जनताको सेवामा लाग्नेहरू पछुताउन नपर्ने
- आश्विन १०, २०८३
भक्तपुर, १५ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ सङ्क्रमण न्यूनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य सङ्क्रमितहरूका लागि ५० शय्याको आइसोलेसन केन्द्र र जटिल बिरामीहरूको उपचारको लागि २५ शय्याको एचडीयु ९ज्म्ग्० सञ्चालनको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।
उक्त बैठकले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहित कोभिड – १९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड सङ्क्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनैतिक दलहरू, विभिन्न सङ्घ संस्था, व्यवसायिक तथा सामाजिक सङ्गठनहरू, टीम÷क्लव, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय ग¥यो ।
नगरभित्र रहेका सबै पार्टी प्यालेस, सङ्ग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्र, जिमखाना, मनोरञ्जन स्थलहरूलगायत बन्द गर्ने र कुनै पनि किसिमको भीडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएरमात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरूमा आग्रह गर्ने निर्णय पनि उक्त बैठकले ग¥यो ।
बैठकले कोभिड सङ्क्रमणबाट जनतालाई सुरक्षित गर्न प्रत्येक नागरिक घरबाट बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न माइकिङलगायत सञ्चारमाध्यमबाट सम्पूर्ण नागरिकहरूलाई आग्रह गर्ने निर्णय ग¥यो ।
कोभिड नियन्त्रण र रोकथामको लागि आवश्यक आर्थिक एवम् भौतिक सहयोगको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा बाग्मती प्रदेश सरकारसँग माग गर्ने निर्णय बैठकले ग¥यो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७,७०८ जना र कोभिसिल्ड दोस्रो डोज ७०१ जनालाई दिइसकेको बैठकमा जानकारी गराउनुभयो ।
बैठकपश्चात् भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका पदाधिकारीहरूले भक्तपुर नपा वडा नं. ९ ब्रह्मायणीस्थित आइसोलेसन केन्द्र र एचडीयूको स्थलगत निरीक्षण पनि गर्नुभयो ।
Leave a Reply