नैपर्छ । तयारी गर्नैपर्छ ।
हामीलाई थाहा छ, यो चाडपर्वकै मुखमा वा २०७८ सालकै मुखमा बजारभाउ ह्वात्तै बढाइयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरियो । के त्यो उपहार हो ? जनताको सरकार भनी दाबी गर्नेले यस्तो महँगीको उपहार दिन मिल्छ ? यस विषयमा बेलैमा सोचियोस् ! जनताको ढाड सेक्ने खालका काम–क्रियाकलाप सरकार किन गर्छ ? प्रदेश सरकार त्यसको साक्षी किन बस्छ ? त्यस विषयमा प्रदेश सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।
साथसाथै, अहिले एमसीसीको चर्चा फेरि चल्दैे छ । जसले एमसीसीको समर्थन गर्छ त्यसले सरकारमा हिस्सा पाउने, त्यसले तक्मा पाउने तथा जसले एमसीसी पास गर्छ त्यसले सरकार गठन र पुनर्गठन गर्न पाउनेजस्ता कुराहरू आइरहेका छन् । खबरदार, फेरि पनि हामी यो ठाउँबाट वा यो गरिमामय बैठकबाट भन्न चाहन्छौँ, एमसीसी नेपालको पक्षमा छैन, नेपाली जनताको पक्षमा छैन । क्षेत्रीय तथा विश्व शान्तिको पक्षमा छैन । यो देशलाई सैनिक गुटबन्दीमा लाने, अमेरिकी सेनाको बुटमुनि लाने र यो देशमा अमेरिकी सैनिकको मार्च गराउने षड्यन्त्रबमोजिम आइरहेको हो । एमसीसी परियोजनाले देखाइरहेको विकास, उन्नति तथा समृद्धिको आश्वासन सबै झूटा हुन् । त्यसकारण, एमसीसीको जसले पक्षधरता देखाउँछन्, ती देशघाती हुन् । तिनीहरूविरुद्ध नेपाली जनता उठ्नेछन् । शान्तिको पक्षमा र ती देशघातीहरूको विरुद्धमा अगाडि बढ्नेछन् । २०७८ सालमा जनताको सङ्घर्ष अझ अगाडि बढ्नेछ । नेपाली जनतामा सङ्घर्षको भावना अझै जीवित छ ।
अहिले कोभिड–१९ को दोस्रो लहरको कुरा छ । त्योभन्दा पनि शक्तिशाली कोरोना भाइरस आइसकेको तथा विभिन्न खालका नयाँ भाइरसहरू आइरहेको र त्यो कयौँ गुणा हानिकारक छ भन्ने विषयमा चर्चा छ । यस विषयमा प्रदेश सरकार किन मौन छ ? किन पूर्वसावधानी अपनाउँदैन ? किन रोकथाम वा नियन्त्रण गर्ने विषयमा सोच तथा तयारी देखाउँदैन ? यस विषयमा पनि म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । कोभिड १९ विरुद्धको खोपको सवालमा विशेष ध्यान पु¥याइयोस् ! नेपाली जनतालाई समयमै खोप उपलब्ध गराएर जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइयोस् ! खोपको विषयमा आपैm आपतमा परिरहेको छिमेकी देश भारतलाई नै मात्र दुःख दिनु उचित होइन । त्यो खालको प्रवृत्तिबाट माथि उठेर चीनबाट ल्याऊँ, क्युवाबाट ल्याऊँ अथवा कहाँबाट ल्याउन सम्भव छ खोप समयमै ल्याएर नेपाली जनताको स्वास्थ्यको सुरक्षा गरौँ ! फेरि पनि हार्दिकतापूर्वक हामी अनुरोध गर्न चाहन्छौँ । नेपाली जनताको स्वास्थ्य सुरक्षाका निम्ति समाजवादी देश क्युवाले इच्छा जाहेर गरेको सुनिन्छ । क्युवाले पाँच वटा खोप विकास गरिसकेको छ । नेपाल सरकार किन मौन छ ? कुनैपनि कूटनीतिक पहल नभएकोबारे जानकारहरू गुनासो गर्दै छन् । त्यसकारण, यो ठाउँबाट पनि प्रदेश सरकारमार्फत केन्द्रीय सरकारको हामी ध्यानाकर्षण गराउँदछौँ । क्युवा र चीनलगायतका विभिन्न मित्रराष्ट्रहरूबाट यथाशीघ्र प्रभावकारी खोप ल्याइयोस् ! नेपाली जनताको स्वास्थ्य रक्षामा कदम चालियोस् । फेरि पनि सबैमा शुभकामना व्यक्त गर्दछु ।
( बागमती प्रदेशसभाको गत वैशाख २ गते बसेको बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद सुरेन्द्रराज गोसाईले राख्नुभएको मन्तव्यको सम्पादित अंश–सं.)
Leave a Reply