भर्खरै :

किमको हत्यामा लाग्नेलाई ज्यान सजाय

प्रजग कोरियाले आफ्नो सर्वोच्च नेता किम जङ उनको हत्या प्रयासमा संलग्न जोकोही व्यक्तिहरुलाई ज्यान सजाय दिइने बुधबार निर्णय गरेको छ ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले राज्य सुरक्षा मन्त्रालय, जनसुरक्षा मन्त्रालय र केन्द्रीय जनप्रशासनको कार्यालयले जारी गरेको वक्तव्य उद्र्धत गर्दै लेखेको छ,‘प्रजग कोरियाली सर्वोच्च नेतृत्वमाथि लक्षित गरी शत्रु राज्यद्वारा प्रायोजित आतंकवादी षड्यन्त्र पर्दाफास भएका छन् ।’
‘ेप्रजग कोरियालाई जुनकुनै मूल्यमा ध्वस्त बनाउने शत्रुहरुको प्रयासले अहिले उत्कर्ष रुप लिएको छ ।’ केसिएनएमा भनिएको छ ।
तर समाचार स्रोतले कुन विशेष घटनाको सन्दर्भमा प्रजग कोरियाली सरकारी निकायबाट यस्तो कडा अभिव्यक्ति आएको हो, प्रष्ट भनेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *