भर्खरै :

चिकपाको एक सय वर्षमा मानव अधिकार विकासमा अतुलनीय सफलता

चिनियाँ कम्युनिस्ट पार्टी र चीनमा मानव अधिकारको प्रगति विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन उत्तरपूर्वी चीनको जिलिन प्रान्तमा अप्रिल ८ का दिन सम्पन्न भयो । उक्त सम्मेलनमा २० भन्दा बढी देशका र विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूका १०० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए र उनीहरूले आफ्नो एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले मानव अधिकारको रक्षा, आदर र विकासका लागि गरेका र गरिरहेका प्रयासहरूको अत्यन्त सान्दर्भिक मूल्याङ्कन प्रस्तुत गरे । उनीहरूका अनुसार चिनियाँ राष्ट्रको इतिहासमा मानव अधिकारको प्रगतिका लागि चिनियाँ कम्युनिस्ट पार्टीले एउटा चमत्कार नै सिर्जना गरेको छ र यसले विश्वको मानव अधिकारको रक्षा र विकासका लागि पनि ठूलो योगदान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भनेको जनताको मुक्तिका लागि र जनताको अधिकार रक्षाका लागि जीवन मरणको सङ्घर्षको तथा आफैलाई चौतर्फी मानव विकासको लागि समर्पित गरेको गौरवमय इतिहास हो । चिनियाँ जनताको खुसीको खोजी र चिनियाँ राष्ट्रको पुनर्जागरणको लक्ष्य चिनियाँ कम्युनिस्टहरूले आफ्नो स्थापनाकालदेखिकै भावना र लक्ष्य बनाएका थिए । चिनियाँ कम्युनिस्टहरूले अत्यन्त कठिन कार्य आफ्नो काँधमा जिम्मा लिएका छन् र चिनियाँ जनतालाई मानव अधिकारको प्रत्याभूत गर्न र त्यसका लागि लड्न प्रेरित गरिरहेका छन् ।
चिनियाँ राष्ट्रको उत्थानको महान् फड्को उठिरहेको छ, समृद्ध बनिरहेको छ र त्यस देशले गरेको वीरतापूर्ण निरन्तरको ऐतिहासिक प्रगतिले मानव अधिकारको लक्ष्य पनि पूरा गर्दै गएको छ । मानव अधिकारप्रतिको आदर र रक्षालाई जनगणतन्त्र चीनको संविधान र चिनियाँ कम्युनिस्ट पार्टीको संविधान दुवैले उत्तिकै सम्मान गरेका छन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चिनियाँ कम्युनिस्ट पार्टीले युद्धको अवधिमा र पछि पनि सधैँ नै अत्यन्त व्यापक चिनियाँ जनताको मानव अधिकार र आधारभूत हितहरूको प्रतिनिधित्व गरेको, पूरै हृदयले जनताको सेवा गरेको र पार्टीको ती कार्यले नै चीनमा मानव अधिकारको प्रगतिका लागि महत्वपूर्ण सुनिश्चितता प्रदान गरेको बताए । चिनियाँ कम्युनिस्ट पार्टी जनता केन्द्रित विकासको दर्शनमा सधैँ कटिबद्ध रहेको हुनाले र जनताको आवश्यकता, भावना, चाहना, खुसी एवम् सुरक्षा सुनिश्चित गर्दै आएको हुनाले चिनियाँ जनताले पूर्ण मानव अधिकारको उपभोग गर्न पाइरहेका छन् ।
जतिखेर जनगणतन्त्र चीन भर्खरै मात्र स्थापना भएको थियो, केही पश्चिमा मानिसहरूले बिनाआधार भने कि चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको पेटसम्म पनि भर्न सक्दैन । तर चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताका आधारभूत आवश्यकता पूर्ति गरी सन्तुष्ट मात्र पारेन बरु सीमान्त गरिबी निर्मूल गर्ने कष्टसाध्य लक्ष्य पनि पूरा ग¥यो ।
