कमैयाहरू अहिले पनि कष्टकर जीवन बिताउन बाध्य
- श्रावण १, २०८३
लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र आदि शब्दको शाब्दिक अर्थ एउटै भए पनि इतिहासको विशिष्ट समयमा तिनको प्रयोग भिन्न–भिन्न भएकोले नेपालको सन्दर्भमा तिनलाई फरक–फरक अर्थमा बुझ्ने गरिएको छ । २००७ सालमा राणा शासन विरूद्धको सङ्घर्षको मूल माग प्रजातन्त्र थियो । राणा शासनविरोधी सङ्घर्षको मूल लक्ष्य विशेषतः शासक वर्ग अर्थात ‘क’ श्रेणीका राणाहरूको पारिवारिक शासन हटाउनु थियो । राजा सुरेन्द्रको पालादेखि नै राणाहरूको अघोषित कैदमा रहेका शाहवंशीय राजाहरू राणा शासन हटाएर आफ्नै शासन बलियो बनाउन चाहिरहेका थिए । तत्कालीन विशिष्ट अन्तर्राष्ट्रिय परिस्थितिमा राजा र प्रजा मिलेर ल्याएको व्यवस्थालाई प्रजातन्त्र नामकरण गरियो । समयान्तरमा राजतन्त्रको दमनकारी चरित्रले नेपाली जनताको राजनीतिक चेतना फराकिलो बनाउँदै लग्यो । राजतन्त्रविरोधी चेतनाले मानिसमा प्रजा होइन, जनता हुने चाहनामा पु¥यायो । राजाको प्रजा बन्नु राणाको ठाउँमा राजाको शासन स्वीकार्नु हुने वास्तविकता बोध भएपछि जनतालाई थप शक्तिशाली बनाउने शासनको खोजीमा राजनीतिक आन्दोलन अघि बढ्यो । पञ्चायत व्यवस्थाविरोधी सङ्घर्षको मूल भावना त्यही भएर पनि अन्ततः २०४६ सालको जनआन्दोलन सम्झौतामा टुङ्गिदा राजतन्त्र कायम रह्यो । देशमा फेरि पनि रूपमा फरक तर मूल चरित्रमा उही पुरानो प्रजातन्त्र स्थापना गरियो ।
तर, २०४६ सालको जनआन्दोलनले स्थापना गरेको प्रजातन्त्रले पनि नेपाली जनताको न्यायपूर्ण समाज स्थापनाको सपना पूरा गर्न सकेन । नेपाली काङ्ग्रेस, एमाले, राप्रपा, सद्भावनाजस्ता शासक दलहरूले प्रजातन्त्रको नाम भजाएर नेपाली जनतामाथि शोषणको नयाँ दाम्लोले बाँध्ने प्रपञ्च रचे । नेपाली जनता भिन्नभिन्न नामका ती शासक दलका अनैतिक राजनीतिबाट आजित बने । त्यहीबीच नेपाल एक दशक लामो गृहयुद्धमा फस्यो । गृहयुद्धले नेपालमा चलखेल गर्न विदेशी शक्तिलाई ढोका खोल्यो । दक्षिण एसियामा ‘मुनरो चिन्तन’ को ठेकेदार भारतीय शासक वर्गले माओवादी विद्रोहलाई नेपालमाथि आफ्नो प्रभाव अझ गहिरो बनाउन प्रयोग गरियो । त्यही तानातानमा राजतन्त्र समाप्त भयो । देशमा ‘लोकतन्त्र’ स्थापना भयो । राजतन्त्र हटेपछि प्रजा शब्दको सान्दर्भिकता समाप्त भएको निष्कर्षसहित प्रजातन्त्रको सट्टा लोकतन्त्र शब्दको प्रयोग गरियो । तर, शासनको बागडोर फरक शासकको हातमा पुगे पनि शासनको मूल चरित्रमा कुनै परिवर्तन भएन । व्यापक नेपाली जनताको अवस्थामा खास परिवर्तन भएन । शोषणका तरिकामा परिवर्तन भयो, तर मानिसले मानिसमाथि शोषण गर्ने अन्यायपूर्ण व्यवस्थामा कुनै परिवर्तन भएन ।
आज लोकतन्त्र दिवस । २०६३ साल वैशाख ११ गते तत्कालीन सात राजनीतिक दल र माओवादीले संयुक्तरूपमा गरेको प्रतिगमनविरोधी सङ्घर्षले सफलता पाएको दिन थियो । त्यही आन्दोलनको जगमा राजतन्त्र इतिहासको आलमारीमा थन्किन पुग्यो । त्यसयता नेपालको राजनीतिमा अनेकन आरोह अवरोह आए । पन्ध्र वर्षको प्रवाहमा धेरै सरकार बने र ढले । धेरै मानिसका तस्वीर सिंहदरबारका भित्तामा टाङ्गिए । देशले नयाँ संविधान पायो । राज्य संरचनामा परिवर्तन भयो । तर, व्यापक नेपाली जनताको अपेक्षा भने यो व्यवस्थाबाट पनि पूरा हुन सकेको छैन । हिजोको प्रजातन्त्र र आजको लोकतन्त्रमा शासकका अनुहार बद्लिए । तर, व्यापक नेपाली जनतामाथिको शोषणको सिक्री भनै अझै उस्तै छ ।
निःसन्देह लोकतन्त्र नेपाली जनताको सङ्घर्षको उपलब्धि हो । यो सङ्घर्षको उपलब्धिको रक्षा गर्नु जनताको दायित्व हो । नेपाली समाजमाथि मडारिरहने प्रतिगमनको खतरालाई निगरानी गर्नु जनताको दायित्व हो । तर, अहिलेको लोकतन्त्रको पानीले मात्र नेपाली जनताको मुक्तिको प्यास मेट्न सक्दैन । शोषणमा आधारित यो राजनीतिक व्यवस्थाकै गर्भमा मानिसले मानिसमाथि शोषण नगर्ने न्यायपूर्ण समाज स्थापनाको निम्ति जनताले सङ्घर्षलाई अझ अघि बढाउनुपर्छ । त्यो न्यायपूर्ण समाज भनेको समाजवादी व्यवस्था हो । लोकतन्त्र दिवसलाई समाजवादतिरको यात्रालाई अझ तेज बनाउने अवसरको रूपमा मनाऔँ ।
Leave a Reply