भर्खरै :

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेमकिपा

काठमाडौँ, १३ वैशाख । नेपाल मजदुर किसान पार्टीले आगामी जेठ ६ गते हुने बाग्मती प्रदेशअन्तर्गत अन्य समूहबाट राष्ट्रियसभा सदस्य पद एकको उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टी दर्ता गरेको छ ।
माओवादी पार्टीबाट निष्काशनमा परेका गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य रिक्त भएपछि यो उपनिर्वाचन हुन गइरहेको हो । उपनिर्वाचनमा बाग्मती प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख मतदाता हुने कानुनी प्रावधान छ भने बाग्मती प्रदेशका मतदाता हुने व्यवस्था छ ।
राष्ट्रियसभामा सदस्य रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन हुनुपर्ने प्रावधान छ । उम्मेदवारी दर्ता वैशाख २४ गते १० बजेदेखि ४ बजेसम्म हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *