जनताको सेवामा लाग्नेहरू पछुताउन नपर्ने
- आश्विन १०, २०८३
काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकाका तीन जिल्लामा विश्वभर फैलिरहेको नयाँ प्रजातिको कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणको लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अलग अलग आदेश जारी गरी आगामी वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मको लागि निषेधात्मक आदेश जारी गरेका छन् ।
सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जारी आदेशअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, भोज घर, पौडी पोखरी, विशाल बजार, मनोरञ्जन स्थल, कपाल काट्ने पसल, सौन्दर्य पसल, व्यायामशाला, समुहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालनमा रोक लगाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयको अनुमतिमा बढीमा पन्ध्र जनासम्म स्वास्थ्य सावधानीका नियम पालना गरीमात्र विवाह, व्रतबन्ध गर्न आदेश जारी भएको छ ।
तीन जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यका प्रवेश र अन्तर जिल्लामा प्रवेशमा रोक लगाउने आदेशमा उल्लेख छ ।
अत्यावश्यक सेवाहरूजस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका ढुवानी तथा यातायातका साधनमा आफ्नो काम उल्लेख गरी सञ्चालन गर्न लगाइने आदेशमा भनिएको छ ।
सरकारी कार्यालयलगायतका सार्वजनिक सेवाप्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको अनुमति पास लिई सवारी साधन प्रयोग गर्न पाइनेछ । त्यस्तै विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको अनुमति पास लिएर सञ्चालन गर्न सकिनेछ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी, भिसा हुनेहरूलाई सीधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने आदेशमा उल्लेख छ ।
अस्पताल जाने आउने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्यरूपमा सहभागी हुनुपर्ने अवस्थाको लागि सवारी साधन प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीको अनुमति पास आवश्यक पर्ने बताइएको छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेक अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र खुला गरिने आदेश पत्रमा उल्लेख छ ।
त्यस्तै विशाल बजारको हकमा सागसब्जी र फलफुल कक्ष बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।
ती अत्यावश्यक सेवाका पसल सञ्चालनको निम्ति आवश्यक स्वास्थ्य मापदण्डको पालना गरिनुपर्ने आदेश पत्रमा उल्लेख छ ।
आदेश पत्रअनुसार नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइनेछ । सञ्चारकर्मी र पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने छ ।,
काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिलाई अनिवार्यरूपमा स्थानीय तहले तोकेका क्वारेन्टिन र गृह एकान्तवासमा बस्नुपर्ने आदेशमा उल्लेख छ ।
Leave a Reply