“संविधान कानुनी मात्र होइन, शक्तिको आधारमा लेखिने राजनीतिक दस्ताबेज पनि हो”
- आश्विन ९, २०८३
काठमाडौँ, १२ वैशाख । कोभिड–१९ को सङ्क्रमण भारतको तुलनामा नेपालमा ठुलो नभए पनि भारतको तुलनामा नेपालमा तीव्रगतिमा भाइरस फैलिरहेको देखिएको छ । आवर वल्र्ड इन डाटा नामको तथ्याङ्कमूलक वेभसाइटले दिएको जानकारीअनुसार गत अप्रिल ५ बाट भारतको तुलनामा नेपालको सङ्क्रमण दर बढी भएको देखिएको छ । त्यो दिन भारतको सङ्क्रमण दर १.४६ थियो भने नेपालको १.४७ पुगेको आवर वल्र्ड इन डाटाले देखिएको छ । त्यसको भोलि अप्रिल ६ मा नेपालको सङ्क्रमण १.५४ मा उक्लिएको थियो भने भारतको भने १.४७ मै सीमित थियो । फेब्रुअरी महिनाको सुरुका दिनबाट नेपालमा लगातार सङ्क्रमण दर बढिरहेको छ । अप्रिल ५ सम्म आइपुग्दा भारतलाई समेत नेपालको सङ्क्रमण दरले उछिनेको तथ्याङ्कले देखाएको छ ।
अप्रिल २२ को तथ्याङ्कअनुसार नेपालको सङ्क्रमण दर २.४८ थियो भने भारतको त्यही दिनको सङ्क्रमण दर १.४८ रहेको थियो ।
यो दरले सङ्क्रमित एक जना व्यक्तिबाट कति जनालाई सङ्क्रमण फैलिएको छ भनी मापन गर्दछ । एकभन्दा माथि दर रहे सङ्क्रमण फैलिरहेको देखाउँछ भने एकभन्दा कम भए सङ्क्रमण क्रमशः शून्यमा झरिरहेको मापन गर्छ ।
सन् २०२० को मार्च १५ देखि सन् २०२१ को अप्रिल २२ सम्मको सङ्क्रमण दर हेर्दा नेपालमा सबभन्दा न्यून सन् २०२० को जुलाई १० र ११ मा र सबभन्दा उच्च सन् २०२१ को अप्रिल २२ मा भएको देखिन्छ । त्यसयता पनि नेपालमा सङ्क्रमण लगातार बढिरहेको छ ।
भारतको सन्दर्भमा भने गत वर्ष सन् २०२० को अप्रिल १ मा सबभन्दा बढी सङ्क्रमण दर २.२१ पुगेको थियो । त्यसयता लगातार ओरालो लागेको सङ्क्रमण दर यो वर्ष सन् २०२१ को जनवरीदेखि लगातार बढिरहेको छ ।
Leave a Reply