मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती
- बैशाख ३०, २०८३
बुटवल, १९ वैशाख । अन्तर्राष्ट्रिय मजदुर दिवस शनिबारको दिन पनि बुटवलमा मजदुरहरू काम खोज्दै हिँडिरहेका छन् । काम बन्द गरी मजदुर दिवस मनाउनु पर्ने दिन मजदुरहरू यो वर्ष कामकै खोजीमा लाग्नु परेको छ । नियमित गरिरहेको काम निषेधाज्ञाको कारण बन्द भएपछि नयाँ कामको खोजीमा लागेको मजदुरहरू बताउँछन् ।
कोभिड – १९ सङ्क्रमण महामारी रोकथाम गर्न रूपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि वैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेपछि हातमुख जोड्न मजदुरहरू कामको खोजीमा भौँतारिनु परेको हो । निषेधाज्ञा घोषणा भएपछि औषधि र खाद्यबाहेकका सबै पसलहरू ठप्प छन् । पसल तथा यातायात क्षेत्रमा काम गर्ने मजदुरहरूको दैनिक जीवन कष्टकर बनिरहेको छ ।
विभिन्न क्षेत्रमा गरिरहेको दैनिक ज्यालादारी काम निषेधाज्ञाको कारण रोकिएपछि मजदुरहरूले फरक काम खोजिरहेका छन् । निषेधाज्ञाको बीचमा पनि निजी घर तथा निर्माण योजनाहरू निरन्तर चलिरहेकाले धेरै मजदुरहरू निर्माण क्षेत्रमा गई काम मागिरहेका छन् । शनिबार बिहान आशा परियार पनि लेबर काममा लगाइदिन ठेकेदारसँग अनुरोध गरिरहेकी थिइन् ।
निषेधाज्ञा भए पनि सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले नियमित काम गरिरहेका छन् । उद्योग, ठुला प्रतिष्ठान तथा घरभित्रै काम गर्ने मजदुरहरूको काम पनि रोकिएको छैन । काम नरोकिए पनि निजी क्षेत्रका प्रतिष्ठान तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका मजदुरहरूको नियमित र साविक ज्याला पाउने कि नपाउने चिन्ता छाएको छ । मजदुरहरू बेरोजगारी बनिरहेको बेला नियमित काम गरिरहेको कारखानामै पनि पारिश्रमिक घटाएको मजदुरहरूको गुनासो छ । अघिल्लो पटक लकडाउनको बेला खाद्य बेकरी उत्पादन गर्ने उद्योगका मजदुरहरूलाई आधामात्र पारिश्रमिक दिइएको थियो । लकडाउनको बेला नियमित काम चलिरहेको उद्योगमा पनि साविक पारिश्रमिक माग्दा काम नै छोड्न धम्की दिएको बेकरीका मजदुर कृष्ण थापा बताउँछन् । मजदुर थापाका अनुसार काम गर्ने बेकरीमा लकडाउनको कारण कति पनि काम कमी भएको थिएन र मालिकको आम्दानीमा कति पनि घाटा भएको थिएन । लकडाउनपछि अरू ठाउँमा काम पाउन थालेपछि साविक पारिश्रमिक दिएको कृष्ण थापाको अनुभव छ ।
मजदुर दिवसको दिनमा मजदुरहरूको हक अधिकारबारे छलफल गर्नुको बदला कामको खोजीमा हिड्न पर्नु दुःखद भएको थापा बताउँछन् ।
Leave a Reply