भर्खरै :

खोप राष्ट्रवाद मानवताविरोधी खोटो चिन्तन

संरा अमेरिका र युरोपजस्ता धनी अर्थतन्त्रलाई पनि कोभिड–१९ महामारीले बसी खान दिएन । तर, पछिल्ला केही साता भारतमा जे भइरहेको छ, त्यसले भारतको मात्र होइन, सारा संसारलाई नै चिन्तित बनाएको छ । संसारकै सबभन्दा धेरै र सघन जनसङ्ख्या भएको विकासशील देश भारतमा महामारी नियन्त्रण बाहिर गएको छ ।
आइतबार भारतमा कोभिड–१९ को कारण मर्नेको सङ्ख्या तीन हजार ६८९ र थप सङ्क्रमितको सङ्ख्या तीन लाख ९२ हजार ४८८ पुग्यो । भारतमा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या एक करोड ९५ लाख ५७ हजार ४५७ र मर्नेको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ । अक्सिजन र अस्पतालमा शय्या नपाएर बिरामीका आफन्तहरू भौंतारिरहनु परेको समाचार हृदयविदारक छन् । त्यस्तै मसानघाट र कब्रस्तानमा अन्तिम संस्कारको लागि पालो पर्खेर बसेका लासहरूको लाम कहालीलाग्दो छ ।
चीन, पाकिस्तान, बेलायत, संरा अमेरिका र जर्मनीजस्ता देशहरूलगायत विश्व समुदायले भारतलाई सहयोगको हात बढाइरहेका छन् । तर, १ अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा सानोतिनो सहायताले पुग्ने अवस्था छैन । भारतलाई तत्कालै सहायताको खाँचो भइसकेको छ ।
भारतमा झन्डै दुई सातायता नयाँ बिरामी र मर्नेको सङ्ख्या अत्याधिक बढिरहे पनि धनी अर्थतन्त्रहरूले भने सहायताको हात निकै ढिलामात्र बढाए । चीन र पाकिस्तानले भारतलाई सहायता गर्न प्रस्ताव गरेपछि बल्ल अमेरिकी सरकारको होस खुल्यो । त्यसअघि कोभिड–१९ को खोप उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ भारत पठाउन संरा अमेरिकाले आनाकानी गरिरहेको थियो । संसारमा संरा अमेरिकी नेतृत्व स्थापना गर्ने हल्लाखल्ला गरे पनि अमेरिकी सरकार भने आफ्नो पहिलो जिम्मेवारी अमेरिकी नागरिकप्रति भएको रटान लगाइरहेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले महामारीविरुद्धको लडाइँमा विश्वव्यापी ऐक्यबद्धताको खाँचो भएको धेरै अघिदेखि नै भन्दै आएको थियो । उसले धनी देशहरूलाई सङ्क्रमणको कम जोखिम भएका स्वस्थ युवाहरूलाई खोप लगाउन नपर्ने बरु विकासशील देशहरूका स्वास्थ्यकर्मी र जोखिम समूहलाई खोप लगाउन मद्दत गर्न आग्रह गर्दै आएको थियो ।
तर, विश्व स्वास्थ्य सङ्गठनको यस्तो अनुनय विनय धनी देशहरूले सुनेको नसुनेझैँ गरे । उल्टो संसारमा उत्पादन हुने खोप आफ्नै लागि साँचिरहे । उनीहरूले धेरै परिमाणमा खोप साँच्दा विकासशील देशको भागमा थोरैमात्र प¥यो । खोप राष्ट्रवादको पनि सबभन्दा खराब खालको राष्ट्रवाद हो । विश्व स्वास्थ्य सङ्गठनले यो विषयमा लगातार चेतावनी दिइरह्यो ।

विश्वव्यापी स्वास्थ्य सङ्कटमाथि विजय हासिल गर्न तत्काल खाँचो पर्ने खोपमाथि राष्ट्रवादले कोभिड–१९ को खोपको पहुँचमा असमानता निम्त्याउनेछ । खोप राष्ट्रवादले “सबै जना सुरक्षित नहुञ्जेल हामीमध्ये कोही पनि सुरक्षित हुने छैनौँ” भन्ने सिद्धान्तलाई पनि धोखा दिन्छ । सुरुमा खोप राष्ट्रवादको पक्षधरता लिइरहेका केही नेताहरू पनि आज त्यही “सबै जना सुरक्षित नहुञ्जेल हामीमध्ये कोही पनि सुरक्षित हुने छैनौँ” नारा लगाइरहेका छन् ।

अन्ततः संरा अमेरिकाले आगामी महिनाहरूको लागि अक्सफोर्ट÷अस्ट्राजेनेका खोपको ६ करोड मात्रा दिनेमा यसै साता सहमति जनाएको छ । विडम्बना ¤ अस्ट्राजेनेका खोपलाई संरा अमेरिकी खाद्य तथा औषधि विभागले अझै अनुमोदन गर्न बाँकी छ । तर, उसले पीफाइजर, मोर्डना वा जोनसन एन्ड जोनसन खोप वितरण गर्नेबारे केही भनेको छैन । ती खोपहरू भने अमेरिकी खाद्य तथा औषधि विभागले अनुमोदन गरेका खोप हुन् ।
भारत र दक्षिण अफ्रिकालगायत एक सय देशहरूले विश्व व्यापार सङ्गठनलाई कोभिडको खोपमा प्याटेन्ट अधिकारको व्यवस्था हटाउन माग गरेका छन् । खोपमा प्याटेन्ट अधिकारले विकसित देशका कम्पनीहरूलाई मात्र खोप उत्पादन गर्ने अधिकार दिनेछ । विश्व स्वास्थ्य सङ्गठनले पनि यस्तै आग्रह पटक–पटक गर्दै आएको थियो । तर, बेलायत, संरा अमेरिकालगायत केही युरोपेली देशहरूले यसप्रति कममात्र चासो देखाएका छन् ।
आफ्नो चुनावी अभियानको क्रममा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपमा संसारभर बौद्धिक सम्पत्ति अधिकारी कानुन लागु गर्न नदिने वाचा गरेका थिए । अब उनले आफ्नो वाचा पूरा गर्ने समय आएको छ । आगामी जून महिनामा बेलायतमा जी ७ देशहरूको शिखर सम्मेलन हुँदै छ । उनले आफ्ना युरोपेली साझेदारहरूलाई पनि त्यसो गर्न लगाउनुपर्छ ।
विश्वव्यापी स्वास्थ्य सङ्कटमाथि विजय हासिल गर्न तत्काल खाँचो पर्ने खोपमाथि राष्ट्रवादले कोभिड–१९ को खोपको पहुँचमा असमानता निम्त्याउनेछ । खोप राष्ट्रवादले “सबै जना सुरक्षित नहुञ्जेल हामीमध्ये कोही पनि सुरक्षित हुने छैनौँ” भन्ने सिद्धान्तलाई पनि धोखा दिन्छ । सुरुमा खोप राष्ट्रवादको पक्षधरता लिइरहेका केही नेताहरू पनि आज त्यही “सबै जना सुरक्षित नहुञ्जेल हामीमध्ये कोही पनि सुरक्षित हुने छैनौँ” नारा लगाइरहेका छन् ।
महामारीविरुद्ध लड्नु भनेको जलवायु परिवर्तनविरुद्ध लड्नु जस्तै हो । नेताहरूले यो लडाइँलाई राजनीतीकरण गर्नु हुन्न न त यसलाई भूराजनीतिक औजार नै बनाउन मिल्छ । यो लडाइँ आफ्ना साझेदार वा समर्थकले एकआपसमा सहायता गर्नु मात्र पक्कै होइन । आपसमा ठुला मतभेद भएका देशहरू पनि साझा लक्ष्य प्राप्तिका लागि एक ठाउँमा आएर विश्वव्यापी चुनौतीका सामना गर्नुपर्छ ।
यो सङ्कटको समयमा चीन र पाकिस्तानले प्रस्ताव गरेको सहायता भारतले स्वीकार्नेमा हामी आशावादी छौँ । संरा अमेरिकाले अन्य देशलाई सहायता दिने भनेको ६ करोड खोप इरान, भेनेजुयला र क्युवाजस्ता देशहरूमा पनि पुग्ने आशा गरौँ ।
(लेखक ब्रसेल्सस्थित चाइना डेलीका युरोपेली सङ्घ व्युरोमा सम्बद्ध हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *