संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?
- आश्विन १०, २०८३
१८४८ को मजदुर विद्रोह
२२ जून १८४८ को दिन सरकारले राष्ट्रिय ज्यासललाई बन्द ग¥यो । यसले १ लाख १३ हजार मजदुर बेकार भए । मजदुर वर्गले सरकारको त्यस पाइलाको विरोध गर्नेछन् भन्ने कुरा सरकारलाई राम्रै थाहा थियो । सरकारले राष्ट्रिय ज्यासललाई बन्द गर्नुको अर्थ मजदुरहरूलाई उत्तेजित गरेर हत्या काण्ड मच्चाउनु थियो । यो एक जाली काम थियो, एक षड्यन्त्र थियो ।
२३ जूनको दिन पेरिसका सबै पसलहरू बन्द थिए । जहाँ जहाँ राष्ट्रिय गार्डका जवानहरू पहरा दिइरहेका थिए सडक र गल्लीहरूमा ४०० भन्दा बढी लडाइँ गर्ने छेकवारहरू राखिएका थिए । सहरको बाहिर फेरा र राजधानीको आधा भाग पूरा लडाइँको निम्ति तयार थियो । लियोन र सिलेसियाका जुलाहाहरूको विद्रोह र बेलायतको माग पत्रहरूको आन्दोलनभन्दा त्यो अवस्था धेरै चर्को थियो ।
लडाइँको घण्टी बज्यो । मजदुर वर्ग सारा लडाइँको मोर्चामा भिडेका थिए । संविधानसभाले जेनेरल काभिग्नासलाई असाधारण अधिकार दियो । जेनेरल काभिग्नास अल्जेरियामा फ्रान्सविरोधी जनजातिका हत्यारा थिए । संविधानसभाले वास्तवमा उसलाई सैनिक तानाशाह बनाएको थियो । यसले पुँजीपति वर्गको कसाहीको रूपलाई प्रस्ट गथ्र्यो ।
तर, मजदुर वर्गले पुँजीपति वर्गको ज्यानमारा नीतिको अगाडि घुँडा टेकेन । राष्ट्रिय ज्यासलका मजदुरहरूसँगसँगै मेसिनको कारखाना, रेलका सर्वहाराहरू पनि मोर्चामा जुझेका थिए । सहरको बाहिरी फेराको ऐन्ट आइन्टुलिईका सिकर्मीहरू लडाइँमा बडो राम्रोसँग लडेका थिए । आइमाई र केटाकेटीहरूले मजदुर लडाकुहरूको निम्ति गोली बनाउनमा मद्दत गर्थे, घाइतेहरूलाई प्राथमिक उपचार गर्थे र लडाकुहरूलाई खाना र पानी पु¥याउँथे ।
राष्ट्रिय ज्यासलमा मजदुरहरूको सङ्गठनको आधार सैनिक ढङ्गको थियो । स–साना दलहरू अनुशासित सङ्गठित थिए । लडाइँमा तिनीहरूले ठुलो साहस देखाएका थिए । अद्वितीय एकता र शत्रुको आँखै तिरमिराउने सैनिक कौशल र खुबीको परिचय दिएका थिए । तर पनि मजदुरहरूमा केही कमजोर पक्ष थियो । त्यस जूनको विद्रोहमा तिनीहरूको कुनै एक संयुक्त नेतृत्व थिएन । गुप्त क्रान्तिकारी सङ्गठनले मात्रै राम्रो निर्देशन दिन सकिरहेको थियो । सङ्घर्ष पूरा इलाकामा फैलिन नसकी केही इलाकामात्रै सक्रिय र चर्को थियो । एक ठाउँमा ६० वर्षको एक सार्कीले कामीको धन लिएर मोर्चाको रक्षाको निम्ति निर्देशन दिँदै थिए ।
२४ जुनको दिन मजदुरहरू नगर भवन कब्जा गर्ने उद्देश्यले बढिरहेका थिए । मजदुरहरू नगर भवन पुग्न ५०–६० पाइलामात्रै बाँकी थियो । लडाइँ मजदुरहरूले जित्दै थिए । तर, २६ जूनको दिन पासा पल्ट्यो । ज्यानमारा काभिग्नासले मजदुरहरूको विरोधमा नियमित पल्टनहरू पठायो । सरकारी पल्टनका तोपहरूले मजदुर इलाकाहरूमा गोला बर्साउन थाले । मजदुरहरूसँग पेरिसका गरिबहरूको जनसेना र राष्ट्रिय गार्डहरू मिलाएर जम्मा २४ हजार सेनामात्रै थियो । त्यसको तुलनामा सरकारी सेना बढी थियो । हातहतियार आधुनिक थियो । पल्टन तालिम प्राप्त थियो ।
विद्रोहमा सर्वहारा वर्गको एक केन्द्र थिएन अथवा धेरै केन्द्रहरू थिए । तिनीहरूको आफ्नो कुनै राजनीतिक पार्टी थिएन । किसानहरूले मजदुरहरूलाई समर्थन गर्न मानेनन् । सर्वहारा वर्गलाई बाहिरबाट मद्दत दिन कोही आउने थिएनन् । स–साना पुँजीपति वर्ग लडाइँको समयमा शत्रुको अगाडि आत्मसमर्पण गर्ने लुइस ब्लाङ्कले आत्मसमर्पणको निम्ति गोटीहरू चाले र धोखा दिए तथा आफू बेलायत भागे । प्रुधों पक्राउ परे ।
१८४८ को जून २४ र २६ को भयङ्कर सङ्घर्षमा मजदुरहरूले बडो साहस र दृढतापूर्वक लडेका थिए । तर, तिनीहरू नगरबाहिर पछाडि हट्नुप¥यो । सहरबाहिर सेन्ट आन्टोनी विद्रोहीहरूको एक बलियो गढमध्ये एक थियो । यो अन्तसम्म जुझिरह्यो । २६ जूनको दिन मजदुरहरूले आत्मसमर्पण गरे । सरकारी पल्टनले मजदुर पोशाक लगाएका र बारूदको धुंँवाले कालो भएका सबैलाई पक्रन्थ्यो र गोली हान्थ्यो । भिडन्तमा ५ सय मजदुरहरू मरे । सङ्घर्षपछि ११ हजारभन्दा बढी मजदुरहरू गोली हानी मारिए । २५ हजार गिरफ्तार गरिए र त्यसमध्ये पुगनपुग ४–५ हजार मजदुरहरूलाई उपनिवेशहरूमा कठोर श्रमको सजाय गरियो । यसरी २६ जूनको हत्या काण्डले १८४८ को लडाइँमा पुँजीपति वर्गको विजय भयो । फ्रान्सेली मजदुरहरूको हारले जर्मनी, इटाली र अरू देशका पुँजीपति वर्ग र जमिनदार वर्गले पनि जनताको विरोधमा दमनहरू गर्न थाले । फ्रान्समा पनि पुँजीपति वर्गले मजदुर वर्गको बरोबर विद्रोह गर्न बाध्य गथ्र्यो । तर, मजदुर वर्गले पुँजीपति वर्गको विरोधमा ४ दिनसम्म रगताम्य भिडन्त गरेको थियो । त्यो भिडन्त नयाँ समाजलाई ल्याउन दुई वर्गको बिचमा भएको ठुलो भिडन्त थियो । पुँजीवादी व्यवस्थालाई राख्ने वा फाल्ने भन्ने प्रश्न नै यस भिडन्तको सार थियो ।
लुई नेपोलियनको उदय
पुँजीपति वर्ग आफ्नो सत्तालाई बलियो पार्न एक नयाँ बलियो तरबारको छायाँ खोज्न थाल्यो । पुँजीपति वर्गले नेपोलियनको भतिजालाई त्यसको पात्र बनायो ।
१० डिसेम्बर १८४८ मा राष्ट्रपतिको चुनाव भयो । त्यस चुनावमा पुँजीपति वर्गले नेपोलियनको भतिजा लुई नेपोलियनलाई धनजनले मद्दत ग¥यो । उसले ५४,३४,२२६ मत प्राप्त गरेर राष्ट्रपति बन्यो । उसका प्रतिद्वन्द्वी र सेनापति काभिंग्नासले १४,४८,१०७ मत पाए तथा अर्को उम्मेदवार लिमार्टीले १७,९१० मत मात्रै पाए । व्यापारी र पुँजीपति वर्गले बुढो नेपोलियनको देश विजयको स्वाद लिन थाल्यो । किसानहरूमा पनि बुढो नेपोलियनको वीरता प्रचार गरेर नयाँ नेपोलियनलाई समर्थन पाउने छक्का–पञ्जा गर्न थाल्यो ।
नेपोलियन वंशको पुनस्र्थापना
२ डिसेम्बर १८५१ मा नेपोलियन तेस्रोले राष्ट्रिय प्रतिनिधिसभा (National Constituent Assembly) भङ्ग ग¥यो । २ डिसेम्बर १८५२ मा पुँजीपति वर्गले फ्रान्सेली गणतन्त्रका राष्ट्रपतिलाई दोस्रोपटक सम्राट घोषणा ग¥यो । तिनीहरूले नेपोलियन बोनापार्टका भतिजा लुई बोनापार्टलाई हिसाब–किताब गरेरै गद्दीमा राखेको थियो । सेनाको मद्दतले मात्रै उनलाई सम्राट घोषणा गर्न सफल भएको थियो । तर, मजदुर र स–साना पुँजीपति वर्गले त्यसको प्रतिरोध गरेका थिए । नेपोलियन ब्रोनापार्टलाई पहिलो नेपोलियन र उसको छोरालाई नेपोलियन दोस्रो भनिन्थ्यो । उसको छोरालाई पछि रिचस्टाड (Reichstad) को रजौटाको पदवी दिइएको थियो । यसकारण कहीँ कहीँ किसानहरूले लुई नेपोलियनलाई फ्रान्सको सम्राट नेपोलियन तेस्रो पनि भन्थे । नेपोलियन बोनापार्टको छोरो अर्थात् नेपोलियन दोस्रो १८३२ मै मरेको थियो ।
नेपोलियन तेस्रोले १८५२ देखि १८७० सम्म राज्य ग¥यो । त्यो अवधि उद्योग र व्यापारको विकासको अवधि थियो । शक्तिमा आउँदा उसले भनेको थियो, “साम्राज्यको अर्थ शान्ति हो ।” तर, उसको शासनको अवधिमा एक न एक युद्ध भइरहन्थ्यो । १८५४ देखि १८५६ को बीचमा उसले रुसमा आक्रमण ग¥यो । अफ्रिका र हिन्द–चीनमा उपनिवेशवादी शासन स्थापना ग¥यो । उसको कुरा पूरा फटाहा साबित भयो ।
फ्रान्सेली पुँजीपति वर्ग विदेशमा लुटपाट गरेर धनी हुन चाहन्थ्यो । नेपोलियन तेस्रोको सरकारले त्यही नीति लियो । मेक्सिकोमा आफ्नो समर्थक अष्ट्रियाली राजाका भाइ मैक्सिमिलियन (Maximillian)लाई राजा घोषणा ग¥यो । तर, मेक्सिकेली विद्रोहीहरूको गोलीले ऊ म¥यो । १८६७ मा फ्रान्सेली सेना मेक्सिकोबाट फ्रान्स फक्र्यो ।
नेपोलियन तेस्रोले ठुलठुला जमिनदार र क्याथोलिक चर्चका पुरोहित शासकहरूको समर्थन पाएका ठुलठुला पुँजीपति वर्गको एक सानो गुटको स्वार्थको प्रतिनिधि गर्दथ्यो । उसले जर्मनीलाई एक गर्न पर्सियालाई रोक्न सकेन । १८६० मा बेलायतसँग एक सम्झौता ग¥यो । त्यस सम्झौताअनुसार फ्रान्सभित्रै बेलायती सामानसँग हानथाप गर्नुपर्ने थियो । यसकारण पुँजीपति वर्गले विदेश नीतिको असफलताले गर्दा उसमाथि विश्वास गर्न छाड्यो । १८६५ तिर उसको गद्दी हल्लिन थाल्यो ।
किसानहरूमा करको बोझ बढ्दै थियो । ऋण दिने साहु र बैङ्कपतिहरू चुस्दै थिए । यसरी किसानहरू ऋणमा नराम्रोसँग डुबिरहेका थिए र तिनीहरूमा असन्तोष फैलिदै गयो ।
माल सामानको भाउ बढ्दै थियो । मजदुर वर्ग बेकार भए र तिनीहरू झन्झन् गरिब हुँदै गए । दिनको १२ देखि १६ घण्टा काम गराउँथ्यो । १८६७ मा लिरे (Lire) का कोइला खानीमा मजदुरहरूले ज्याला बढाउन र ८ घण्टाको कामको निम्ति हड्ताल गरे । ला क्रुरोत (La Creurot) मा स्चेनीडर (Schneider) को कारखानामा मजदुरहरूले हड्ताल गरे । उसले हड्ताल दबाउन सेना बोलायो । यसरी ठाउँ ठाउँमा मजदुर सङ्घर्ष भई नै रह्यो ।
अनेक किसिमको थिचोमिचो र दमन भए पनि जनसभा प्रदर्शन र हड्तालहरू साधारण कुरा भए । गणतन्त्रवादीहरूले शासक गुटको विरोधमा प्रचार गर्दै गए । १८७० को जनवरी महिनामा पेरिसमा २ लाख जनताको एक जुलुस भयो । जुलुसमा ‘गणतन्त्र अमर होस्’ र बोनापार्ट मुर्दावाद’ भनेर नारा लगाइए ।
जनताको असन्तोष र सरकारप्रतिको अविश्वासलाई नेपोलियन तेस्रोले पर्सियासँग युद्ध गरेर स्थिति आफ्नो पक्षमा ल्याउन खोज्यो । पर्सियालाई जित्न, जर्मनी एक हुन नदिने र पश्चिमी भाग राइन फ्रान्समा मिलाउने उसको योजना थियो ।
उता पर्सिया पनि विस्मार्क (Bismark) को नेतृत्वमा सम्भावित युद्धको निम्ति तयारी गर्दै थियो । उसको निम्ति जर्मनीको होहेन्जोलर्न (Hohenzollern) वंश र प्रजातान्त्रिक आन्दोलन नै मुख्य बाधा थियो ।
रुस र बेलायत पर्सियाको पक्षमा थियो । सन् १८५६ मा पेरिसको सम्झौताअनुसार कालमा सागरमा रुसी जहाजी बेडा राख्न पाउँदैनथ्यो । यसकारण रुसले फ्रान्स कमजोर होस् भन्ने चाहन्थ्यो । यसकारण पर्सियाले जारलाई पोल्याण्डको जनआन्दोलन दबाउन मद्दत ग¥यो । बेलायत युरोपमा शक्ति सन्तुलन चाहन्थ्यो । इटालीमा पनि नेपोलियनको हस्तक्षेपको विरोधमा सङ्घर्ष बढ्दै थियो । यसप्रकार अन्र्राष्ट्रिय स्थिति फ्रान्सको पक्षमा थिएन । जर्मन एक गर्न नदिन नेपोलियन लड्ने निहुँ खोज्दै थियो भन्ने कुरा विस्मार्कलाई थाहा थियो । नेपोलियन आफ्नो शक्तिमाथि बढी विश्वास राख्थ्यो । तर, विस्मार्कको सेना फ्रान्सको भन्दा बलियो थियो ।
स्पेनको गद्दीबारे फ्रान्स पर्सियाको बीचमा पहिलेदेखि नै झगडा थियो । नेपोलियनलाई भड्काउन विस्मार्कले स्पेनको खाली गद्दीबारे सम्झौता गर्दा फ्रान्सलाई जानाजानै हेला ग¥यो । विस्मार्कले स्पेनको गद्दीमा राजाका भाइ लियोपोल्डलाई गद्दीमा राख्ने प्रस्ताव राख्यो । नेपोलियन तेस्रोले होहेन्जोलेर्न (Hohenzollern) वंशको राजा विलियम प्रथमलाई गद्दीमा राख्ने अडान लिन थाल्यो । विस्मार्कले त्यसलाई दबाब सम्झ्यो । फ्रान्स कूटनैतिक क्षेत्रमा हार खाँदै गयो । बस, के थियो । १७ जुलाई १८७० मा फ्रान्सले पर्सियाको विरोधमा युद्ध घोषणा ग¥यो ।
तर, फ्रान्सेली सरकारले लडाइँलाई गलत अन्दाज गरेको थियो । लडाइँको कुनै निश्चित योजना थिएन र सेनाको संयुक्त कमाण्ड थिएन । सिपाही र अफिसरहरूसँग अति आवश्यक वस्तुहरूसमेत थिएनन् । पर्याप्त नक्साहरूसमेत थिएनन् । यता पर्सियाली राजा–रजौटा जुन्कर (Junkers) र पुँजीपति वर्ग प्रतिक्रियावादी विचार राख्थे । तर, पनि तिनीहरू विदेशी आक्रमणको विरोधमा लड्थे । विस्मार्क त्यही चाहन्थ्यो पनि ।
लडाइँको सुरु नै पर्सिया पक्षमा थियो । पर्सियाली सेना फ्रान्सेली सेनाभन्दा दोब्बर थियो । फ्रान्सेली सेनाभन्दा सैनिक सञ्चालन छिटो थियो । पर्सियालीहरू सीमामा हटेका थिए । फ्रान्सेली सेनाको साहस र बहादुरीले लडाइँ जित्न सकेन । बरु हारमाथि हार खाँदै थियो ।
सेडानको पतन
पर्सियाली सेनाले मेटन (Matz) को किल्लामा घेरा हाल्यो । २ सेप्टेम्बर १८७० मा फ्रान्सेली सेनालाई हरायो । बेल्जियमको सीमा र सेडान (Sedan) किल्लाको बाँकी सेनालाई घेरामा पा¥यो । अर्को सेना सम्राट नेपोलियन तेस्रो आफैले सञ्चालन गरेको थियो । तर सेडान (Sedan) मा उनले पर्सियाको सेनाको अगाडि आत्मसमर्पण ग¥यो । ८१,००० सेनामा २५००० मृत्युको मुखमा प¥यो । फ्रान्सेली कमान्डरहरूले सेनालाई रोक्नको निम्ति सङ्गठन गर्न सकेन । हडबडाएको नेपोलियनले सेतो झन्डा फहराउन आदेश थियो । पर्सियाली राजालाई रिपोर्ट दिएअनुसार ‘सम्पूर्ण सेना र नेपोलियनसहित सेडानले आत्मसमर्पण ग¥यो । सम्राट र एक लाख सेना बन्दी बनाइयो ।
तेस्रो फ्रान्सेली क्रान्ति
सेडानको हारको समाचारले राजधानी पेरिसमा पुग्नासाथै नेपोलियनको शासनको विरोधमा विद्रोह भयो । ४ सेप्टेम्बर १८७० को दिन जनता व्यवस्थापिका सभाभवनमा घुसे र गणतन्त्रको घोषणाको माग गरे । मातृभूमि बचाउन माग गरे । व्यवस्थापिका सभाले बाध्य भएर सम्राटलाई गद्दीबाट च्युट ग¥यो र होटेल भिलेको अगाडिको चौबाटोमा गणतन्त्र घोषणा गरे ।
पुँजीपति राजनीतिज्ञहरू मिलेर ‘राष्ट्रिय रक्षाको सरकार’ नाउँले एक सरकार गठन ग¥यो । यो खास गरेर गणतान्त्रिक पार्टीका दक्षिणपन्थी र राजतन्त्रवादीहरू आपसमा मिलेर बनाएका थिए । जनताको दबाबले पुँजीपति वर्गले सत्ता कब्जा ग¥यो र गणतन्त्र घोषणा गर्न बाध्य भयो । ४ सेप्टेम्बर १८७० को क्रान्ति एक पुँजीवादी प्रजातान्त्रिक क्रान्ति थियो । लियोन गामबेत्ताको नेतृत्वमा एक अस्थायी सरकार बन्यो । तर राष्ट्रिय प्रतिनिधिसभामा राजतन्त्रवादीहरू बहुमत थियो । तिनीहरू पर्सियासँग सम्झौता गर्न चाहन्थे ।
फ्रान्सले अब जर्मनीको एकतालाई रोक्न सकेन । तर जर्मनीका सैन्यवादीह, जुकर र जर्मन पुँजीपति वर्गले अल्सास–लोरेन प्रान्त कब्जा गर्न लडाइँ जारी राखे । जर्मनी अब लुटपाटको लडाइँ लड्दै थियो । फ्रान्सेली गणतन्त्रले अब रक्षात्मक युद्ध लड्दै थियो । त्यो रक्षाको लडाइँ न्यायोचित लडाइँ थियो । फ्रान्सको क्रान्ति र युद्धको हारले लडाइँको राजनीतिक स्वरुपलाइ नै बदली दियो ।
सेडानको पतनपछि १७ सेप्टेम्बर १८७० को दिन जर्मन सेना पेरिस पुग्यो । आफ्नो देशको भविष्यप्रति उत्सुक मजदुरहरूले सरकारसँग जनतालाई हतियार दिन माग गरे । मजदुरहरूको मागलाई मान्न बाध्य भएर सरकारले पेरिसको राष्ट्रिय गार्डमा २२० नयाँ डिभिजनको सेना बनायो । नेपोलियन तेस्रोको पालाकै पुँजीवादी तत्वको ६० वटा लिन पल्टन बाँकी नै थियो । फ्रान्सेली जनताका एक नामुद लेखक भिक्टोर ह्युगोले लेखे – “हरेक घरबाट एक सिपाही होऊ, … हरेक शहर एक सेना होऊ, … हरके गाउँमा लठी लेऊ, हामी दिन–रात,पहाड र समतल जग्गा जङ्गलमा लडाइँ लड्छौँ, हामी शत्रुसँग जीवन–मरणको लडाइँ लड्छौँ ।” किसानहरू र सबभन्दा राम्रा राम्रा बुद्धिजीवीहरू आफ्नो मातृभूमिको रक्षाको पक्षमा गए । फ्रान्सको सम्पूर्ण भागबाट मुक्ति सेनामा भर्ना हुँदै शत्रुले कब्जा गरेको ठाउँहरूमा सङ्घर्ष सुरु गरिदिए ।
Leave a Reply