सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, ९ वैशाख । बासु माध्यमिक विद्यालयका सेवानिवृत्त दुई शिक्षकको सम्मानमा बिहीबार एक कार्यक्रम आयोजना गरियो ।
२०१९ सालमा स्थापित बासु माविमा २०३५ र २०३६ सालदेखि निरन्तर सेवा गर्दै आउनुभएका दुई शिक्षकहरू गङ्गाप्रसाद बासुकला र राजकुमार याकामीको योगदानको कदर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा दुई शिक्षकलाई कदरपत्रसाथ सम्मान गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले पुरानो पुस्ताका शिक्षकहरूको योगदानकै कारण आजको पुस्ताले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नसकेको धारणा राख्नुभयो ।
उहाँले पुरानो पुस्ताको ज्ञान र सीपको कदर गर्नुपर्ने भन्दै आजको पुुस्ताले भोलिको पुस्तालाई के के दिने भन्नेमा चिन्तन गर्नुपर्ने विचार राख्नुभयो । उहाँले सेवा निवृत्त शिक्षकहरूले आफ्नो अनुभव तथा ज्ञानको सार लेखेर प्रकाशित गर्नु उपयुक्त हुने भन्दै सक्रिय तथा सङ्घर्षमयी जीवन नै सार्थक हुने धारणा राख्नुभयो ।
विद्यालयका पूर्वसहप्राचार्य लक्ष्मीभक्त लासिवाले आफू सेवानिवृत्त भए पनि शैक्षिक तथा सामाजिक कार्यमा सक्रिय भएकोले न्यास्रोपन नआएको भन्दै व्यायाम र अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सेवा निवृत्त गंगाप्रसाद बासुकलाले बासु माविमा सेवा गर्न पाएकोमा सदा गर्व महसुस भइरहने भन्दै आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
सेवा निवृत्त राजकुमार याकामीले बासु माविका सुरूवातका सङ्घर्षमयी दिनमा सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै विद्यालयको प्रगतिको निम्ति सहयोग गरिरहने बताउनुभयो ।
विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा सहप्राचार्य रविलाल प्रधान, प्रेम थापामगरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अतिथि गोसाईले बासुकला र याकामीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । त्यस्तै विद्यालयका प्राचार्य न्याइच्याईले मायाको चिनो दिनुभएको थियो । बासुकला र याकामीले हालै अनिवार्य अवकाश प्राप्त गर्नुभएको हो ।
Leave a Reply