चीन –अफ्रिका व्यापार परिषद्को लियाजन डिपार्टमेन्टका निर्देशक सान्ड्राइन एन्डुविमानाले चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न क्षेत्रमा शृङ्खालाबद्ध सुधारको माध्यमले चिनियाँ जनताको जीवनस्तर उकास्नमा निकै ठूलो प्रगति हासिल गरेको बताउनुभयो । त्यस्तै धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले आफ्नो स्थापनाकालीन लक्ष्य र भावनामा कायम रहन सक्नु चिनियाँ कम्युनिस्ट पार्टीको ठूलो सफलता भएको बताए र जनताको चासो र समस्याहरूको व्यावहारिक समाधान एवम् जनताका हितहरूमा पार्टीको प्रत्यक्ष प्रभाव र पहलकदमीको सराहना गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले आफ्नै परिवेश सुहाउँदो मानव अधिकारको विकासको मार्ग खोलेको छ । जनगणतन्त्र चीनको स्थापनापछि र विशेषगरी २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनसम्ममा चीनले निरन्तररूपमा मानव समाजको विकासबाट सिकेको शिक्षाअनुसारको उपाय लागु गरिरहेको छ र विश्वव्यापी मानवअधिकारसित आफ्नो देशको विशेष स्थितिलाई जोडेको छ । चीनले सधैं नै जनताकेन्द्रित मानव अधिकारको दर्शनलाई अनुसरण गरेको छ तथा बाँच्न पाउने र विकासलाई प्राथमिक मानव अधिकारका रूपमा लिएको छ । त्यसैअनुसार सबै जनताले मानव अधिकारको उपभोग गर्ने सुनिश्चितता गर्दै चौतर्फी मानव विकासलाई बढावा दिइरहेको छ ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार मानव अधिकारको रक्षा खालि एउटा सिद्धान्त नभई त्यस सिद्धान्तलाई व्यवहारमा लागु गर्ने प्रक्रिया पनि हो । जनताकेन्द्रित मानव अधिकारको दर्शनमा आधारित मानव अधिकारलाई व्यवहारमा लागु गर्ने आफ्नो विशेष प्रक्रिया सही र प्रभावकारी रहेको पुष्टि गरेर देखाएको छ । समानता र आपसी विश्वासको सिद्धान्तलाई उँचो पार्दै समावेशिता र आपसी सिकाइ, साझेदारी र आपसी हित एवम् साझा विकासलाई बढावा दिँदै चीनले विश्वव्यापी मानव अधिकार प्रशासनमा ठोस कार्यलाई अगाडि बढाइरहेको छ ।
गरिबी र मानव अधिकारको समपुरक सम्बन्ध रहिआएको छ । गरिबी रहेसम्म मानवअधिकारको पूर्ण प्रत्याभूति हुन सक्दैन । विश्वव्यापी गरिबी निवारणको लक्ष्यको परिपूर्तिमा योगदान गर्न चीनले गरिबी निवारण, बहस र बढावा दिने अन्तर्राष्ट्रिय सहायताहरूमा सक्रियरूपमा सहभागी हुँदै आएको छ । सबै देशका जनताले बाँच्न पाउने र स्वास्थ्योपचारको अधिकार सुनिश्चित होस् भन्ने ध्येयले चीनले स्वास्थ्यका लागि विश्वव्यापी समुदाय भन्ने कार्यक्रमलाई अगाडि बढाइरहेको छ । त्यसबाहेक बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाअन्तर्गत पूर्वाधार विकासमा बढावा दिएर बाँकी विश्वसित विकासको अवसर बाँडिरहेको छ । चीनको त्यस पहलकदमीले विश्वव्यापी विकास थप समावेशी र दिगो बनाउन एवम् विकासको प्रतिफल बढीभन्दा बढी देशहरूमा र जनताको बीचमा पु¥याउनमा जोड पुगिरहेको छ । आफ्ना व्यावहारिक र पाच्य अभ्यासहरूका माध्यमले चीनले विश्वव्यापी मानवअधिकार विकासमा टेवा पु¥याइरहेको छ ।
(Communist Party of China makes tremendous success in human rights development over its 100-year history)
April 13, 2021
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *