कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
‘जनता आफैँ सतर्क बनौँ, किनकि सरकारको तयारी यस्तो छ– वीर, पाटन, पोखरा र धरानजस्ता प्रमुख अस्पतालका अक्सिजन प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, यो महामारीमा समेत बनेका छैनन् ।’ (नयाँ पत्रिका– ९ वैशाख २०७८)
सत्य हो, होइन सरकारले तत्काल यसबारे छानबिन गर्नु आवश्यक छ, दोषीमाथि तुरुन्तै देखिने गरी कडा कारबाही गर्नु अत्यावश्यक छ । राजाको शासन र राजतन्त्र पतन भयो भनी नेताहरू रमाएका थिए तर सिंहदरबारको मुख्य–मुख्य पदमा र कार्यालयका हाकिमहरू ‘माथिल्लै’ जातका अर्थात् आर्थिक र सामाजिकरूपले सामन्तहरू नै छन् । तिनीहरूको स्वास्थ्य सेवा, आवास, खान–पान, लत्ता–कपडा, पढाइ सबैको बन्दोबस्त पहिलेजस्तै अब्बल छ । यसकारण, ७० लाख युवाहरू विदेशमा फाल्दा पनि देश चल्दै छ । अब बचेका गरिब–गुरुवा, ज्येष्ठ नागरिक र बाल–बालिकाहरूलाई कोरोना सुम्पे पनि नेपालमा केही फरक पर्ने छैन भन्ने शासक दल काङ्ग्रेस, एमाले, एमाओवादी, मधेसवादी, राप्रपाका नेताहरूको व्यवहारले साबित गर्दै छ भन्ने लखकटाइ जनतामा व्यापक छ ।
आजसम्म कोरोनाको रोकथाम र नियन्त्रणबारे पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई तथा हिजो र आजका स्वास्थ्यमन्त्रीहरू यसबारे (कोरोनाको रोकथाम र नियन्त्रणबारे) किन तदारुकता देखाउँदैनन् ? के ट्रम्प, बोल्सोनारो र मोदीकै लाममा छन् हाम्रा ‘गोर्खाली’ प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीहरू ! मन्त्रीहरूको लामा–लामा भाषण र धाक धक्कुलाई अब जनताले पत्याउन छाडे बरु काम र कामको परिणाम हेर्दै छन् ।
विडम्बना !अपराधी र अपराधको छानबिन गर्ने तथा सजाय गर्ने सबै एउटै वर्गका छन् अर्थात् सामन्त वर्ग र जात एउटै हो । दक्षिण एसियामा भन्ने गरिन्छ, ‘क्लास एन्ड कास्ट’ सँगसँगै छ । अधिकांश शासक दलहरूलाई पनि यही आरोप छ ।
यस्तो परिस्थितिमा नातागोता पर्ने हुँदा सरकारलाई अप्ठेरो छ भने, सरकारले प्रहरी र सेनालाई हेरेरमात्रै बस्ने हो भने स्थानीय जनताले कुन हाकिम डाक्टर वा पदाधिकारीहरूलाई जनताको सामुने ल्याएर स्थितिबारे जानकारी दिन लगाउने हुन् ?
कोरोनाको यस्तो कहरमा आफ्ना अस्पतालका विभाग, डाक्टर, नर्स र कर्मचारीहरूको स्थिति र रोगीहरूको समस्यामा ध्यान नदिने ‘हाकिम’ पल्केका मुख्य मुख्य डाक्टरहरूलाई मेचको बोझ घटाउन जनताको सामुन्ने ल्याउनैपर्छ भन्ने जनगुनासोमा अर्थ नभएको होइन । गएको साल अमेरिकामा जर्ज फ्लोयडको काण्डले अमेरिकी जनताको उकुसमुकुस सबै बाहिर आएजस्तै नेपालमा आउन बाँकी नै छ । त्यसलाई समयमै समाधान गर्नु आवश्यक छ । जनताको आवाज हो – होसियार ¤ जनताको जिम्मेवारी लिएका अस्पताल र स्वास्थ्य सेवाका हाकिमहरू सजग र सचेत हुनैपर्ने भयो । स्वास्थ्य मन्त्रालय, औषधि बन्दोबस्त र नियन्त्रण विभाग, औषधि आपूर्तिमा समेत ठेक्कापट्टाद्वारा सस्तो औषधिको सट्टा महँगो औषधि किन्न बाध्य पार्ने ‘मेडिकल काउन्सिल’ का अन्य विभाग वा कार्यालयका हाकिमहरूलाई मालिक होइन सेवक बन्न जनताले नै सिकाउनैपर्ने स्थिति छ । किनभने, गरिब जनताको स्थिति धनीलाई थाहा हुँदैन । अचानोको दुःख खुकुरीलाई थाहा हुँदैन भन्ने उखान अहिले तल्लो वर्गमा सा¥है चल्तीमा छ ।
समयमै रोगी र जनताको सेवामा सबै जनता जुट्न पाए व्यापक जनता र देशको भलो हुने निश्चय छ भनी चिया पसल, चौतारी, अस्पताल र औषधि पसलको लाममा पीडित जनताको भावना छ ।
Leave a Reply