भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
यो वर्ष सरकारले ‘दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ १४ औं राष्ट्रिय धान दिवस मनाउँदै छ । २०६१ मंसिर २९ गतेको सरकारी निर्णयअनुसार नेपालमा असार १५ गते को दिन राष्ट्रिय धान दिवस मनाइँदै आएको हो । नेपालको धान दिवस जिल्लाको कुनै एक स्थानमा सरकारी नेताहरू पुगेर कहीं लोकगीतको प्रतियोगिता गरेर त कहीं रोपाइँ गर्दै मनाइएको पाइन्छ । कहीं कतै ठूला दलका नेताहरू रोपाइँमा सरिक भएर हिलोछ्याप्दै मनाइएको पाइन्छ । आजकै दिन दही चिउरा खाने चलन पनि बढेको देखिन्छ ।
धान नेपालको मुख्य खाद्यान्न हो । तर पनि विदेशबाट यहाँ धान आयात भइरहेको छ । यसले कृषिप्रधान देश नेपाल खाद्यान्नमा आत्मनिर्भर नभएको सड्ढेत गर्छ । एक समय खाद्यान्नमा आत्मनिर्भर भएको देश आज परनिर्भर बन्दै छ । तराई अन्नको भण्डार मानिन्छ । नेपाल जलस्रोतमा धनी देश हो । सरकारको बेवास्ता या अदूरदर्शिताले गर्दा नेपाल धानमा परनिर्भर हुँदै गएको देखिन्छ । तराईको धान खेतीमध्ये २ लाख ५० हजार हेक्टर जग्गा डुवानमा पर्छ, ६ लाख हेक्टरभन्दा बढी जग्गा सुख्खा हुन्छ । खेतीयोग्य जग्गा डुवानमा परेपछि र जलस्रोतको धनी देशको जग्गा सुख्खा भएपछि धानमा कसरी आत्मनिर्भर हुन्छ ?
रोपाइँ सुरु भइसकेको छ । तर रोपाइँको लागि नभई नहुने रासायनिक मल किसानले पाएका छैनन् । कति किसानहरूले मल नराख्दै रोपाइँ गरिरहेका छन् । एक दुई हप्ताभित्र पनि मल आई नपुगेमा उत्पादन घट्छ । आवश्यक समयमा मल नपाइने, कहिले प्राप्त मल गुणस्तरहीन भएपछि धान उत्पादन घट्नु स्वाभाविक हो । जल स्रोतको धनी देशमा सिंचाइ सुविधा नहुने, कृषि सामग्रीहरू सर्वसुलभ तथा सस्तोमा नपाउने कारणले पनि उत्पादन घटेको देखिन्छ । जनसङ्ख्या वृद्धिसँगै बस्तीको विस्तार, बस्तीको विस्तारसँगै आवासीय क्षेत्रको विकासले पनि धान खेतीमा असर पारेको देखिन्छ । युवा जनशक्ति विदेश पलायनको कारण खेतीयोग्य जमीन बाँझो राख्नुपर्ने बाध्यता छ । कति जमिनदारहरूले खेती गर्न नसकेरै त्यसै बाँझो छोडिएका छन् । त्यस्तै खेत गरिब किसानहरूलाई जोत्न दिएका भए उत्पादन बढ्थ्यो र गरिब किसानहरूको आहारा जुट्थ्यो । यी सबै समस्याको समाधान नभएसम्म जतिसुकै धान दिवस मनाए पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनेछैन ।
–दानबहादुर कपाली
Leave a Reply