देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
काठमाडौँ, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अक्सिजन सिलिन्डरको अभावमा कोभिड–१९ सङ्क्रमित बिरामीहरूको मृत्यु भइरहेको अवस्थामा भएको अक्सिजन सिलिन्डर विदेश पठाइरहेको हुँदा त्यस्ता उद्योगी–व्यापारीहरूबारे जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद सुवालले औषधि व्यवस्था विभागले बिरामीलाई आवश्यक औषधि आयात नगरेको जनगुनासो आएको हुँदा
विभागका महानिर्देशकलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सरकारी पदका मुख्य–मुख्य अधिकारीहरूको नियुक्तिमा आर्थिक लेनदेनसमेत भइरहेको समाचारतर्फ समितिको ध्यान जानुपर्ने र कोभिड–१९ सङ्क्रमणको बेला सरकार र संसद् जनताको स्वास्थ्य सुरक्षाको निम्ति अग्रमोर्चामा रहनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
सांसद मोहन पाण्डेले रामदेवको थलो हरिद्वार भ्रमण गएका नेपालीहरू पनि सङ्क्रमित भएको बताउनुभयो ।
सांसद देवेन्द्र कँडेलले वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा अक्सिजन प्लान्ट बन्द गरिएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अधिकांश सांसदहरूले कोभिड–१९ सङ्क्रमण बढेको बेला समिति स्थलगत अध्ययनमा जान नसकेको बताउनुभयो ।
समितिमा निर्वाचन आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन अध्ययन र सुझाव उपसमितिको प्रतिवेदन पेश भएको थियो ।
Leave a Reply