बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
काठमाडौँ, १२ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालबीच भक्तपुरको खेलकुद क्षेत्र विकास र खेलमैदानहरूको स्तरोन्नति गर्ने विषयमा आइतबार परिषद्को कार्यालय काठमाडौँमा छलफल भयो ।
सो भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानको लागि नियमितरूपमा विभिन्न खेलका प्रशिक्षण सञ्चालन गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी र प्रशिक्षकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले खेलाडीहरूको सम्मान कार्यक्रमलाई जोड दिँदै आइरहेको बताउनुभयो । भक्तपुर नपाले नगरको विभिन्न वडामा राखेको व्यायाम स्थल र नपाद्वारा सञ्चालित कलेजहरूको शैक्षिक विशेषताबारे उहाँले प्रस्ट पार्नुभयो । खेलकुदको पूर्वाधार विकासको लागि प्राविधिक समस्या भइरहेको हुँदा त्यसलाई खेलकुद परिषद्ले फुकाई दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुरका खेलमैदानहरू स्तरीय भए यहाँका खेलाडीहरू लाभान्वित हुने र देशको लागि आवश्यक दक्ष खेलाडीहरू उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै उहाँले नगरपालिकाले किशोरीहरूलाई लक्षित गर्दै आत्मरक्षा तालिम र सबै वडाहरूमा छिपोङ शारीरिक खेल अभ्यासको पनि प्रशिक्षण दिँदै आएको बताउनुभयो ।
सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकासमा भक्तपुर नपाको प्रयास र पहल निकै सराहनीय र सकारात्मक रहेको विचार व्यक्त गर्दै सबै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणमा परिषद्ले आवश्यक पहल गरिरहेको बताउनुभयो ।
भक्तपुरमा खेलकुदको सम्भाव्यताबारे आफ्नो धारणा राख्दै उहाँले खेलमैदान र खेलकुद प्रशिक्षण केन्द्र (कभर्ड हल), स्टेडियम निर्माण आदि गतिविधिले खेलाडीहरूलाई दिगोरूपमा प्रोत्साहन मिल्ने बताउनुभयो ।
उक्त भेटमा भक्तपुर नपा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्री, सदस्यद्वय उकेश कवां र हरिप्रसाद बासुकला र जिल्ला फुटबल सङ्घ, भक्तपुरका अध्यक्ष गौतम सुजखुको पनि उपस्थिति थियो ।
Leave a Reply