मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती
- बैशाख ३०, २०८३
काठमाडौँ, १९ वैशाख । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले शनिबार निषेधाज्ञाको स्थलगत अध्ययन अनुगमन गर्नुभयो । अनुगमनपछि प्रजिअ अधिकारीले निषेधाज्ञालाई थप कडाइ गर्ने बताउनुभयो । खुला सीमा भएको भारतमा दैनिक ४ लाखभन्दा बढी सङ्क्रमित थपिरहेको हुँदा नेपालमा जोखिम स्वतः बढेको छ । शनिबार नै बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठकले पनि आवागमनमा कडाइ गर्ने निर्णय ग¥यो । अमेरिकी वैज्ञानिक फाउसीले भारतलाई केही साताको लागि पूरै देश बन्द गर्नुपर्ने सुझाव दिए । नेपालमा पनि विज्ञहरूले निषेधाज्ञा पर्याप्त नहुने हुँदा पूरै लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । तर, काठमाडौँ उपत्यकाबाहिरबाट भित्रिनेहरू अझै रोकिएको छैन ।
सीसीएमसीले मजदुरलाई खाने बस्ने व्यवस्था गरी उद्योग–व्यवसाय सञ्चालन गर्ने अनुमति दियो । तर, बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा यस्तो कुनै व्यवस्था नगरी उद्योगहरू सञ्चालित छन् । भक्तपुर औद्योगिक क्षेत्रमा जस्तो छानामा बनाइएको टहरामा स्वचालित टेक्सटायल मेसिनहरू निषेधाज्ञाको आदेश पालना गरी घरभित्र बसेका खौमा, ब्यासी, इटाछेँ, सहिद मैदान, कालीदहका बासिन्दा घरभित्र बस्नै नहृुने गरी ध्वनि प्रदूषणसहित सञ्चालित छन् ।
एमाले सरकारका प्रम केपी ओलीका आर्थिक सल्लाहकार पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडको दबाबमा सीसीएमसीले अत्यावश्यक सेवाबाहेकका उद्योगहरू सञ्चालन गर्ने अनुमति दिएकोमा जनताको व्यापक विरोध छ । वीर अस्पतालको डेन्टल विभागको लागि नयाँ भवन निर्माण भयो तर त्यो भवनमा कोभिड शय्या व्यवस्था नगरी ताला लगाइएको छ । देशभरि सरकारी अस्पतालहरूमा शय्या पर्याप्त नहुँदा बाहिरै कोभिड–१९ सङ्क्रमितको उपचार भइरहेको छ भने सङ्क्रमण बढाउने गरी औद्योगिक क्षेत्रका उद्योगहरूलाई निर्वाध सञ्चालन गर्ने अनुमति दिइएको छ । सरकार आफै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने आदेश दिने तर औद्योगिक क्षेत्रमा स्वास्थ्य अनुशासन पालना नगराई उद्योग सञ्चालन गर्न लगाउने दोहोरो मापदण्ड देखाउँदै छ ।
नेका सभापति देउवा कोभिड–१९ सङ्क्रमणबारे पत्रकार सम्मेलन गरेर पन्छिने र माओवादी अध्यक्ष दाहाल खराब ठेकेदारलाई पार्टीको कार्यकर्ता र घरभेटी बनाएर कोभिड–१९ बिरामीको पीडा तमासे भएर हेर्ने अहिलेको अवस्था हो । नेपालका १७ वटा मेडिकल कलेजमध्ये धेरै निजी पनि छन् । ती निजी मेडिकल कलेज पनि एमाले, नेका र माओवादी नेताहरूको परोक्ष संलग्नतामा सञ्चालित छन् । ती निजी मेडिकल कलेजका हजारौँ शय्या खाली छन् तर, त्यसमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार गराउने कुनै तयारी छैन । के सरकारमा भएका पार्टीहरू– एमाले, नेका, माओवादी, जसपा नेपाली जनतालाई कोभिड–१९ सङ्क्रमणको खरानीमा जलाउन खोज्दै छन् ? । यो प्रश्नको जवाफ ती पार्टीहरूले दिनु जरुरी छ ।
Leave a Reply