भर्खरै :

विश्वविद्यालयहरुमा कम्युनिष्ट पार्टीको बलियो नियन्त्रण

चीनमा त्यहाँका विश्वविद्यालयहरुमा सत्तासीन दल चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रण र अनुगमन अझ बलियो बनाइने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयको एक बैठकले बुधबार चीनका उच्च शिक्षालयहरुमा पार्टीको प्राधिकार स्थापित गर्ने निर्णय गरेको हो ।

‘उच्च शिक्षा समाजवादी विचारका उत्तराधिकारीहरुको लागि खुराक बन्नु पर्दछ र माक्र्सवादको विकासलाई सहयोग गर्ने किसिमको हुनुपर्दछ ।’

चीनका ३१ प्रमुख विश्वविद्यालयहरुमा पार्टीको अनुगमनसम्बन्धि प्रतिवेदनमाथि समीक्षा गर्न बसेको बैठकको अध्यक्ष चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले गरेका थिए ।
बैठकपश्चात जारी गरेको वक्तव्यमा भनिएको छ,‘उच्च शिक्षा समाजवादी विचारका उत्तराधिकारीहरुको लागि खुराक बन्नु पर्दछ र माक्र्सवादको विकासलाई सहयोग गर्ने किसिमको हुनुपर्दछ ।’
चीनका विख्यात विश्वविद्यालयहरु पेकिङ विश्वविद्यालय र सिन्ह्वा विश्वविद्यालय सहित ३१ वटा विश्वविद्यालयहरुमा गरिएको ‘विस्तृत राजनीतिक परीक्षण’ पश्चात सो प्रतिवेदन तयार गरिएको बताइएको छ ।

‘चिनियाँ विशेषता सहितको समाजवादी उच्च शिक्षाको चुस्त व्यवस्थापन गर्न विश्वविद्यालयहरुले पार्टी नीतिलाई तलमाथि गर्नु हँुदैन ।’

प्रतिवेदनले विश्वविद्यालयहरुमा पार्टी नेतृत्व बलियो भएको र अनुभवले पार्टी प्रशासनलाई बलियो बनाएको निष्कर्ष निकालेको छ । साथै ती विश्वविद्यालयहरुको शिक्षामा उच्च गुणस्तरलाई जोड दिइएको प्रतिवेदनले प्रष्ट बनाएको छ ।
वक्तव्यमा भनिएको छ,‘चिनियाँ विशेषता सहितको समाजवादी उच्च शिक्षाको चुस्त व्यवस्थापन गर्न विश्वविद्यालयहरुले पार्टी नीतिलाई तलमाथि गर्नु हँुदैन ।’
विश्वविद्यालयहरुमा भएका पार्टीका एकाइहरुले पार्टी नीतिको कार्यान्वयनको लागि अनि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिकृत र एकीकृत नेतृत्व स्थापित गर्न गर्ने गरेका कामलाई निरन्तरता दिनुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ ।
विश्वविद्यालयहरुलाई पार्टी सचिवालयले क्याम्पसहरु, पढाउने प्राध्यापक र विद्यार्थीहरुको वातावरणमा सुधार गर्न, पार्टी संगठन बलियो बनाउन तथा पार्टी सदस्यहरुको अग्रसर भूमिकाका लागि कार्यशैलीमा सुधार ल्याउन भनिएको छ ।
साथै कडा अन्तर पार्टी राजनीतिक जीवनको लागि समेत आग्रह गरेको छ ।
पछिल्लो पाँच वर्षमा अनुगमन प्रणालीले अन्तर पार्टी सुपरिवेक्षणलाई संस्थागत गर्ने कामलाई संस्थागत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *