भर्खरै :

तलेजु आगम छेंमा भक्तपुर नपाका नगर प्रमुख

भक्तपुर, लायकूस्थित तलेजु आगमछेंको जिर्णाेद्धार सम्बन्धमा भईरहेको गतिविधि सम्बन्धमा बुझ्न भक्तपुर नगरपालिका प्रमुख श्री सुनिल प्रजापति र उप प्रमुख श्री रजनी जोशीले अवलोकन गर्नुभयो । उक्त अवसरमा उहाँहरुले कुमारी चोक जिर्णाेद्धार पछिको अवस्थिति तलेजु मूलचोकको जिर्णाेद्धार भईरहको अवस्थिति बारे जानकारी लिनु भयो ।
एक दैनिक पत्रिकाले “तलेजु मन्दिरमा पानी चुहियो” शीर्षकमा समाचार प्रकाशित गरेपछि नगरप्रमुख प्रजापतिले चासो लिई पुरातत्व विभागका अधिकारीहरु समेतलाई बोलाई तलेजुको अवलोकन गर्नु भएको हो । उहांले पुरातात्विक र ऐतिहासिक महत्वको कुनै पनि बस्तुलाई क्षति हुन नदिन सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
सोही सिलसिलामा वत्शाला मन्दिरको भग्नावशेष अड्डप्रत्यड्डहरुको खोतली अवस्थिति सम्बन्धमा जानकारी लिने उद्देश्यले तुंथीचोक, सदाशिव चोक एवम वत्शाला पुनः निर्माण परिसरको अवस्थाबारे पनि जानकारी लिई त्यहा कार्यरत दक्षकर्मीसंग पनि छलफल गरि जानकारी लिनु भयो ।
साथ साथै केदारनाथ मन्दिरमा भईरहेको पुनःनिर्माण सम्बन्धमा के कति प्रगति भईरहेको छ सो बारे पनि जानकारी लिन सो निर्माणमा कार्यरत दक्षकर्मी श्यामकृष्ण त्वायनासंग पनि छलफल गर्नु भयो । उक्त अवसरमा भक्तपुर स्मारक संरक्षण कार्यलयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठ पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *